“सहकारी संकटको जिम्मेवारी नै संचालक समिति हो”-कार्यकारी प्रमुख पराजुली

२०८०-०७-३०
 0  1243
“सहकारी संकटको जिम्मेवारी नै संचालक समिति हो”-कार्यकारी प्रमुख पराजुली

सहकारी क्षेत्रका कुशल सहकारीकर्मी विनोद पराजुली सहकारी क्षेत्रमा १५ वर्ष लामो अनुभव वटुली, हाल कोलिया देवदह बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक पदमा कार्यरत हुनुहुन्छ । हालको अवस्थामा सहकारी सम्वन्धी गलत धारणा आई रहेको अवस्थामा व्यवस्थापक पराजुलीसँग  सहकारीपाना टिमले गरेको कुराकानीको केही अंश :

आर्थिक मन्दीका कारण सवै क्षेत्रहरु प्रभावित भई रहेका छन । अझ यो अवस्थामा सहकारी सम्वन्धी आम मानिसको नकारात्मक धारणा आउनुमा को वढि जिम्मेवार देख्नुहुन्छ ?

वर्तमान परिवेशमा सहकारी सम्बन्धी आम मानिसको नकारात्मक धारणा आउनुमा सञ्चालक समितिको काम कर्तव्य र अधिकार सम्बन्धी जानकार नभई व्यवसायीक संस्था बनाई, सञ्चालन गरेका सञ्चालक समितिनै वढी जिम्मेवार हुनुहुन्छ

सहकारी संस्थाले गरेका राम्रा काम धेरै र थोरै संस्थाहरु मात्र समस्यामा परेको अवस्थामा सहकारी सुधारका लागि कस्ले के काम गर्नु पर्दछ ?
सहकारी संस्था आफैमा पनि स्वनियमनकारी संस्था हो । तसर्थ सञ्चालक समितिले सहकारीको विषय बस्तुमा दक्षता हासिल गर्ने र सहकारी के कसरी सञ्चालन भईरहेका छन त्यसको अनुगमन तथा निरीक्षण सरकारी निकायबाट हुनु जरुरी छ । 

यतिवेला सहकारी अभियान अफ्ठेरोमा परेको भन्दै आन्दोलन समेत भई रहेको छ । यसलाई तपाईले कसरी लिनु भएको छ ?
सहकारी अभियान अफ्ठेरोमा परेको भन्दै आन्दोलन गर्नु उचित होइन । सहकारी अपठ्यारोमा पारेको कसले हो पहिला बुझ्नु जरुरी छ । हाम्रा क्रियाकलाप गतिविधिका कारण सहकारीमा समस्या आएको हो, यसलाई यसरी बुझी समस्याको समाधान गर्नु पर्दछ ।  

वचत तथा ऋण सहकारीको अवको रणनीति कस्तो हुनु आवश्यक छ ?
अबको रणनीति भनेको सुझबुझ भएको सञ्चालकमा आउने, सञ्चालक समितिले आफ्नालाई भन्दा क्षमतावानलाई कार्य सम्पादनमा जोडने र समय समयमा तत् तत् निकायमा रहेका सहकारीलाई अनुगमनको विषयमा जोड्दै तालिम सञ्चालनमा जोडदिनु पर्दछ । 

अन्त्यमा केही भन्न चाहानु हुन्छ ?
त्यस्तो विषयकेही छैन सहकारीका सदस्य भनेका संस्थाका शेयर सदस्य हुन अर्थात् संस्थाका मालिक हुन मालिकले पनि मेरो संस्थामा के भइरहेको छ, भन्ने कुरा समयसमयमा  बुझ्ने प्रयत्न गर्ने र सञ्चालक समिति र कार्य सम्पादनमा जोडिएका कर्मचारीहरूले यो पैसा भनेका शेयर सदस्यको पैसा हो हाम्रो हाईन भन्ने बुझाई भयो भने समस्या कम देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता