केही संस्थाको समस्याले सिंगो सहकारी अभियानप्रति अविश्वास : केशव वडाल 

२०८०-०६-०५
 0  28
केही संस्थाको समस्याले सिंगो सहकारी अभियानप्रति अविश्वास : केशव वडाल 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाद बडालले केही सहकारी संस्थाहरुमा समस्या देखिदा सिंगो अभियानप्रति नै भ्रम फैलिएको भन्दै यसलाई चिर्न आग्रह गर्नुभएको छ । कोटेश्वरस्थित सुयोग्य वचत तथा ऋण सहकारी संस्था लि.को बुधबार १६ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले भन्नुभयो, ‘अर्थतन्त्रमा संकुचनसंगै केही सहकारीमा समस्या देखिएको विषयलाई लिएर सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्य भएको छ । यो भ्रमलाई अभियानले चिर्नुपर्छ ।’

बडालले सहकारी दर्शन, सिद्धान्त र मूल्यमा आधारित सदस्य केन्द्रित भई संचालन भएका सहकारी संस्थाहरु जस्तोसुकै परिस्थितिमा पनि सेवा प्रवाहमा अब्वल देखिएको दाबी गर्नुभयो । 

कार्यक्रममा संस्थाकी सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुब्बाले सदस्य हितमा केन्द्रित सेवा प्रवाहले सुयोग्य साकोसले सदैव सदस्यहरुको मन जित्न सफल रहेको वताउनुभयो । 

साधारण सभाले संस्थाका अध्यक्ष पमी न्यौपानेद्धारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा संयोजक प्रकाश रेग्मीबाट प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आ.ब. २०७९।८० को लेखा परिक्षण प्रतिवेदन पारित गरेको थियो । साथै आ.ब. २०८०।८१ को वार्षिक कार्यक्रम तथा वजेट सर्वसम्मत स्वीकृत भएको थियो ।

सभाले संस्थाको लाभासं कोषबाट सदस्यहरुलाई शेयर रकमको १० प्रतिशत लाभांस वितरण गर्ने तथा ऐन नियमावली अनुरुप कारोबारका आधारमा संरक्षित पूजी फिर्ता कोष रकम समेत वितरण गर्ने निर्णय गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता