सहकारीकर्मी माधवलाल देवकोटाको निधन

सहकारीपानाः ट्रकको ठक्करवाट सहकारीकर्मी माधवलाल देवकोटाको निधन भएको छ । राष्ट्रिय सहकारी बैंक सञ्चालक समेत रहेका देवकोटा सहित तिलोत्तमा नगरपालिका २ जानकी नगर वस्ने यादा क्षेत्री सहित मोटरसाइकलमा शंकर नगरबाट मोटर साइकलमा मणिग्रामतर्फ जाँदै गर्दा तिलोत्तमा नगरपालिकाे ड्राइभरटोलमा ट्रकले ठक्कर दिदा दुवैजनाको घटनास्थलमै मृत्युभएको हो ।लु.४९ प २२३० नम्बरको मोटरसाइकलमा सवार दुवैजना तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको व्यापार मेलातर्फ जाँदा ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट लडेका दुवैजनालाई स्थानीयले क्रिमसन अस्पताल लगेका थिए । अहिले दुवै जनाको शव क्रिमसन अस्पतालमा राखिएको छ ।
What's Your Reaction?






