हरित अर्थतन्त्र र सहकारी
विश्वव्यापी वातावरणीय चुनौतिहरूको सामना गर्न प्रणालीगत परिवर्तन, एकिकृत प्रविधि र नीति एवं अन्तर्राष्ट्रिय सहयोग हरित अर्थतन्त्रको अवधारणा अवलम्बनका लागि सबै पक्ष सँग आवश्यक समन्वय र सहकार्यमा जोड दिई दिगो विकास लक्ष्य प्राप्ती, वित्तीय स्वतन्त्रता एवं समावेशीकरणका लागि सहकारी क्षेत्रको उचित परिचालन हुन आवश्यक र जरुरी भएको छ ।

नेपालको वर्तमान अर्थतन्त्र संवेदनशिल छ, यस Stagflation को अवस्थालाई सम्वोधन गर्न हरित अर्थतन्त्रको प्रयोग एकदमै महत्वपूर्ण र समसामयिक सम्वोधन हुन सक्ने देखिन्छ । यो एक उदीयमान सवाल र सबै पक्षले ह्दयङ्गम गरि लागू गर्ने बिषय पनि हो । विभिन्न प्रकारको महामारी र प्राकृतिक विपद् जोखिम न्यनिकरणका लागि हरित अर्थतन्त्रको व्यवहारिक प्रयोग महत्वपूर्ण हुन्छ । हरित अर्थतन्त्रलाई सहकारीले केहि हदसम्म व्यवहारिक प्रयोग गरिरहेका पनि छन् अतः हरित अर्थतन्त्र के हो, हरित अर्थतन्त्र हुनलाई आवश्यकीय तत्वहरु के के हुन्छन्, हरित अर्थतन्त्रको माध्यमले समाजको सकारात्मक पक्षमा योगदान र दिगो विकास कसरी सम्भव छ । हरित अर्थतन्त्रमा सहकारीको भुमिका कस्तो हुने र हरित अर्थतन्त्रको व्यवहारिक प्रयोगमा किन सहकारी क्षेत्र महत्वपूर्ण छ । हरित अर्थतन्त्रका केहि विश्वव्यापी अनुसन्धानमा आधारित तथ्य परक असल अभ्यास र दिगो विकास लक्ष्य सँगको सम्बन्ध एवं सहकारी मार्फत हरित अर्थतन्त्र प्राप्ती कसरी सम्भव छ भन्ने सवाललाई यस लेखमा प्रष्ट पार्ने कोशिस गरेको छु ।
हरित अर्थतन्त्र भनेको वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने र दिगोपनलाई बढावा दिने आर्थिक प्रणाली हो । यसले वस्तु र सेवाहरूको उत्पादन र उपभोग समावेश गर्दछ जसले स्रोतको प्रयोगमा कमी, प्रदूषण न्यूनिकरण, र नकारात्मक वातावरणीय प्रभावहरूलाई कम गर्छ, साथै आर्थिक वृद्धि र जीवन कल्याणलाई बढावा दिएको हुन्छ । हरित अर्थतन्त्रका पहलहरू प्रायः नवीकरणीय ऊर्जा, संसाधन दक्षतामा बृद्धि, पर्यावरण–मैत्री प्रविधि, र प्राकृतिक स्रोतहरूको संरक्षणमा केन्द्रित हुन्छन् जसमा सहकारीको योगदान महत्वपूर्ण हुन्छ ।
हरित अर्थतन्त्रका आधारभुत आवश्यकताहरुमा,
- दिगो श्रोतको उपयोगः प्राकृतिक स्रोतहरूको उपयोग भावी पुस्ताका लागि दीर्घकालीन उपलब्धता सुनिश्चित गर्ने,
- वातावरण संरक्षणः प्रदूषण न्यूनीकरण गर्न, हरितगृह ग्यास उत्सर्जन कम गर्न र पारिस्थितिक प्रणालीको सुरक्षा गर्न नीति र अभ्यासहरू लागू गर्नुे,
- नवीकरणीय ऊर्जाः जीवाश्म ईन्धनमा निर्भरता कम गर्न सौर्य, हावा, र जलविद्युत जस्ता नवीकरणीय र स्वच्छ ऊर्जा स्रोतहरूको प्रयोगलाई बढवा दिने,
- ऊर्जा दक्षताः उद्योग, भवन, र यातायातमा फोहोर र उत्सर्जन कम गर्न ऊर्जा प्रयोगको दक्षतामा सुधार गर्ने,
- दिगो कृषिः पर्यावरण मैत्री खेती अभ्यासहरू प्रवर्द्धन गर्ने जसले रासायनिक इनपुटलाई न्यूनीकरण गर्छ र माटो र पानीको गुणस्तरलाई जोगाउँछ,
- फोहोर घटाउनेः फोहोर र ल्यान्डफिल प्रयोगलाई कम गर्न सामग्रीहरू घटाउने, पुनः प्रयोग गर्र्नेे, संरक्षण र
- जैविक विविधताः प्राकृतिक वासस्थानको संरक्षण र जैविक विविधताको संरक्षण गर्ने ,
- हरित प्रविधिः दिगोपन र वातावरण संरक्षण प्रवर्द्धन गर्ने प्रविधिहरूमा लगानी गर्ने,
- दिगो यातायातः सार्वजनिक ट्रान्जिट प्रणालीको विकास गर्दै र कम उत्सर्जन हुने सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहन गर्ने,
- सामाजिक समानताः हरित अर्थतन्त्रका फाइदाहरू समाजका सबै वर्गहरुमा समान रूपमा वितरण भएको सुनिश्चित गर्दै यी आवश्यकताहरूले आर्थिक वृद्धिलाई वातावरणीय व्यवस्थापन र सामाजिक कल्याणसँग सन्तुलनमा राख्ने लक्ष्य लिई कार्य गर्न सक्दा मात्र हरित अर्थतन्त्र हुन सक्दछ जसमा सहकारीले अहंम भूमिका निर्वाह गर्न सक्दछ ।
हरित अर्थतन्त्र मार्फत समाजमा देखिएको केहि सकरात्मक पक्ष तथा समाजको दिगो विकास र असल अभ्यासमा भएका केहि अनुसन्धानात्मक तथ्यहरु पनि छन् जसलाई सहकारीहरुले आत्मसाथ गरी व्यवहारमा प्रयोग गर्न सक्नु पर्दछ जसका लागि सरकारले पनि आवश्यक पहलमा वातावरण, समन्वय र सहयोग गर्नु आवश्यक देखिन्छ ।
- रोजगारी र्सिजनाः अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को एक प्रतिवेदनले जलवायु परिवर्तनसँग लड्ने क्षमता अन्र्तगत र हरित अर्थतन्त्रले रोजगारीको सिर्जना गर्दछ, यस प्रयासले सन् २०३० सम्ममा विश्वव्यापी रूपमा २४ करोड रोजगारी सृजना गर्न सक्ने बताएको छ ।
- आर्थिक वृद्धिः विश्व बैंकले गरेको एक अध्ययनले, हरित प्रविधि र नवीकरणीय ऊर्जामा गरिएको लगानीले आर्थिक वृद्धिमा योगदान गर्नेछ, जसमा नवीकरणीय ऊर्जामा गरिएको लगानीले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रत्येक प्रति डलरले करिब ३ डलर बृद्धि गर्न सक्ने बताएको छ ।
- उत्सर्जनमा न्युनिकरणः हरित अर्थतन्त्रमा संक्रमणले हरितगृह ग्याँस उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउन सक्छ भन्ने अनुसन्धानले लगातार हाइलाइट गरेको छ । नवीकरणीय ऊर्जा र ऊर्जा क्षेत्रमा लगानी गर्ने देशहरूले प्रायः आफ्नो कार्बन उत्सर्जन दरलाई न्यूनिकरण गर्न सक्नेछन् ।
- दिगो कृषिः विभिन्न अनुसन्धानले, दिगो कृषि अभ्यासहरू, जस्तै जैविक खेती र कृषि विज्ञानले खाद्य सुरक्षा सुधार गर्न, वातावरणीय प्रभावहरू कम गर्न, रसायनिक बिषादीको प्रयोगमा न्यूनिकरण र माटोको स्वास्थ्यमा सुधार गर्नका लागि सहयोग गर्दछ ।
- इकोनोमी बेनिफिटहरू (Circular Economy Benefits) विभिन्न अध्ययनहरू मध्ये, एलेन म्याकआर्थर फाउन्डेशनले सर्कुलर अर्थतन्त्रको संम्भावनामा हरित अभ्यासबाट सर्कुलर इकोनोमीको वातावरणीय र आर्थिक लाभलाई प्राथमिकता दिएको छ, जसमा फोहोर न्यूनिकरण, स्रोत संरक्षण र लागत न्यूनिकरण जस्ता कुरा समावेश गरिएको छ ।
- नवप्रवर्तन र प्रविधिः हरित अर्थतन्त्रमा अनुसन्धानले दिगोपनाका लक्ष्यहरू प्राप्त गर्न नवप्रवर्तन र प्रविधि विकासका क्रियाकलापलाई जोड दिन्छ । स्वच्छ ऊर्जा र दिगो अभ्यासहरूमा संक्रमणलाई ड्राइभ गर्न प्राविधिक विकासहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् ।
- विश्वव्यापी प्रभावः विभिन्न प्रतिवेदन र अध्ययनहरूले हरित अर्थतन्त्रको विश्वव्यापी प्रभावको विश्लेषण गरेको छ जसमा संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय दिगो विकास लक्ष्यहरू ९क्म्न्क० र पेरिस सम्झौताको जलवायु लक्ष्यहरू प्राप्त कसरी गर्न सकिन्छ भनेर देखाउँछ । यी अनुसन्धानका निष्कर्षहरूले हरित अर्थतन्त्रसँग सम्बन्धित बहुआयामिक फाइदाहरू र चुनौतीहरूलाई हाइलाइट गर्दछ, नीति निर्माताहरू, व्यवसायहरू, र स्थिरता प्रर्बद्धन गर्ने र जलवायु परिवर्तनसँग लड्ने लक्ष्य राख्ने व्यक्तिहरूलाई बहुमूल्य अन्तरदृष्टि प्रदान गर्दछ ।
ट्रिपल पी बटमलाईन
हरित अर्थतन्त्रमा योगदानका लागि सहकारीहरुले आफ्ना नीति तथा कार्यक्रमहरुमा यस्ता क्रियाकलापहरुलाई समावेश गरि लागू गर्नुपर्दछ किनकी सहकारी ट्रिपल पी (Triple P Bottom Line Approach) बटमलाईन अर्थात नाफा (Profit/Prosperity), मानिसहरु (People) र (Planet) लाई जोड दिनु पर्ने हुन्छ । नेपालमा, हरित अर्थतन्त्रलाई प्रर्वद्धन गर्न सहकारी उल्लेखित गतिविधिहरूलाई मूलप्रवाहमा ल्याउनु दिगोपन बढाउन र वातावरणीय चुनौतिहरूलाई सम्बोधन गर्न बहुमूल्य दृष्टिकोण अघि सार्नु पर्दछ, यसका लागि केहि तपशिलका रणनीतिीहरुले सहयोग पु-याउन सक्छः
(क) कृषिमा पहलः खाली जमिनको उचित प्रयोग र अर्थतन्त्र जसमा पनि भुक्तानी संन्तुलन गर्न कृषि सहकारीहरूको कार्यलाई प्राथमिकता दिनु पर्दछ । जसमा उक्त सहकारीहरुले दिगो खेती अभ्यासहरू, जस्तै जैविक कृषि, रासायनिक विषादीको प्रयोग घटाउने, र उचित सिँचाइ विधिहरू अपनाउन प्रोत्साहित गर्ने साथै जलवायु–उत्थानशील बालीहरूको खेतीलाई बढावा दिने, रैथाने जातीका बिजहरुको प्रयोग गर्ने र जैविक उत्पादनहरू लाई बजारमा सहज पहुँच विस्तारमा कार्य गर्नु सक्नु पर्दछ ।
(ख) नवीकरणीय ऊर्जामा पहलः सौर्य र जलविद्युतका क्षेत्रमा पनि सहकारीहरूले कार्य गर्नुपर्दछ जसको लागि उक्त क्षेत्र सँग सम्बन्धित सहकारीहरु केन्द्रित हुनु पर्दछ । नवीकरणीय ऊर्जा प्रर्वद्धन यदि सहकारीहरूले गर्दछन् भने सरकारले पनि उक्त कार्यको सोचलाई सहयोग र समर्थन गर्नुपर्दछ ।यसले समुदायहरूलाई स्वच्छ ऊर्जा स्रोतहरूको पहुँचमा अभिबृद्धि गर्न, जीवाश्म ईन्धनमा निर्भरता घटाउन(Reduce reliance on fossil fuels) र ऊर्जा दक्षतामा योगदान गर्न (Contribute to energy efficiency) सहयोग गर्दछ ।
(ग) फोहोर व्यवस्थापन पहलः सहकारी तथा सहकारीका सदस्यहरु मार्फत पुर्नप्रयोग र फोहोर व्यवस्थापन (Recycling and waste management) मा केन्द्रित पहल गर्नुपर्दछ । यसले फोहोर घटाउन, रिसाइक्लिङलाई बढावा दिन र रिसाइक्लिङ्ग उद्योगमा रोजगारी सिर्जना गर्न मद्दत गर्न सक्छ जुन सहकारीको सातौ सिद्धान्त, समुदाय प्रति चासोले पनि जोड दिएको बिषय हो ।
(घ) वन तथा संरक्षण पहलः वन तथा प्राकृतिक श्रोतहरुको संरक्षण र दिगो व्यवस्थापन गर्न समुदायमा आधारित वन व्यवस्थापन र संरक्षण कार्यमा पनि सहकारीहरुलाई प्रोत्साहन गर्नु पर्दछ । यसले जैविवक विविधता जोगाउन र वन विनाश कम गर्न मद्दत गर्न सक्छ ।
(ङ) सहकारी शिक्षाः सहकारी सदस्यहरू बीच दिगोपन र वातावरणीय उत्तरदायित्वका सिद्धान्तहरू बारे चेतना जगाउने सहकारी शिक्षा र तालिम कार्यक्रमहरू अनिवार्य रुप्मा आयोजना गर्ने जुन सहकारीले कमाएको नाफाको निश्चित प्रतिशत सहकारी शिक्षा कोष मार्फत गर्न सकिन्छ ।
(च) एड्भोकेसी र नीति निर्माणः नवीकरणीय ऊर्जा उत्पादन वा दिगो खेतीका लागि करछुट प्रोत्साहन जस्ता क्रियाकलापहरुमा राज्यले सहकारीहरूलाई सहयोग गर्नुपर्दछ जसले हरित अभ्यासहरूलाई प्रोत्साहन गर्न सक्छ । अतः सरकारले यस्ता नीति र नियमहरूको कार्यान्वयन गर्ने जसमा सहकारी तथा सहकारी संञ्जालले आवश्यक वहस पैरवी, वकालत सरकारी समक्ष गर्न गैरसरकारी संस्थाहरूसँग सहकार्य पनि गर्नुपर्ने हुन्छ ।
(छ) हरित वित्तमा पहुँच (Access to Green Finance): पर्यावरण–मैत्री परियोजनाहरूमा सहकारीहरूको पहुँच अभिबृद्धिका लागि सरकार तथा अन्तराष्ट्रिय सहयोगि निकायहरुले पनि चासो दिनु पर्दछ । हरित वित्तपोषण विकल्पहरूमा पहुँचको सुविधा सहकारीहरुलाई दिनु पर्दछ । यसमा अनुदान, कम ब्याज ऋण, वा हरित प्रविधि र अभ्यासहरू अपनाउनका लागि वित्तीय प्रोत्साहनहरू समावेश हुन सक्छन् र सहकारीहरुले पनि शेयर सदस्यहरुलाई ऋण प्रभाव गर्दा वातावरणीय प्रभाव विश्लेष समेत गर्ने कार्यलाई अनिवार्य रुपमा लागू गर्न सकिन्छ, जुन अहिले सहकारीको ऋण विश्लेषणमा 5C को अतिरिक्त Climate Change लाई पनि विश्लेषण समावेश गर्न थालिएको छ ।
(ज) सामुदायिक संलग्नताः सहकारीमा स्थानीय समुदायहरूको संलग्नता छ, हाल नेपालमा करीव ७५ लाख भन्दा बढी व्यक्तिहरु सहकारीका क्रियाकलापहरुमा सक्रिय रूपमा संलग्न छन् अतः सहकारीका सदस्इहरुलाई सहकारी शिक्षा मार्फत हरित अभ्यासहरूको वातावरणीय फाइदाहरू बुझ्छन् भन्ने सुनिश्चित गर्न सक्नुपर्दछ ।
(झ) अनुगमन र प्रमाणीकरणः हरित र दिगो विकासका अभ्यास गरेका सहकारीहरुलाई उनीहरुले गरेको गतिविधिहरूका आधारमा प्रमाणीकरण र प्रवर्द्धन गर्न अनुगमन र प्रमाणीकरण प्रणालीहरू लागू गर्नुपर्दछ यसमा सरकारले पनि प्राथमिकता क्षेत्रमा राख्नु पर्दछ । उक्त प्रमाणपत्रहरूले सहकारीहरूलाई पहिचान र पर्यावरणमा सचेत छन् भन्ने कुराको विश्वास दिलाई उनीहरुको उत्पादनलाई समेत बजारहरूमा पहुँच प्राप्त गर्न मद्दत गर्न सक्छ ।
(ञ) ज्ञान बाँडफाँड (Knowledge Sharing): हरित अर्थतन्त्र प्रवर्द्धन गर्न उत्कृष्ट अभ्यास र अनुभवहरू आदानप्रदान गर्न सहकारीहरू बीच ज्ञान साझेदारी र सहयोगलाई प्रोत्साहित गर्नु पर्दछ ।
(ट) रोजगारी सिर्जनाः सहकारीहरूले वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक वृद्धिलाई बढावा दिने स्थानीय, दिगो रोजगारीहरू सिर्जना गर्न सक्छन् । आफ्नो प्रकृति अनुसार, को–अपहरूले सामूहिक स्वामित्व, सामाजिक उत्तरदायित्व, र सामुदायिक संलग्नतालाई जोड दिई सदस्यहरुलाई व्यवसायिक क्रियाकलापहरुमा संलग्न गराई रोजगारीमा सहयोग गर्न सक्छन् ।
दिगो विकास लक्ष्यहरू (SDGs) र तिनीहरूको हरित अर्थतन्त्रसँगको सम्बन्ध
नेपालमा हरित अर्थतन्त्रको बढोत्तरीका परिप्रेक्ष्यमा सहकारी गतिविधिहरूलाई मूलप्रवाहमा ल्याउन सरकार, सहकारी, गैरसरकारी संस्थाहरू र स्थानीय समुदायहरू बीचको दिगो अभ्यासहरू प्रवर्द्धन गर्न र आर्थिक वृद्धि र कल्याणलाई बढावा दिँदै वातावरणीय व्यवस्थापनमा सुधार गर्न सहयोगी प्रयासहरूलाई प्रोत्साहन गर्नुपर्दछ किनकी दिगो विकास लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी र दायित्व पनि सरकारको हुन्छ । जसमा अर्थतन्त्रको तिन खम्बा मध्ये एक सशक्त खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले पनि सरकारले आत्मसाथ गरेको दिगो विकास लक्ष्यलाई सहयोग गर्नुपर्ने हुन्छ । दिगो विकास लक्ष्यहरू (SDGs_ र तिनीहरूको हरित अर्थतन्त्रसँगको सम्बन्धलाई तपशिलका दिगो विकास लक्ष्यहरुले जोड दिन्छ । दिगो विकास लक्ष्यहरू विभिन्न सामाजिक, आर्थिक र वातावरणीय चुनौतिहरूलाई सम्बोधन गर्न संयुक्त राष्ट्र संघले स्थापना गरेका १७ विश्वव्यापी लक्ष्यहरूको सेट हो । यी मध्ये धेरै लक्ष्यहरू हरित अर्थतन्त्रका सिद्धान्तहरूसँग मिल्दोजुल्दो छन्, किनकि तिनीहरूले दिगोपन, वातावरणीय संरक्षण र सबैलाई फाइदा हुने आर्थिक वृद्धिलाई जोड दिएका छन् । धेरै एसडीजीहरू सीधै हरित अर्थतन्त्रसँग सम्बन्धित छन् जुन सहकारी संस्थाको लागि पनि यो उतिकै सम्बन्धीत छन् ।
लक्ष्य ७ः किफायती र स्वच्छ ऊर्जाः– हरित अर्थतन्त्रको एक प्रमुख पक्ष नवीकरणीय र स्वच्छ ऊर्जा स्रोतहरूको प्रयोगलाई बढावा दिन्छ जुन सहकारीको पनि प्राथमिकताको बिषय बन्नु पर्दछ ।
लक्ष्य १२ः जिम्मेवार उपभोग र उत्पादन – हरित अर्थतन्त्रका सिद्धान्तहरूसँग पङ्क्तिबद्ध गर्दै, दिगो स्रोतको प्रयोग र कम फोहोरलाई प्रोत्साहन गर्ने बिषय हो जुन सहकारीले आफ्ना सदस्यहरु मार्फत अघि सार्न सक्नु पर्दछ ।
लक्ष्य १३ः जलवायु कार्य – जलवायु परिवर्तन र यसका प्रभावहरू विरुद्ध लड्ने उपायहरूमा ध्यान केन्द्रित गर्दछ, हरित अर्थतन्त्र पहलहरूको लागि केन्द्रीय चासो हो यसका लागि सहकारी शिक्षा मार्फत आफ्ना सदस्यहरु समक्ष सहकारीले यो बिषयमा सुसुचित गर्नुपर्दछ ।
लक्ष्य १४ः पानी मुनिको जीवन – हरियो र निलो अर्थतन्त्र (सामुद्रिक केन्द्रित) को लागि महत्त्वपूर्ण, समुद्री स्रोतहरूको संरक्षण र दिगो प्रयोगलाई बढावा दिनु पर्दछ किनकी सहकारी संचालनको विश्व व्यापी ट्रिपल पि बटमलाई एप्रोज मध्ये एउटा पिको अर्थ प्लानेट हो जसको सहकारीले पनि उत्तिकै चासो दिने बिषय हो । भने लक्ष्य १५ः भूमिमा जीवन – हरित अर्थतन्त्रको अभिन्न अंग रहेको जैव विविधता संरक्षणलाई समर्थन गर्दै स्थलीय इकोसिस्टमको संरक्षण र पुर्नस्थापना गर्ने लक्ष्य राखिएको छ । SDGs ले सरकार, सहकारी र समुदायहरूलाई थप दिगो र वातावरणमैत्री भविष्यतर्फ काम गर्नको लागि एक रूपरेखा उपलब्ध गराउँछ, जुन हरित अर्थतन्त्रका लक्ष्यहरूसँग घनिष्ट रूपमा जोडिएको छ । यी लक्ष्यहरू प्राप्त गर्नाले थप दिगो र पारिस्थितिक रूपमा उत्तरदायी आर्थिक प्रणालीमा सहकारीले थप योगदान पु-याउन सक्छ ।
सामाजिक कल्याणको साथ आर्थिक विकासको एकीकरण
हरित अर्थतन्त्रको पछिल्लो अवधारणाले जलवायु परिवर्तन र पारिस्थितिक क्षयीकरण (Climate change and ecological degradation) का प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न दिगो र वातावरण मैत्री अभ्यासहरूमा केन्द्रित रहेको पाईन्छ । यसले पारिस्थितिक र सामाजिक कल्याणको साथ आर्थिक विकासको एकीकरणलाई (Economic development with ecological and social well-being) जोड दिन्छ,
जुन तपशिल सिद्धान्तहरू द्वारा निर्देशित हुन्छ जस्तै :
सर्कुलर इकोनोमीः फोहोर कम गर्न र वातावरणीय पदचिह्न कम गर्न स्रोतहरूको पुनः प्रयोग, पुनः प्रयोग, र जिम्मेवार उपभोगलाई प्रवर्द्धन गर्दै।
नवीकरणीय ऊर्जाः कार्बन उत्सर्जन कम गर्न सौर्य, हावा, र जलविद्युत जस्ता स्वच्छ र नवीकरणीय ऊर्जा स्रोतहरूमा संक्रमण ।
दिगो कृषिः पुनरुत्पादक खेती अभ्यासहरूलाई प्रोत्साहित गर्दै, रासायनिक कीटनाशक प्रयोग कम गर्दै, र जैविक र स्थानीय खाद्य उत्पादनलाई बढावा दिन ।
जैविक विविधता संरक्षणः जैविक विविधता र इकोसिस्टम सेवाहरूको सुरक्षा गर्न इकोसिस्टमको संरक्षण र पुनर्स्थापनालाई प्राथमिकता दिने ।
हरित पूर्वाधारः लचिलोपन बढाउन र स्रोत खपत कम गर्न सार्वजनिक यातायात र हरियो भवनहरू जस्ता दिगो पूर्वाधार परियोजनाहरूमा लगानी ।
समावेशी बृद्धिः हरित अर्थतन्त्रका फाइदाहरू न्यायोचित रूपमा वितरण गरिएको सुनिश्चित गर्दै, सामाजिक असमानताहरूलाई सम्बोधन गर्दै र दिगो उद्योगहरूमा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने ।
कार्बन मूल्य निर्धारणः उत्सर्जन घटाउन प्रोत्साहन गर्न र हरित पहलहरू कोष गर्न कार्बन कर वा क्याप–एन्ड–ट्रेड प्रणालीहरू जस्ता संयन्त्रहरू लागू गर्ने । विश्वव्यापी वातावरणीय चुनौतिहरूको सामना गर्न प्रणालीगत परिवर्तन, नीति एकीकरण र अन्तर्राष्ट्रिय सहयोगमा बढ्दो जोडका साथ हरित अर्थतन्त्रको अवधारणा विकसित हुँदैछ यसका लागि सहकारी उक्तम माध्यम र साधनको रुपमा परिचालन हुन सक्नु पर्दछ ।
हरित अर्थतन्त्रलाई आत्मसात गरौँ !
अन्तमा, विश्व अर्थतन्त्रले नेपालको सहकारी क्षेत्रमा ठूलो प्रभाव पारेको छ । सहकारीले देशको आर्थिक र सामाजिक विकासमा विशेष गरी ग्रामीण क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ। समुदायहरूलाई सशक्त बनाउने, रोजगारी सिर्जना गर्ने, र परम्परागत बैंकिङ प्रणालीहरूमा सीमित पहुँच भएकाहरूलाई वित्तीय सेवाहरू उपलब्ध गराउने माध्यमको रूपमा सहकारीको सेव केन्द्रित छन् तर, नेपालको सहकारी क्षेत्रले नियामक मुद्दाहरू, सुशासनको चासो र क्षमता अभिवृद्धिको आवश्यकता लगायत विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । विश्व अर्थतन्त्रमा फस्टाउनका लागि, नेपालका सहकारीहरूले बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूल बनाउन, वित्तीय समावेशीकरणका लागि डिजिटल प्रविधिहरू अंगाले र आफ्नो सञ्चालनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्दछ । नेपालको सहकारीमा दिगो विकास, गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा योगदान पु-याउने क्षमता छ । सहकारी क्षेत्रले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि विश्वव्यापी प्रयासहरूसँग तालमेल गर्दै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, समावेशी वित्तीय सेवाहरूको प्रवद्र्धन र उत्कृष्ट अभ्यासहरूलाई निरन्तरता दिन हरित अर्थतन्त्रलाई आत्मसाथ गरी अघि बढ्नुको विकल्प छैन ।
~प्रकाशप्रसाद पोखरेल
प्रकाशप्रसाद पोखरेल, ग्रामिण अर्थतन्त्रमा सहकारीको प्रभाव, सहकारीता, सहकारी मार्फत व्यवसायिकता र सहकारीको उदयीमान सवालहरुमा रुची राख्ने पोखरेलले सहकारी क्षेत्रमा वि.स. २०५० सालदेखि निरन्तर सहकारी क्षेत्र मा लागिरहेको एक सफल सहकारीकर्मी छन्। वि.स. २०५० मा समुह बचतको प्रर्वद्धन र विभिन्न समुहहरुलाई मर्ज गरी सहकारी निमार्ण र विभिनन संघ संस्था, राष्ट्रिय र अन्तराष्ट्रिय गैससहरुमा समेत सहकारी र उद्यमशिलता क्षेत्रमा निरन्तर कार्यरत रहि लोटश अपरच्युनिटिज, एसएनभि नेपाल, युएस एआईडि, डव्लु डव्लु एफको परियोजनामा, एग्रिटेराको सहयोगमा केन्द्रिय चिया सहकारी संघलाई समेत लाइ विशेषज्ञ सेवा प्रदान गरि सक्नु भएको छ । महिला जागरण संघ इलाममा महिलाहरुको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग जसमा सहकारी र उद्यमशिलता प्रमुख कार्यक्षेत्र रहेको जहाँ उँहाको ७ बर्षको योगदान छ । सहकारीको प्रर्वद्धन, क्ष्मता अभिबृद्धि र बैक र वित्तिय संस्थाहरु समक्ष करीव २०० भन्दा बढी सहकारीहरुलाई वित्तीय पहुँच अभिबृद्धि गराउन ठुलो योगदान छ । रिड नेपालमा ५ बर्षको कार्यकालमा व्यवसाय व्यवसाय विकास अधिकृत र परियोजना प्रवन्धक रहि सहकारी, उद्यमशिलता, विपद् जोखिम न्यूनिकरण र शिक्षा क्षेत्रमा योगदान । नेफ्स्कूनमा नायव प्रमुख कार्यकारी अधिकृत १ बर्ष र प्रमुख कार्यकारी अधिकृत सहित ४ बर्षको सेवा सम्पन्न गरेका, पोखरेलले २ दशकमा सहकारीलाई नै प्रमुख कार्यक्षेत्र बनाई उक्त समयमा नेपालमा ७०० भन्दा बढी सहकारीको निमार्ण, प्रर्वद्धन, विभिन्न तालिम सहजीकरण, वित्तीय पहुँच मा सहयोग गरेका छन् । सहकारीको व्यवसायिकता, सुशासन अभिबृद्धि र रणनीतिक व्यवसायिक योजना निर्माणमा विशेषज्ञता राख्ने पोखरेलले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका करीव ३०० भन्दा बढी तालिम र अनुभव प्राप्त गरेका छन् भने, जनप्रशासन, व्यवस्थापन संकाय अन्र्तगत एमफिलमा उत्कृष्ठ अंक सहित विशिष्ठ श्रेणीमा र व्यवस्थापन संकाय अन्र्तगत एविएस प्रथम श्रेणीमा शिक्षा प्राप्त गर्नु भएको छ।
What's Your Reaction?






