अव कोशी प्रदेशमा अफलाइन सफ्टवेयर चलाउन नपाइने
सहकारी पाना : सहकारी संस्थाहरुले संस्थाको वित्तिय व्यवस्थापनका लागि प्रयोग गरि रहेका सहकारी सफ्टवेयर अव अफलाइनमा चलाउन...

सहकारी पाना : कोशी प्रदेशमा सहकारी संस्थाहरुले संस्थाको वित्तिय व्यवस्थापनका लागि प्रयोग गरि रहेका सहकारी सफ्टवेयर अव अफलाइनमा चलाउन नपाउने भएको छ।
सहकारी संस्थाहरुले प्रयोग गरिरहेका सफ्टवेयर अफलाइन चलाउँदा त्यसको सम्पुर्ण स्वामित्व सहकारी संस्थामा मात्र रहने र संस्थाले कुनै अवैध काम गरे उक्त सफ्टवेयरको डाटा लुकाउने सच्याउने काम गर्ने सम्भावना रहेको साथै हिसाव हेर्न नसकिने। अनलाइन प्रयोग गरेमा रजिष्ट्रार कार्यालयलाई आवश्यक परेको वखतमा उक्त सफ्टवेयर प्रदायक कम्पनीसँग उक्त संस्थाको हिसाव माग्न सकिने भएकोले अव उपरान्त अफलाइन सफ्टवेयर प्रयोग गर्न रोक लगाउने तयारी भई रहेको छ।
रेडियो नेपाल वाणी एफ.एमको एक सहकारी कार्यक्रममा बोल्दै कोशी प्रदेश रजिष्ट्रार हरि वहादुर खत्रीले उक्त जानकारी गराउनु भएको हो। कोशी प्रदेश भित्र सञ्चालनमा रहेका सहकारी सफ्टवेयर प्रदायक कम्पनीहरुलाई सूचीकरण गरिन लागेको र सूचीबद्ध भएका सफ्टवेयर ऐन कानुन विपरित भए सुधार गर्न लगाउने र संस्थालाई कानुन बमोजिम सञ्चालन गर्न लागिएको कुरा पनि रजिष्ट्रार खत्रीले बताउनु भएको छ।
अव कोशी प्रदेशमा कानुन बमोजिमका सूचीबद्ध भएका सफ्टवेयर मात्र प्रयोग गर्न पाइने भएकोले। सहकारी सफ्टवेयरले नै ऐन कानुन विपरित काम गर्न नदिए, कानुन विपरित काम गरिरहेको सहकारी संस्थाहरू पनि नियम अनुसार चल्ने छन्। सहकारी विभागले विगत धेरै वर्ष अघिदेखि नै यो कार्य गर्न खोजे पनि हालसम्म कुनै आधिकारिक प्रक्रिया बनाउन नसकेकोले कोशी प्रदेश रजिष्ट्रार कार्यालयले प्रदेशको मन्त्री स्तरीय कार्यालयबाट समन्वय गरी कानुनमा उल्लेख भए बमोजिम प्रक्रिया सुरु गरेको,” उहाँले पुनः बनाउनु भएको थियो।
What's Your Reaction?






