सहकारीहरुलाई राष्ट्रिय योजना आयोगको स्वेतपत्र
सहाकारी पाना । हाल सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगले सुधार,सुझाव कार्यान्वयन गरी सहकारी...

सहाकारी पाना । हाल सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगले सुधार,सुझाव कार्यान्वयन गरी सहकारी क्षेत्रलाई सुशासन कायम गर्नका लागि निर्देशन जारी गरेको छ ।
राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित उक्त सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वयन गरी सहकारी क्षेत्रमा सुशासन कायम गर्नका लागि विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने सबै सहकारी संस्थाहरुले तपसिल बमोजिम गर्नु गराउनुहुन सहकारी नियमावलीले दिएको अधिकार प्रयोग गरीने भनि उक्त निर्देश जारी गरेको हो ।
स्वेतपत्र जारी गर्ने सबै सहकारी संघसंस्थाहरुले यही मंसिर मसान्तभित्र संस्थाको बचत दायित्व, लगानी तथा सम्पत्ती लगायतका वित्तीय विवरण समेटिएको स्वेतपत्र जारी गरी विभागमा पेश गर्ने जनाएको छ ।
What's Your Reaction?






