बिराट कृषि विशिष्टीकृत सहकारी संघ मा करोडौं को अपचलन, वाढिले लगानी वगायो भनि झुटो वहाना वनाई उम्कने प्रयास
कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएको यस संस्थाले २०७७ साल माघ महिनामा आफ्नो प्रारम्भीक साधारण सभा सम्पन्न गरेको थियो । त्यस पछि संस्थाले कुनै पनि प्रतिवेदन नियमक निकायमा वुझाएको छैन । ....

कृषि तथा विभिन्न प्रकृतिका करिव ३० वटा भन्दा वढि सहकारी संस्थाको छाता संगठन “बिराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ लि.” आज गुमनाम अवस्थामा रहेको छ। कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएको यस संस्थाले २०७७ साल माघ महिनामा आफ्नो प्रारम्भीक साधारण सभा सम्पन्न गरेको थियो । त्यस पछि संस्थाले कुनै पनि प्रतिवेदन नियमक निकायमा वुझाएको छैन ।
श्रोतको अनुसार, अहिले सम्म संस्थाहरुको के कति लगानी भएको हो त्यो यकिनकोसाथ भन्न नसक्ने अवस्था छ । अहिलेको स्थितीमा सदस्य सहकारीले आफुले लगानी गरेको रकम समेत फिर्ता पाउन सकिरहेको छैनन । अनेक वाहनामा संस्थालाई फिर्ता पठाएको छ ।
उक्त संघले हिसाब किताव समेत वाढिले बगाएको भनेर झुटो वहाना वनाइ रहेको कुरा केही सदस्य सहकारीले नाम उल्लेख नगर्ने सर्तमा हामीलाई वताए । संघ स्थापना भए देखिनै कुनै प्रतिवेदन नवुझाएको तथा छानविन समितिको प्रतिवेदन हेर्दा आर्थिक अपचलन भएको देखिन्छ ।
केहि सञ्चालककर्ताहरुले संघले कृषि सम्वन्धि विभिन्न क्रियाकलप समेत गर्दे आएको र वाढिका कारण कृषि समाग्रि नस्ट भएको बताएका छन । तर धेरै सञ्चालकलाई संस्थाको सक्रिय कृयाकलाप नभएको र क्षतिका बारे आफुहरुलाई थाहै नभएको बताएका छन।
![]() |
दर्ता गर्दै बेलाको एक तस्बिर ! |
यो अवस्थाको जानकारी हुदा हुदै पनि कोशी प्रदेश सहकारी राजिष्टार कार्यालयले कुनै उचित कारवाही नगर्नु आफैमा एउटा आश्चर्यजनक कुरा हो । जसका कारण राजिष्टार कार्यालयको पुरै अभियान प्रति वेजवाफ को उदासिन्ता झल्किन्छ ।
अहिलेसम्म सहकारी नबुझेका साधारण सदस्य ठगिएको समाचार आउने गरेको थियो । तर सहकारीहरु नै मिलेर खोलेको सहकारी छातासंघले उल्टै सहकारीहरु लाई नै ठगिगरेको समाचार आउनु अर्को विचित्रको कुरा हो । जसका कारण सिंगो सहकारी क्षेत्र अझ अविश्वासित हुदै जानु हो ।
सहकारीपाना टिमले यस बारेमा कोशी प्रदेश रजिष्टार कार्यालयका नि. रजिष्टार हरीबहादुर खत्रीसग सम्पर्क गरेको थियो । उहाँका अनुसार, विभिन्न संघ संस्थाहरुका विभिन्न उदेश्यमा लगानी गरेको करोडौको शेयर पुँजि तथा रकम प्रदेश सरकारको स्वामित्वमा उक्त संस्था संचालनमा रहेको थियो ।
संघलाई तुरुन्त अद्यावधिक गर्न भनि रजिष्टार कार्यालयले पत्रचार समेत गरेको थियो । संधलाई वारम्वार पत्रचार गर्दा पनि संस्थाको हिसाव कितावमा बेवास्था गरेको पुन उहाँले बताउँनु भयो । यस्तो प्रवृति पक्कै पनि आर्थिक अपचलनको संकेत मान्न सकिन्छ ।
यस आर्थिक अपचलनको हिसावमा बरिष्ट सहकारीकर्मीहरु पनि समलग्न रहेको पनि सुत्रले जनाएको छ । सहकारी सम्वन्धि आम नागरिकको नकारात्मक धारणा आइरहेको परिप्रेक्षमा, सहकारी अभियानकर्तावाट आर्थिक अपचलन जस्ता कृयाकलावमा समलग्न हुनु नियमक निकायमा प्रतिवेदन वुझाउन सिकाउदै हिड्ने सहकारी अभियान्तावाटै खोलिएको संघहरुको यस्तो प्रबृतिले सहकारी आन्दोलनलाई कुन मोड दिने हो ? आम सहकारीकर्मीहरु माँझ गहन चिन्ताको विषय भएको छ ।
---------------------------------------------------------------------------------------------------------------------------
समाचार प्रकाशन पछि फेसबुक लगायत सामाजिक संजाल मा आएको प्रतिक्रियाहरु बाट, बिराट कृषि विशिष्टीकृत सहकारी संघ को सदस्य संस्था बाट आएको प्रतिक्रिया लाइ सहकारीपाना ले जस्ताको तेस्तै यो समाचार को अद्यावधिक पाटो बनाउने निर्णय गरेकोले, यो समाचार लै उक्त प्रतिक्रिया सहित पुनः अद्यावधिक गरिएको छ ।
------------------------------------------------------------------------------------------------------------------------------------------
Bal Bahadur Ghimire (Facebook Comment) २०८०/०७/१३
------------------------------------------------------------------------------------------------------------------------------------------
What's Your Reaction?






