सहकारी संस्थामा कसरी खराव ऋण कम गर्ने ?

यसले संस्थामा वित्तीय अस्थिरता, सदस्य असन्तुष्टि र सहकारी  संस्था नै पतनलाई समेत निम्त्याउन सक्छ । कुनै पनि सहकारीको दीर्धकालीन सफलताका लागि प्रभावकारी ऋण व्यवस्थापन आवश्यक हुन्छ । सहकारीमा खराव ऋण हुनुको कारण...

२०८०-०७-०७
 0  1914
सहकारी संस्थामा कसरी खराव ऋण कम गर्ने ?

सहकारी पाना । नेपालको परिवेक्षमा यो विषम परिस्थितीमा सहकारी संस्थाको खराब ऋण एक महत्वपुर्ण चिन्ताको विषय भएको छ । यसले संस्थामा वित्तीय अस्थिरता, सदस्य असन्तुष्टि र सहकारी  संस्था नै पतनको बाटो लाई समेत निम्त्याउन सक्छ । कुनै पनि सहकारीको दीर्धकालीन सफलताका लागि प्रभावकारी ऋण व्यवस्थापन आवश्यक हुन्छ । सहकारीमा खराव ऋण हुनुको कारण के हो भनि सोधिएको प्रश्नमा सहकारी विज्ञ केशव प्रसाद पोख्रेल भन्नुहुन्छ :

१. ऋण लगानी प्रकृया हचुवाको तालमा हुन ।
२. ऋण लगानी गर्नु पूर्व ऋणको गहिरो अनुशंधान नगर्नु ।
३. ऋण लगानी गर्दा 5C को वास्तविक अध्यायन अनुसंन्धान नगर्नु ।
४. उदेश्य अनुसार बस्तु तथा सेवाको विकास नगर्नु ।
५. भन सुन संस्कृति हुनु ।
६. उदेश्य अनुसार ऋणको सदुपयोग नगर्नु ।
७. ऋण सदुपयोगिता जाँचको अभाव ।
८. ऋणी सदस्यसँग निरन्तर सम्पर्क/समन्वय
यि मुख्य कारण संस्थाले अवलम्वन नगर्दा खराव ऋण बढ्दै जाने जानकारी गराउँनु भयो । 

यसै गरि हाम्रो सहकारीपाना टिमले संस्थामा खराव ऋण कम गर्ने उपाय खोजिगरी तयार पारेका विषय वस्तुहरु :

सहकारी संस्थामा खराव ऋण न्युनिकरणको लागि निम्न वुदामा ध्यान राख्ने हो भने खराव ऋण कम गर्न सकिन्छ । 

. स्पष्ट ऋण नीति र प्रकृया :  सहकारी संस्थाहरुमा संस्थाको ऋण लगानी प्रकृया, ऋण सम्वन्धि कार्यविधि नहुनु वा भएको कार्यविधि पनि प्रष्ट नहुनु एक प्रमुख कारण हो भने, उत्पादनशिल क्षेत्रको ऋण लगानी क्षेत्र, स्पष्ट भएको, ऋण लगानीका मापदण्ड, लगानीका क्षेत्र शिर्षक भएको, ऋणको वर्गिकरण, ऋण सुरक्षणका आधार, उदेश्यमा आधारित ऋण लगानी, ऋणको पोटफोलियो, ऋण अनुसन्धान वा ऋण लगानी पुर्व विश्लेण, ऋण लगानी प्रकृया, ऋण भुक्तानी प्रकृया र ऋण सुरक्षण सहितको ऋण व्यवस्थापन कार्यविधि तयार पारेर ऋण लगानी गर्ने ।

. आदेश ऋण : कुनैपनि सदस्यलाई ऋण लगानी गर्दा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति वा उपसमितिको आदेशमा     नातावाद ऋण, नजिकवाद ऋण, वढि वचत गर्ने सदस्यहरुलाई हेरेर झ्यालवाट आउने ऋण लगानी वन्द गर्ने ।

. लोन पोर्टफोलिय विविधिकरण : कुनै पनि विशेष क्षेत्र वा विशेष सदस्यसँग अध्याधिक ऋण लगानी नगर्ने । कुनै विशेष क्षेत्र वा क्षेत्रमा अफ्टयारो आउदा खराव ऋणको जोखिम धेरै हुन्छ ।

. नियमित अनुगमन : ऋण लिएका सदस्यहरुसंग नियमित भेटघाट, सम्पर्कमा रहने र नियमित अनुगमन गर्ने जसले सदस्यको सम्भावित समस्यहरु चाँडै पनिचान गर्न सकिन्छ ।

. ऋण उपसमिति : सहकारी संस्थामा भएकोे ऋण उपसमिति एक जिम्मेवार निकाय भएकोले ऋण समितिहरुलाई ऋण लगानी सम्वन्धी तालिम र शिक्षाद्धारा सहि निर्णय लिन सक्ने वनाउन आवश्यक छ ।

. ऋण ग्यारेन्टी : सदस्यलाई ऋण लगानी गर्दा प्रयाप्त मात्रमा ऋणको सुरक्षण हुन सक्ने धितो व्यवस्थापन तथा पारिवारिक मन्जुरी लिएर मात्र ऋण लगानी गर्ने ।

. भुक्तानी प्रकृया : ऋण लगानी गर्दा सदस्यको अवस्था हेरेर दैनिक, मासिक, त्रैमासिक किस्तामा ऋण लगानी गर्ने । कुनै सदस्यले कुखुरा पालनका लागि ऋण लिएको छ र यस्को किस्ता मासिक छ भने त्यो ऋण भाखा नाघ्ने सम्भावना रहन्छ किनभने कुखुरा तयार हुन नै कम्तिमा ४५ दिनको समय लाग्छ । यस्ता कुरा ख्याल गरेर मात्र ऋण लगानी गर्ने ।

. शिक्षा र परामर्श : सदस्यहरुलाई उनीहरुको आर्थिक व्यवस्थापन प्रभावकारी रुपमा मदत गर्न वित्तीय सारक्षरता र ऋण परामर्श दिनुहोस । यसले भविष्यमा खराव ऋणको सम्भावना कम गर्दछ ।

. ऋण सुरक्षण कोष : खराव ऋणलाई रिकभर गर्नका लागि ऋण सुरक्षण कोषको व्यवस्थापन गर्नु पर्दछ । १ वर्ष भन्दा कम भाखा नाघेको ऋण को ३५ प्रतिशत र १ वर्ष भन्दा वढि भाखा नाघेको ऋणको शतप्रतशत ऋण सुरक्षण गर्नुहोस । भविश्यमा यसले सहकारीको समग्र वित्तीय स्थायित्वमा कुनै असर नगरी सुरक्षण गर्दछ ।

१०. ऋण कार्यविधि समिक्षा : समय समयमा संस्थाको ऋण कार्यविधि समिक्षा र अद्यावधिक गर्नुहोस । ऋण कार्यविधि कमजोर भएर भाखा नाघेको ऋण वढिरहेको छ कि समिक्षा गर्नुहोस ।

११. कानुनी परिपालन : संस्थाको ऋण व्यवस्थापन अभ्यासहरु स्थानीय, संधियता, राष्ट्रिय सहकारी कानुन र नियमसंग वाझिएका छन कि ? विचार गर्नुहोस ।

१२. बीमा : भाखा नाघेको ऋणलाई महत्वपुर्ण हानि नोक्सानीवाट जोगाउन ऋण बीमा गर्ने । यस्ता ऋण बीमाहरुले भाखा नाघेको ऋणको केही भाग कभर गर्न सक्दछ ।

१३. पारर्दर्शी ऋण प्रतिवेदन : सहकारीको वित्तीय स्वास्थ्य र खराव ऋण व्यवस्थापनमा गरेका प्रयासवारे सदस्यहरुलाई जानकारी गराउदा पारर्दर्शी र सही वित्तीय प्रतिवेदन तयार पर्नुहोस ।

समग्रमा, सहकारी संस्थामा खराव ऋण हुनु भनेको संस्था आफ्टेरो अवस्थामा हुनु हो यो अवस्थावाट सवै सहकारी उम्कन खोजे पनि खराव ऋण व्यवस्थापनका  लागि स्पष्ट नीति तथा कार्यविधि, जोखिम मुल्याङ्कन, सदस्यसंगको दिगो सम्वन्ध, ऋण असुली प्रकृया लगायतका रणनीतिहरु लागु गरेर सहकारी संस्थाको खराव ऋण संग सम्वन्धित जोखिमहरु कम गर्न र आफ्नो संस्था वित्तीय स्थिरता कामय राख्न सक्दछन ।

जय सहकारी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता