सहकारी दर्ता खारेजी प्रकृयाको फेरी (१५ दिने ) सार्वजनिक सूचना
सहकारी पाना । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारी संघ-संस्था दर्ता खारेजी प्रकृयाको पुनः प्रकाशित (१५ दिने )

सहकारी पाना । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारी संघ-संस्था दर्ता खारेजी प्रकृयाको पुनः प्रकाशित (१५ दिने ) सार्वजनिक सूचना आफ्नो फेसबुक पेजमार्फत प्रकाशित गरेको छ ।
यस कार्यालयको नियमन क्षेत्राधिकारभित्रका तपशिल बमोजिमका सहकारी संस्थाहरुको प्रदेश सहकारी ऐन अनुसार नियमित रुपमा बुझाउनुपर्ने विवरणहरु लगातार २ वर्ष वा सो भन्दा बढी समय देखि प्राप्त नभएको र कतिपय सहकारी संस्थाहरु अनुगमनका क्रममा संचालनमा समेत नदेखिएका संस्था दर्ता खारेजीको प्रक्रिया सम्बन्धी यही भदौ २२ गते ३५ दिने सूचना उक्त कार्यलयले प्रकाशन गरेको थियो ।
तर केही संस्थाहरु अध्यावधिक हुन आएको सन्दर्भमा निम्न सहकारी संस्थाहरुमा दायित्व तथा पाउनु पर्ने भए सो को प्रमाण समेत यस कार्यालयमा बुझाउन सबैको लागि जानकारी कार्यलयले सूचित गराएको छ ।
संस्थाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले यो सूचना प्रकाशन भएको १५ दिनभित्र संस्था अध्यावधिक गराउनु पर्ने अन्यथा कानून बमोजिम भई जाने व्यहोरा पनि सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
What's Your Reaction?






