“अनुगमनको क्रममा ब्यक्तिगत कारवाही पनि गरेका छौ”- पौडेल
हेटौडा । हेटौडा क्षेत्रमा रहेर कारोवार गरिरहेका लगभग २२५वटा सहकारीहरु छन, तर पनि बजारमा देखिएको मन्दी र सहकारी चलयमान...

हेटौडा । हेटौडा क्षेत्रमा रहेर कारोवार गरिरहेका लगभग २२५वटा सहकारीहरु छन, तर पनि बजारमा देखिएको मन्दी र सहकारी चलयमान नभएको अवस्थामा सहकारीमा परेको समस्याको बारेमा जानकारीको लागि हेटौडा उपमहानगरपालिकाले सहकारी अनुगमन सुरुगरेको छ ।
उप मेयर साजेश बनियाँको नेतृत्वमा भएको उक्त अनुगमन विशेष सहकारीको पारदर्शिता र आर्थिक विश्वासनियता बारेमा रहेको कुरा हेटौडा सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताउँनु भयो ।
पहिलो चरणमा ७ वटा सहकारीको अनुगमनमा सहकारी सम्बन्धी ज्ञान नहुनु, सहकारीले गरिराखेको कारोवारको अवस्था, बजेट शैली र शेयर सदस्यहरुमा सहकारी प्रति खस्किदो विश्वासनियता जस्ता विषयमा जानकारी दिएको उहाँले बताउँनु भयो ।
नगर क्षेत्रमा रहेका लगभग २२५ वटा सहकारी मध्ये १५१ सहकारीमा गत बर्ष अनुगमन भएको थियो । त्यस पछि हामीले सबै सहकारीलाई बेलाएर “कोपोमिस”को तालिम पनि दिएका थियौ । अहिले पनि सहकारीमा देखिएका समस्याका निराकरणका लागि आवश्यक तालिम दिने क्रममा छौ, र उहाँहरुलाई पत्रचार पनि गरिसकेका छौ ।
कही कही ब्यक्तिगत कारवाही पनि गरेका छौ । जसबाट राम्रै रकम उठेको पनि छ । त्यो रकम चाही हामी यिनै सहकारीहरुको संरक्षण,संवद्धन र आवश्यक तालिम गोष्ठिमा लगानी गर्ने छौ ।
अहिलेको अवस्थामा सहकारीमा देखिएको समस्या र स्थानिय तहबाट समाधानका लागि हुन सक्ने सहजीकरण प्रति हाम्रो नगरसँग समन्वय भैराखेको छ । र सहकारी अनुगमनले अहिलेको अवस्थामा कुनै पनि सहकारी भागिहाल्नु पर्ने स्थीति देखाएन । र सुरु भएको अनुगमनले निरन्तरता पाउँने नै छ । आईतवार देखि पुनः अनुगमन हुने नै छ ।
हेटौंडा–१ को अग्रगती साकोस, हेटौंडा–२ को साईराम साकोस, परिचय साकोस, हेटौंडा–१० को सुखसमृद्धि साकोस, हेटौंडा–७ को हेटौंडा साकोस, सृजना साकोस र हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको उक्त टोलीलेअनुगन गरेको हो ।
What's Your Reaction?






