अहिले सहकारी समास्याको समाधान नै सदस्यसंग दिगो सम्वन्ध हो
अहिले नाफा मुखी संस्थाहरू समस्यामा परेको देखिन्छ । संस्थाले कति नाफा कमायो भन्दापनि कति सदस्यलाई सेवा दिइ सदस्यको जीवनस्तर माथि उक्सियो भनेर कहिले पनि हेरिएन । समस्यामा परेका संस्थाहरूलाई अध्ययन....

सदस्य सहकारीका मालिक हुन । सदस्यले नै सञ्चालक समिति चुनेका हुन । सदस्य कै बचत र ऋणको फरकतादर वाट संस्था सञ्चालन भएको हुन्छ । त्यसैले सदस्यहरूसँग दिगो सम्बन्धलाई बढवा दिए वा सदस्यलाई संस्थाको वास्तविक यथार्थ जानकार दिई अहिलेको सहकारी समस्या समाधान गर्न सकिन्छ । सहकारीको सफलता यसका सदस्यहरूको सक्रिय संलग्नता, विश्वास र सहयोगमा धेरै निर्भर हुन्छ । अहिले सहकारी संस्थाहरूका सञ्चालक तथा व्यवस्थापन पक्ष बलियो र सदस्य पक्ष कमजोर भएको दृष्टिले हेर्ने गरिएको छ । यसले सदस्यहरूमा यो मेरो संस्था हो भन्ने भावना नभई यो फलानाको सहकारी भन्ने भावना बढेको पाइन्छ ।
अहिले नाफा मुखी संस्थाहरू समस्यामा परेको देखिन्छ । संस्थाले कति नाफा कमायो भन्दापनि कति सदस्यलाई सेवा दिइ सदस्यको जीवनस्तर माथि उक्सियो भनेर कहिले पनि हेरिएन । समस्यामा परेका संस्थाहरूलाई अध्ययन गर्ने हो भने केही संस्थामा मात्र नियत खराब भएर समस्यामा परेको देखिन्छ, भने कतिपय संस्थामा वित्तिय व्यवस्थापनको ज्ञान भएर कति समयको बचत स्किार्ने, कति समयावधिको किस्ता कायम गरि ऋण लगानी गर्ने फरकतादर कसरी कायम गर्ने सदस्यको पैसा कहाँ कहाँ लगानी गर्ने भन्ने जानकारी नभएकोले समस्या आएको छ भने अधिकांश संस्थाहरूले आफ्ना सदस्यहरूलाई संस्थाको बारेमा बुझाउन नसक्दा समस्यामा परेको देखिन्छ ।
सदस्यको बचतको पैसा सदस्यलाई नै ऋण लगानी गरिएको छ । उक्त ऋण असुल भएमा सदस्यको बचत फिर्ता गर्न सकिन्छ भन्ने मात्र बुझाउने हो भने सदस्य बचत फिर्ताको लाइनमा बस्ने थिएन । वास्तमा, सदस्यहरूसँग दिगो सम्बन्धलाई बढवा दिनु अहिलेको सहकारी समस्याहरू समाधान गर्ने महत्वपूर्ण पक्ष हो । सहकारीको सफलता यसका सदस्यहरूको सक्रिय संलग्नता, विश्वास र सहयोगमा धेरै निर्भर हुन्छ । यहाँ मुख्य केही तत्त्वहरू छन जसले सदस्यसँगको सम्बन्ध निर्माण र कायम राख्न मदत गर्दछ ।
१. खुल्ला सञ्चार : पारदर्शी र खुल्ला सञ्चार सदस्यसँग स्थापना गर्न आवश्यक छ । सदस्यहरूको आफ्नो सरोकार, विचार र प्रतिक्रिया व्यक्त गर्न सहज महसुस गर्नुपर्छ । सञ्चालक समितिको नियमित बैठक संस्थाको गतिविधिहरू सदस्यहरूले सहज रुपमा पढ्ने मौका प्रदान गर्नुहोस् । संस्था बन्द गर्ने, सञ्चालक सम्पर्कमा नरहने, सम्पर्कमा रहदा झर्कने जस्ता क्रियाकलापहरू सदस्यसँग नगर्नुहोस् ।
२. सदस्य संलग्नता : सक्रिय रुपमा सदस्यहरूलाई निर्णय प्रक्रियामा संलग्न गर्नुहोस् । महत्वपूर्ण विषयमा उनीहरूको सुझाव खोज्नुहोस्, उनीहरूलाई समिति वा उपसमिति समुहहरूमा समावेश गर्नुहोस् र सहकारी गतिविधिहरूमा उनीहरूको सहभागिता प्रोत्साहन दिनुहोस् यसले तिनीहरूलाई मुल्यवान र सस्था सग जोडिएको महसुस गर्न मद्दत गर्दछ । जस्तैः बढी बचत भएका सदस्यहरूलाई ऋण असुली समुहमा समावेश गर्नुभयो भने सदस्य आफैले ऋण असुली कार्यमा सघाउँछ ।
३. शैक्षिक पहलहरू : सहकारीको सञ्चालन, फाइदाहरू र चुनौतीहरूको बारेमा सदस्यहरूलाई बुझाउन शैक्षिक कार्यक्रमहरू र श्रोतहरू प्रदान गर्नुहोस् । यसमा सहकारी अभियानकर्ता मार्फत प्रशिक्षण गराई संस्था कसरी सञ्चालन हुन्छ तपाईंको बचत कहाँ छ लगानी के मा गरिएको छ भन्ने जानकारी गराउनुहोस् ।
४. निष्पक्ष व्यवहार : सबै सदस्यहरूको व्यवहारमा निष्पक्षता र समानता सुनिश्चित गर्नुहोस् । भेदभाव वा पक्षपातको कुनै पनि मुद्दालाई तुरुन्तै सम्बोधन गर्नुहोस् । संस्था अप्ठ्यारो अवस्था वा वचत फिर्ता गर्न नसक्ने अवस्था आएको खण्डमा सञ्चालक समिति वा कर्मचारीका आफन्तहरूलाई पहिले फिर्ता नगर्नुहोस् । निष्पक्ष व्यवहारले सदस्यहरू बीच विश्वास र वफादार बनाँउछ ।
५. उत्तरदायी नेतृत्व : नेतृत्व सदस्यहरूको आवश्यकता र सरोकारवालाप्रति उत्तरदायी हुनुपर्छ । सकारात्मक सम्बन्ध कायम राख्न सदस्यहरूलाई तुरुन्तै सम्बोधन गर्ने, समयमा नै साधारण सभा गर्ने, लेखापरीक्षण निष्पक्ष रुपमा गर्ने, जबाफदेहीता प्रदर्शन गर्ने र सदस्यको प्रतिक्रियाप्रति ग्रहणशील हुन आवश्यक छ ।
६. वित्तीय पारदर्शिता : बजेट, व्यय र वित्तीय कार्यसम्पादन सहित वित्तीय मामिला पारदर्शिता कायम राख्नुहोस । सहकारीको वित्तीय व्यवस्थापनमा विश्वास निर्माण गर्न सदस्यहरूको सही र अद्यावधिक वित्तिय जानकारीमा पहुँच हुनु पर्दछ । सदस्यहरूको बचत तथा ऋण तथा अन्य रकमको बारेमा सही जानकारी दिनुहोस । संस्थामा सञ्चालक समितिले लिएको ऋण, संस्थामा भएको बचत तथा संस्थाबाट पाएको सेवा सुविधाको बारेमा सदस्यहरूलाई सही जानकारी दिनुहोस् जसले सदस्यहरूलाई वित्तिय जानकारी विश्लेषण गर्न सहयोग दिन्छ ।
७. क्षेत्राधिकार बाहिरको कारोबार ः संस्थाको क्षेत्राधिकार भन्दा बाहिर लगानी गरिएको भए सो को जानकारी सदस्यहरूलाई गराउनु होस र यस्तो लगानी बन्द गर्नुहोस् र लगानी गरिएको रकम असुली तिर धेरै जोड गर्नुहोस् । बचत तथा ऋण सहकारी छ र यसले संस्थामा तरलता भएको अवस्थामा वा अन्य अवस्थामा घर किन्ने, घडेरी खरिद गरेको भएमा चाडै बिक्री वितरण गरिहाल्ने ।
८. ऋण असुली गर्ने : संस्थाले सञ्चालक समिति, लेखा समिति, उपसमिति तथा व्यवस्थापनमा भएको तथा एकाघर परिवारमा भएको ऋण असुलीलाई पहिलो प्राथामिकतामा राख्ने र सो को जानकारी सदस्यलाई समेत गराउने । यसले गर्दा सदस्यहरूको विश्वासमा थप टेवा पुगी बचत फिर्तामा सहयोग मिल्नेछ ।
यसरी सदस्यहरूलाई संस्थाको बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराई, संस्था सदस्यहरूबाटै सञ्चालित हुन्छ । सदस्यको पैसा सदस्यलाई नै लगानी गरिएको हुन्छ । सदस्यहरूको बचत यहाँ यहाँ छ भनेर बुझाउन सक्ने हो भने अहिले देखिएको सहकारी समस्या धेरै हद सम्म न्यूनिकरणमा सहयोग पुग्नेछ । तर सञ्चालक र व्यवस्थापन मेरै सहकारी हो भन्ने भावनाबाट कहिले पनि सदस्यहरूले यो हाम्रो सहकारी संस्था हो यसलाई समस्या पर्दा मलाई नि असर गर्दछ भन्ने भावना संचालकले ल्याउन सके सहकारी समस्यामा नपर्ने कुरामा दुई मत छैन ।
What's Your Reaction?






