सहारा नेपाल साकोसको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ प्रधानाङ्गलाई
सहकारी क्षेत्रको वृद्धि विकासमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय व्यक्तित्वलाई सहाराले हरेक दुई/दुई वर्षको यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ ।

काठमाडौं । झापा चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्षसमेत रहनुभएका सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । कात्तिक १८ गते हुने साधारणसभाको बैठक माइन्यूट प्रमाणीकरण सभामा सम्मान प्रदान गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
सहकारी क्षेत्रको वृद्धि विकासमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय व्यक्तित्वलाई सहाराले हरेक दुई/दुई वर्षको यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ ।
सहाराले २०७६ सालदेखि ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ प्रदान गर्न सुरु गरेको हो । पहिलो सम्मान लघुवित्त विज्ञ शंकरमान श्रेष्ठलाई र दोस्रो सम्मान राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रदान बडाललाई प्रदान गरिएको सिइओ गिरीले बताउनुभयो ।
सहारा साकोसले राष्ट्रिय व्यक्तित्व सम्मानका अलावा प्रोफेसर मुहमद युनुसु लघुवित्त उद्यमी पुरस्कार समेत प्रदान गर्दै आएको छ । लघुवित्तमार्फत सफल उद्यमीलाई प्रदान गर्ने पुरस्कारको राशी ५ सय अमेरिकी डलर रहेको छ ।
एक लाख ५८ हजार सदस्य रहेको सहकारीले २०८० असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड रुपैयाँ बचत संकलन गरी ११ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड र जगेडा कोषमा एक अर्ब २३ करोड रहेको छ ।
What's Your Reaction?






