सवै सहकारीलाई श्वेतपत्र जारी र कोपोमिसमा विवरण प्रविष्टि गर्न निर्देशन

सहकारी पाना । सहकारी विभागले मुलुकका सवै सहकारीलाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । सहकारी क्षेत्रमा हाल देखा परेको समस्या...

२०८०-०८-१६
 0  62
सवै सहकारीलाई श्वेतपत्र जारी र कोपोमिसमा विवरण प्रविष्टि गर्न निर्देशन

सहकारी पाना । सहकारी विभागले मुलुकका सबै सहकारीलाई स्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । सहकारी क्षेत्रमा हाल देखा परेको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझावका आधारमा उक्त निर्देशन जारी भएको विभागले पत्रमा जनाएको छ ।

सहकारी क्षेत्रमा सुशासनका कायम गर्नका लागि विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुले श्वेतपत्र जारी गर्न निर्देशन दिएको हो । 

सबै सहकारी सङ्घसंस्थाहरूले २०८० साल मंसिर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्ति लगायतका वित्तीय विवरण समेटिएको स्वेतपत्र जारी गरी गर्नुपर्ने विभागको निर्देशनमा उल्लेख गरिएको छ । यस्तै सबै सहकारी संघ संस्थाहरूले २०८० चैत्र मसान्तभित्र माग अनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना २०८० साल मंसिर मसान्तभित्र पेश गर्ने जनाईएको छ।

सहकारीको कारोबार राख्ने प्रणाली (कोपोमिस) मा विवरण प्रविष्टि गर्न पनि विभागले निर्देशन दिएको छ । सबै सहकारी सङ्घसंस्थाहरूले अनिवार्य रुपमा कोपोमिस प्रणालीमा तोकिए बमोजिमका विवरण प्रविष्टि गर्न विभागले निर्देशन दिएको हो ।

Files

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता