सदस्यको जीवनस्तर उकास्न सहकारी लघुवित मोडेल को भूमिका 

सहकारी पाना । सहकारीका सदस्यहरुले सहकारी मार्फत लघुवित्त ऋण लिदा अन्य वित्तिय संस्था भन्दा बढि लाभ लिन सकेका छन । यी लाभहरु...

२०८०-०७-२२
 0  197
सदस्यको जीवनस्तर  उकास्न  सहकारी लघुवित मोडेल को भूमिका 

सहकारीका सदस्यहरुले सहकारी मार्फत लघुवित्त ऋण लिदा अन्य वित्तिय संस्था भन्दा बढि लाभ लिन सकेका छन । यी लाभहरु सहकारीको सदस्य केन्द्रित दृष्टिकोण र सहकारी सिद्धान्तहरुको परिणाम पनि हो । अति विपन्न वर्गहरुका सदस्यहरुलाई समुह जमानी राखिदिने ऋणले समुदायका सदस्यहरुको जीवन स्तर उकास्न टेवा पुगेको छ । सा सानो पुजि लगानी गरी आफ्नो दैनिक गुजारा चलाउने समुदायका मानिसहरुले साहु महाजन मार्फत दैनिक चर्काे व्याजमा लगानी गर्ने समयको अवस्थामा सुधार आएको छ । हाल सहकारी संस्थाका सदस्य भएपछि समुह मार्फत ऋण लिई दैनिक किस्ता वुझाउँन सहज भएको कुरा सदस्यहरुलाई जानकारी गराउँदा खुसीको अनुभुती हुन्छ । 

वर्तमान अवस्थामा सहकारीको वदनामीका खवरले आम मानिसमा सहकारीप्रति नकारात्मक धारणा आइरहेको अवस्थामा केहि संस्थाका सञ्चालकहरुका मनमानी हर्कत तथा संस्थाको सञ्चालक भएर पनि सहकारी सम्वन्धि ज्ञान नहुनु र व्याजको प्रलोभनमा सदस्य वन्नु प्रमुख कारण हुन सक्छन । संस्थाको सदस्य वनेपछि हरेक गतिविधिमा चासो दिन आम सदस्यहरुको आजको आवश्यकता हो । समुदायमा आधारीत संस्था अहिले पनि कुनै समस्या देखिएको छैन । 

सहकारी संस्थामा लघुवित्त कर्जा मार्फत धेरै समुदायमा वसोवास गर्ने सदस्यहरुको जीवन स्तर उकास्न सहजका साथै अन्य फाइदाका वारेमा चर्चा गरौ ।

आर्थिक व्यवस्थापन : सदस्यहरुलाई वित्तीय साक्षरता मार्फत सदस्यहरुको वित्तीय प्रभावकारी रुपमा व्यवस्थापन गर्ने प्रणाली विकास गरी वित्तीय निर्णय लिन सक्ने, साथै भविष्यको योजना वनाउन मदत पुगेको छ । सदस्यहरुले आफ्नो आय आर्जन वृद्घी गरि वचत गर्ने वानीको विकास गर्न मदत पुग्नुका साथै आफ्नो क्षमताको आधारमा कर्जा लिन सकेको अवस्था छ ।

वित्तीय सेवामा पहुँच : सदस्यहरुले आफ्नो आवश्कता पुरा गर्न वचत, विमा र लगानीको उत्कृष्ट वित्तिय संस्था खोज्न सक्ने भएका छन । 

व्यवसाय विकास तथा उद्यमशीलता : सहकारी संस्थाहरुले सदस्यहरुलाई विभिन्न उद्यमशिलता सम्बन्धी तालिम प्रदानगर्ने गरेको छ । जसले गर्दा व्यापार योजना, वजारमा पहुँचको अवस्था अध्ययन गरि आय आर्जन गर्ने गतिविधिहरुमा संलग्न हुन प्रोत्साहन मिलेको छ ।

सामाजिक सेवा र कल्याणकारी कार्यक्रम : सदस्यहरु अप्रत्याशित वित्तिय चुनौतिहरु र आपतकालिन अवस्थामा सामान गर्न मद्त पुगेको छ । स्वास्थ्य बीमा, आपतकालिन कोष वा वचत जस्ता सामाजिक सहयोगका कार्यक्रमहरुमा सहभागि भई सेवा लिन सदस्यहरु सक्षम भएको अवस्था छ । 

क्षमता अभिवृद्धि र सिपविकास : सदस्यहरुले संस्थाका विभिन्न कार्यक्रममा भाग लिई आफुलाई सक्षम वनाएको पाइन्छ । हाल सदस्यहरु एक वितिय संस्थाहरुमा गई वचत ऋण को वारेमा वुझ्न सक्षम भएका छन । सिप विकासको तालिम लिई विभिन्न उत्पादनमा लागि परि गरिविको चक्र तोड्न र तिनीहरुको दिर्घकालीन सम्भावनाहरु सुधार गर्न, वच्चाहरुको शिक्षाका लागि सोच्न थालेको अवस्था पाइन्छ । 

वित्तिय समावेशीकरण : सहकारी संस्थाको समुह ऋणको सवै भन्दा वढि प्रभाव पारेको वित्तिय समावेशीकरण हो । पिछडिएका समुदायका सदस्यहरुमा वैंकिङ पहुच पुर्याउने भनेको सहकारी संस्था नै पहिलो हो । यसले पिछडिएको समुदायहरुको जिवन स्तर उकास्न ठूलो भूमिका खेलेकोे पाइन्छ । 

सवैकुराको सकरात्मक पक्ष र नकरात्मक पक्ष हुन्छ त्यसको चर्चा पनि गरौ ।

ग्रामिण भेगमा वसोवास गर्ने जसको जमिन छैन घर छैन विहान वेलुका छाक टार्ने अवस्था छैन, त्यस्तो ब्यक्तिलाइ ऋण कसले दिन्छ ? यसवारे चिन्तन गर्दा भन्न सकिन्छ कि त्यो समुह जमानीमा लघुवित्त ऋण नै हो । यसो भए सहकारी मार्फत लघुवित्त ऋण लिने सदस्यहरुले आफ्नो ऋणको किस्ता अनिवार्य तिरेमा मात्र फेरी अर्को सदस्यले ऋणको सुविधा उपभोग गर्न पाउँछ, अन्यथा एक जनाको कमीकमजोरीले समुदाय नै पीडित हुने कुरामा निन्न आय भएकाले सोच्नै पर्ने हुन्छ । लघुवित्तमा ब्यक्ति हेरेर एकल लगानी गर्नुपर्ने मोडल नेपालमा विकसित भएपनि त्यसले हुनेखाने र सम्पन्न बर्गलाई नै पक्षपोषण गर्ने भएकाले सामुहिक जमानीमा निम्नस्तरको ब्यक्तिलाई फाइदा पुग्छ ।

यसमा ऋणलिने सदस्यले आफ्नो वित्तिय क्षमतालाई आंकलन गर्ने महत्वपुर्ण जिम्मेवारी हुन्छ । घाँटी हेरी हाड निल्नु भनेझै आफ्नो क्षमता सर्वप्रथम आफै निर्धारण गर्नु पर्दछ भने त्यसपछि मात्र अन्य पक्षले सदस्यको वित्तिय क्षमता निर्धारण गर्ने दायित्व रहन्छ । आफ्नो क्षमता कति ? भन्ने आंकलन नगरी ऋणलिने प्रवृत्ति आफैमा हानिकारक रहेको कुरा हामीले देखिरहेको उदाहरणवाट प्रष्टिन सकिन्छ त्यसैको फलस्वरुप वित्तिय क्षेत्र नै खराव भन्नेहरुको जमात बढेर जान्छ र त्यसले फेरी धनिवर्गलाई नै पक्षपोषण गरेको देखिन्छ ।

सवै सहकारी संस्थाले यी विधामा खासै काम नगरे पनि, समुदायमा आधारित संस्थाहरुले भने समुदायमा वसोवास गर्ने आम सदस्यहरुको जिवन स्तर माथि उकास्ने काम भएको पाइन्छ । संस्थाहरुले निरन्तर सदस्यको जीवनमा समुह ऋणको प्रभावको अनुगमन म”ल्याङकन गर्ने प्रणाली लागु गर्नुपर्ने देखिन्छ । 

सदस्यहरुको जीवनस्तर सुधार गर्नु एक संस्थाको निरन्तर प्रक्रिया हो जसको लागि प्रतिवद्धता, सहकार्य र अनुकुलता चाहिन्छ । दिगो विकास र सकारात्मक नतिजाहरु प्राप्तगर्न समुदाय र सदस्यहरुको विशेष आवश्यकता र तद् अनुसार कार्यक्रमहरु र सेवाहरुको मूल्याङ्कन गर्नु महत्वपूर्ण छ । 

~सुवास पौडेल

(लेखक नेपालका विभिन्न लघुवित्त, बैंक लगायतका कार्यालयमा कार्यलय प्रमुख भई काम गरि सक्नु भएको र हाल कावेली वहुउदेश्य सहकारी संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ । )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Subash Paudyal Kabeli multipurpose CEO Mithila as a branch manager Nerude micro finance 2.5 year Branch manager Nerude microfinance Deupty manager 1.5 year 3.5 Year shangrila dev bank Branch manager