बजेट कटौतिसँगै सहकारी अनुदान स्थगित

काठमाडौं । बजेट कटौति भएपछि संघिय सहकारी विभागले सहकारी संघसंस्थाहरुलाई दिदै आएको अनुदान स्थगित भएको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै सरकारले गत आर्थिक वर्षमा बजेट घटाउदा अनुदान कार्यक्रम रोकिएको थियो । चालू आर्थिक वर्षमा पनि अनुदानका लागि पर्याप्त स्रोत नभएको विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले जानककारी दिनुभयो ।
अनुदान वितरणका लागि विभागले गत आवमा अनुदान वितरणका आवेदन संकलन गरेको थियो । तर, बजेट कटौति गर्दा अनुदान पनि काटिएपछि वितरण हुन सकेको छैन ।
विभागले गत पुसमा सूचना जारी गरी सहकारी संघसस्थाहरुले सदस्यको उत्पादन संचय, प्रशोधन तथा बजारीकरण गर्न, उत्पादनमुलक औद्योगिक वा ब्यवसायीक आयोजनाहरु एवं सदस्य केन्द्रीत अत्यावश्यक उपभोग्य बस्तुको सहकारी उपभोक्ता भण्डार संचालनका लागि जग्गाबाहेक पुँजीगत निर्माण खरिदमा पुँजीगत अनुदानका लागि आवहान गरेको थियो । यस्तै विभागले श्रमिक, कृषक कालिगढ न्यून आय भएका सीमान्तकृत समुदायले संचालन गरेका र उत्पादनमुलक सहकारी, कृषिजन्य उत्पादनमुलक उद्योग स्थापना गर्नका लागि सहकारीलाई चुक्ता पुँजीको निश्चित प्रतिशत अनुदान र उत्पादनमा आधारित नमुना सहकारी प्रवर्धन प्रोत्साहन तथा विकास कार्यका लागि पनि अनुदान दिने विभागको योजना थियो ।
विभागले विगत १० वर्षदेखि अनुदान दिदै आएपछि त्यसको प्रतिफल नआएको र दुरुपयोग भएको भन्दै आलोचना भइरहेको छ । यसैगरी संघियता कार्यान्वयनसँगै प्रदेश र स्थानिय सरकारहरुले पनि सहकारीलाई उद्यम व्यवसाय गर्न अनुदान दिदै आएका छन् ।
What's Your Reaction?






