शहर केन्द्रित वचत तथा ऋण सहकारी तथा सेवा केन्द्र खोल्न रोक 

२०८०-०८-०८
 0  103
शहर केन्द्रित वचत तथा ऋण सहकारी तथा सेवा केन्द्र खोल्न रोक 

नेपालमा ठुलो सङ्ख्यामा रहेको बचत तथा ऋण को मुख्य कारोबार गर्ने संस्थाहरूले नया सहर केन्द्रित वचत तथा ऋण सहकारी तथा सेवा केन्द्र खोल्नसेवा केन्द्र खोल्ने स्वीकृत नपाउने भएका छन । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागले मंसिर ७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ : देशभर ठूलो सङ्ख्यामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूबाट पछिल्लो समयमा ठूला ठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्तिमा वृद्धि हुँदै गई सहकारी संस्थाका सदस्य तथा बचतकर्ताहरूको बचत फिर्ता हुन नसकी सहकारी संस्थाहरूमा गम्भीर समस्या सिर्जना हुन गएको र यसबाट समग्र सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले यस क्षेत्रको समस्या समाधानको लागि अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाईएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता