नेफ्स्कुनको नयाँ नेतृत्व चयन , पार्टीलाइन भन्दा माथि उठेर अभियान पुनर्जागरणमा भोट !

बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रिय संघ (NEFSCUN) को ३२ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। सहकारी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यस संघको निर्वाचनमा सहकारी संघ संस्थाका प्रतिनिधिहरूले पार्टीको आदेशभन्दा माथि उठेर सहकारी अभियानलाइ पुनर्जागरण र नया दिशा दिन सक्ने ब्यक्तिहरू लाइ भोट गरेको देखिन्छ। सहकारीमा पार्टी भन्दा अभियान को बर्चस्वहुने संकेतपनि देखिएको छ।
नेफ्स्कुनमा निर्वाचित नयाँ सञ्चालक समितिले संघ र संस्थाहरूको उन्नति प्रगतिको साथ साथै अहिले देखिएको सहकारी समस्या समाधान गर्ने आम सहकारी संस्थाहरूको बुझाई छ।
सहकारी संस्थाको हितमा काम गरि एक उदाहरणीय नेफुस्कुन सञ्चालकको नाम राखी सहकारी अभियानलाई मजबुत बनाउन निर्वाचित सञ्चालक समितिलाई सहकारी पाना टिम हार्दिक बधाई दिन चाहन्छ ।
What's Your Reaction?






