बचत तथा ऋण सहकारी अभियानमा अबको नेतृत्व कस्तो ?
सहकारी पाना । बचत तथा ऋण सहकारी अभियानमा आज केही संस्थाहरुको व्यवस्थापकीय खराबी र नेतृत्वकर्ताको अदुरर्शिताको कारण समस्यामा परेको कुरा छर्लङ छ...
-चन्द्रप्रसाद ढकाल
बचत तथा ऋण सहकारी अभियानमा आज केही संस्थाहरुको व्यवस्थापकीय खराबी र नेतृत्वकर्ताको अदुरर्शिताको कारण समस्यामा परेको कुरा छर्लङ छ । बचत समयमा फिर्ता गर्न नसकेका कारण सदस्य तथा सरोकारवालाहरुको नजरमा अभियानकर्मीहरुको भुमिकामा पनि शंका गरिएको छ । यो छोटो समयमा सृजना भएको समस्या हो कि तीन दशकमा लुकाइएको व्यवस्थापकीय कमजोरी हो ? विश्लेषणको समय आएको छ ।
बचत तथा ऋण सहकारीहरुको विकासको गति तिव्र भइरहेको समयमा अहिले देखिएको समस्याले गति नियन्त्रण हुन्छ कि भन्ने चिन्ता थपिएको छ । कानून तथा सिद्धान्तमा आधारित भइ व्यवस्थापन हुन नसकेका संस्थाहरुमा समस्या देखिएको छ । अभियानकर्मीहरुको भुमिकामा प्रश्न गरिएको छ । नेतृत्वको सिप क्षमता र त्यागमा पुर्नविचारको अपेक्षा गरिएको छ । बचत तथा ऋण सहकारीहरुले सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा अभियानको नेतृत्व मुकदर्शक भएको आरोप लागेको छ ।
बचत तथा ऋण सहकारी अभियान वा समग्र सहकारी अभियानमा देखिएको भनिएका समस्या समाधानको सबै भन्दा महत्वपुर्ण पक्ष भनेको सहकारीको नेतृत्व नै हो । बचत तथा ऋण सहकारी संस्थाका नेतृत्वहरुले अहिलेको अवस्थाको जिम्मा लिने र सञ्जाल मार्फत साझा समस्याको साझा हल गर्ने बिधिको खोज गर्नु आजको आवश्यकता हो । जिम्मेवार नेतृत्वले पहिचान भएको चुनौतीहरुको व्यवस्थापनमा निरन्तर लाग्नु पर्छ । नेतृत्व भित्र वर्तमान र भावि नेतृत्वको संयोजन हुन्छ ।
बचत तथा ऋण सहकारीहरुका वर्तमान नेतृत्व भावि र भावि नेतृत्वहरु वर्तमानमा परिवर्तन सामान्य हो । तर, अभियानको जिम्मा नेतृत्वको काँधमा छ । अभियानको नेतृत्वले सडकमा अभियान विचल्ली पारेर पानी माथिको ओभानो बन्न सक्दैन । जवाफदेही नेतृत्वले आजको सहकारी अभियानको अवस्थाको जिम्मा लिएर समस्यामा परेका अभियानकर्मीहरुको सही व्यवस्थापन गर्ने क्षमता राख्नु पर्दछ । दीगो अभियानका लागि नेतृत्वको सोच महत्वपुर्ण हुन्छ ।
आज अभियानको नेतृत्व कोरा र अव्यवहारीक बन्दै गएको आरोप सामान्य सदस्यहरुको छ । यो छवीवाट अभियानकर्मीहरुले सुधार गर्न नेतृत्वको बिधि परिवर्तन आवश्यक छ । बोलिमा सहकारीका कुरा गर्ने व्यवहारमा कार्यान्वयन नगर्ने नेतृत्व नै आजको समस्या भएकोले बचत तथा ऋण सहकारीको विकासको आजको आधार भनेको कुरा गर्ने होइन काम गर्ने नेतृत्व आजको आवश्यकता हो ।
बचत तथा ऋण सहकारी अभियानको नेतृत्वको आधार प्रारम्भिक सहकारीमा स्थापित नेतृत्वहरु नै हुन् । प्रारम्भिक सहकारीहरुमा सही नेतृत्व स्थापित हुन नसकेमा वा कुरा र व्यवहारमा समानता नभएको नेतृत्व स्थापित भयो भने बचत तथा ऋण सहकारी सञ्जालको नेतृत्व पनि सही पाउन सकिदैन । त्यसैले अभियान सुधार गर्न सहकारी संस्कार भएका नेतृत्व चयन र उनीहरुको कार्य सम्पादनमा आउने निखारपन नै हो । असल विधि र असल उद्देश्यले मात्र बचत ऋण सहकारीहरुमा अपेक्षित नेतृत्व आउन सक्ने सम्भावना रहन्छ । म अभियानकर्मी हो भनेर खुलेर कुरा राख्न सक्ने बन्न हरेक संस्थाको भावि नेतृत्वमा नै सुधार आजको आवश्यकता हो ।
आज अभियानको नेतृत्व कोरा र अव्यवहारीक बन्दै गएको आरोप सामान्य सदस्यहरुको छ । यो छवीवाट अभियानकर्मीहरुले सुधार गर्न नेतृत्वको बिधि परिवर्तन आवश्यक छ । बोलिमा सहकारीका कुरा गर्ने व्यवहारमा कार्यान्वयन नगर्ने नेतृत्व नै आजको समस्या भएकोले बचत तथा ऋण सहकारीको विकासको आजको आधार भनेको कुरा गर्ने होइन काम गर्ने नेतृत्व आजको आवश्यकता हो । कोभिड र कोभिड पछि कार्यवातावरणमा परिवर्तन आएको छ । भौतिक र अभौतिकको मिश्रणमा कार्यवातावरण परिवर्तन भएको छ । सदस्यहरुको सोच, व्यवहार र आवश्यकतामा परिवर्तन भएको छ । भविष्य निर्माण कोभिड अघिको सोचको धारवाट सम्भव छैन ।
आज अभियानको नेतृत्व कोरा र अव्यवहारीक बन्दै गएको आरोप सामान्य सदस्यहरुको छ । यो छवीवाट अभियानकर्मीहरुले सुधार गर्न नेतृत्वको बिधि परिवर्तन आवश्यक छ । बोलिमा सहकारीका कुरा गर्ने व्यवहारमा कार्यान्वयन नगर्ने नेतृत्व नै आजको समस्या भएकोले बचत तथा ऋण सहकारीको विकासको आजको आधार भनेको कुरा गर्ने होइन काम गर्ने नेतृत्व आजको आवश्यकता हो । कोभिड र कोभिड पछि कार्यवातावरणमा परिवर्तन आएको छ । भौतिक र अभौतिकको मिश्रणमा कार्यवातावरण परिवर्तन भएको छ । सदस्यहरुको सोच, व्यवहार र आवश्यकतामा परिवर्तन भएको छ । भविष्य निर्माण कोभिड अघिको सोचको धारवाट सम्भव छैन ।
पछिल्लो अनुसन्धानहरुले बचत तथा ऋण सहकारीहरुको चुनौती व्यवस्थापन गर्न सक्ने नेतृत्व खोजेको छ । समग्र चुनौती व्यवस्थापन गरी सही दिशामा अभियान लैजान नयाँ नेतृत्व विकासको आवश्यकता महसुस विश्व बचत तथा ऋण सहकारी अभियानमा गरिएको छ । आज बचत तथा ऋण सहकारीहरुको नेतृत्वको व्यवहारमा परिवर्तन आवश्यक छ । खादा माला, लामो भाषण र सदावहार परिणाम शुन्य पैरवीको सट्टा नितान्त अभियानको चुनौती केन्द्रीत परिणाममुखी कार्यान्वयन आजको आवश्यकता हो । त्बभिलत त्भििष्नभलत, द्दण्द्दद्द को सर्भेले बचत तथा ऋण सहकारीका नेतृत्वको व्यवहार परिवर्तन एउटै मात्र सुधारको आधार हो भनेको छ ।
बचत तथा ऋण सहकारीहरुको आकार र क्षमतामा विविधता छ । त्यसकोे आधारमा अभियान संरक्षणको योजना निर्माण गर्न सक्ने नेतृत्व आजको अभियानले खोजेको छ । अहिलेको नेतृत्वको असक्षमता भनेको नै विविधताको आवश्यकता सम्बोधन नगर्नु हो । बचत तथा ऋण सहकारी सहकार्य नै हो तर अभियानको यात्रामा कोही अघि र कोही पछि हुँदा आवश्यकतामा पनि विविधता छ । वा एउटै यात्रामा पनि कसैले प्रचण्ड गर्मी, कसैले कठ्याङग्रीने जाडो त कसैले बसन्तको अनुभव भएको भान भएकोले यसको व्यवस्थापन आगामी नेतृत्वको चुनौति हो ।
बचत तथा ऋण सहकारीहरुको आकार र क्षमतामा विविधता छ । त्यसकोे आधारमा अभियान संरक्षणको योजना निर्माण गर्न सक्ने नेतृत्व आजको अभियानले खोजेको छ । अहिलेको नेतृत्वको असक्षमता भनेको नै विविधताको आवश्यकता सम्बोधन नगर्नु हो । बचत तथा ऋण सहकारी सहकार्य नै हो तर अभियानको यात्रामा कोही अघि र कोही पछि हुँदा आवश्यकतामा पनि विविधता छ । वा एउटै यात्रामा पनि कसैले प्रचण्ड गर्मी, कसैले कठ्याङग्रीने जाडो त कसैले बसन्तको अनुभव भएको भान भएकोले यसको व्यवस्थापन आगामी नेतृत्वको चुनौति हो ।
अध्ययनले बचत तथा ऋण सहकारीको नेतृत्वले आगामी बर्षका चुनौतीहरुको सामना गर्न तपशिलका सीपहरुको प्राथमिकता दिएको पाइन्छ ।
- परिकल्पना र रणनीति विकास
- परिवर्तन र संक्रमणमा नेतृत्व
-आलोचनात्मक सोच
- बृद्धिको मनोवृति
- उत्प्रेरक र प्रभावी
- सृजनशिल वा नव प्रवर्दनात्मक
- सबैको विकासमा सहयोगी
- समस्याको सही पहिचान
- संलग्नताहरुको व्यवस्थापन
- सशक्त सामना शक्ति र स्रोतमा स्वावलम्बी सोच
-समुह व्यवस्थापन
बचत तथा ऋण सहकारीका नेतृत्व गर्नेले आगामी पाँच बर्षमा विकास गर्नुपर्ने प्राथमिकताका क्षेत्रहरु देखाएको छ । यसवाट नेपालको बचत तथा ऋण सहकारी अभियानले नेतृत्व स्थापित गर्दा यी गुणहरु भएको नेतृत्व प्राथमिक सहकारीहरुकोमा विकास गर्नु आजका तमाम समस्या समाधानका उपाय हुन सक्दछ । यसका साथै अध्ययनले आगामी पाँच बर्ष सहकारीका नेतृत्वकर्ताले संवेगात्मक बौद्धिकता व्यवस्थापन सक्षमतामा ध्यान दिनु पर्ने कुरा उल्लेख गरेको छ । बचत तथा ऋण सहकारीहरुले बजारमा फरकपन विकास मार्फत व्यवसायीक दिगोपन सृजना गर्नुपर्ने भएकाले नेतृत्वले बचत तथा ऋणका सेवाहरुमा वास्तवमा नै फरक रुपमा विकास गर्न सक्ने सक्षमता विकास गर्नु पर्दछ ।
बचत तथा ऋण सहकारीहरुको नेतृत्वले तपशिलका क्षमता विकासका लागि परिक्षणमा सामेल भइ उत्कृष्ठता पाउन आवश्यक छ ।
- आजको नेतृत्व साहसी र महत्वकांक्षी हुनु पर्दछ । नेतृत्व विना लक्ष्य हावामा फ्याकीएको ढुङगा होइन । नेतृत्व चयन साबधानी पूर्वक भएको हुनु पर्दछ । जसवाट बचत तथा ऋण सहकारीहरुको आजको जोखिम व्यवस्थापन गरी अभियानलाई सुरक्षित दिशामा लैजान सक्षम हुन्छ । आजको नेतृत्व भोलिका सवालहरुमा केन्द्रीत हुनु पर्दछ ।
- अभियानकर्मीहरुको विभिन्न आवश्यकता, भावना र प्रेरणाका साथ नयाँ कार्यबलको विकास गरी नेतृत्व दिन सक्ने अभियानकर्मी आजको आवश्यकता हो । अवको नेतृत्वले समुहको नेतृत्व गरेर पुग्दैन नयाँ परिस्थितिमा नयाँ काम कसरी गर्न सकिन्छ भन्ने गरेर देखाउने सक्षमता राख्नु पर्दछ । आर्दश र सिद्धान्त भन्दा व्यवहार महत्वपूर्ण हो ।
- नेतृत्व समसामयीक सवालहरु विविधता, समानता, समाबेशीता, प्रविधि, वित्तीय प्रविधिहरुको बिषयमा बेखर रहन छुट हुंदैन । संस्थालाई सबै सवालहरुमा उत्कृष्ठ कार्य सम्पादनको नतिजा दिने नेतृत्व आजको आवश्यकता हो ।
- प्रविधिले बचत तथा ऋण सहकारीहरुमा अत्याधिक जोखिम थपेको छ । सदस्यहरुमा पनि जवर्जस्त प्रभाव पारेको छ । बचत तथा ऋण अभियानको नेतृत्व मानवतावादी दृष्टीकोणका साथ प्राविधिक रुपमा जानकार हुन आवश्यक छ । प्रविधिलाई अभियानले मानवताको आँखाले हेर्नु पर्दछ । सदस्यहरुले प्रविधिलाई गरेको स्वीकारको आधारमा नेतृत्वले परिवर्तन स्वीकार गर्न आवश्यक छ । सदस्यहरुको जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्ने प्रविधि स्वीकार गर्न आवश्यक छैन ।
- नेतृत्वले सहकारी क्षेत्र भन्दा वाहिर पनि सोच्नु र हेर्नु पर्ने समय आएको छ । सहकारीको नेतृत्वसँग विश्वव्यापी मानसिकता हुन आवश्यक छ । बचत तथा ऋण सहकारीहरु वा वित्तीय संस्थाहरु मात्र होइन अवको प्रतिश्पर्धा वित्त प्रविधि सेवा प्रदायक संस्थाहरुसँग बढि हुने देखिएको छ । ठुला प्रविधि सेवा विकास गर्ने कम्पनीहरु बचत तथा ऋण वा भुक्तानी गर्ने व्यवसायमा आइसकेका छन् । विश्वव्यापी सक्षमता विकासको सोच भएको नेतृत्व आजको आवश्यकता हो । ती कम्पनीहरुले हाम्रा सदस्यहरुको आवश्यकता पुरा गर्न प्रयास गरीरहेका छन । नेतृत्व सचेत हुन आवश्यक छ ।
- बचत तथा ऋण सहकारीका समसामयिक सवाल व्यवस्थापनमा कम चर्चा तथा दाउपेच वा पद प्राप्तीको योजनामा बढि समय खर्चने नेतृत्वले अबको अभियानको नेतृत्व गर्न सक्दैन । त्यसैले अबको नेतृत्व चयन फरक उद्देश्यले हुन आवश्यक छ । अभियान सबैको बनाउन सक्ने नेतृत्वको आवश्यकता हो ।
- बचत तथा ऋण सहकारी अभियानमा संलग्न अभियानकर्मीहरुको नयाँ क्षमता विकास गर्न आवश्यक स्रोत व्यवस्थापन गरी योजनाबद्ध विकासमा प्रतिबद्ध नेतृत्व आजको आवश्यकता हो । संकुचितबाट खुल्ला र राजनीतिबाट माथी उठेर सबैको हितमा समाहित हुने नेतृत्व आज अभियानमा स्थापित हुन आवश्यक छ ।
- आजको सहकारी शिक्षा होटलको बन्द कोठावाट अभियानकर्मीको आवश्यकताको आधारमा लचिलो ढाँचामा उपलब्ध हुन सक्ने गरी विकासको सोच भएको नेतृत्व चाहिएको छ । विचारले गरिएको भनिएको नेतृत्व व्यवहारमा कमजोर भएकोले व्यवहारमा आधारित सरल नेतृत्व विकास हुनुपर्छ ।
- अभियानमा यूवाको आवश्यकता हो । अभियानमा उमेरले यूवा तथा विचारले पुरातन भएकाहरुले पछिल्लो समयमा दिएको नेतृत्व कमजोर सावित भएको छ । त्यसैले उमेरमा मात्र यूवा होइन यूवा बिचार राख्ने अभियानकर्मीको नेतृत्व स्थापित गर्नु आवश्यक छ ।
त्यसैले बचत तथा ऋण सहकारी अभियानमा बषौं योगदान गरेको अभियानकर्मीहरुले अहिलेको बिषम परिस्थितिमा नयाँ नेतृत्व छनौट गर्दा व्यवहारीक आवश्यकतामा जोड दिनु पर्दछ । नविन सोचलाई सहयोग पुग्ने गरी सक्रिय रहन आवश्यक छ । बचत तथा ऋण सहकारी अभियानवाट सबैको समृद्धि सम्भव छ । हरेक संस्थामा नयाँ सोचको स्थापीत गरौं । अभियान बचाउन सकिन्छ । निरन्तर सक्रिय बनौं । पहिचान सहितको बचत तथा ऋण सहकारी अभियान निर्माणका लागि सवल सहकारी समुन्नत समाज, उत्कृष्ठ सेवा सामुहिक आवाज को भावनालाई आत्मासाथ गर्रौ ।
जय सहकारी ! जय बचत ऋण !
(लेखक ढकाल नेफ्स्कूनको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ)
What's Your Reaction?


