गाँउकै सहकारीले महिला उद्यमीका बेचे २ करोडका खसी बोका
बागलुङ । पहिले पहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने चलन थिएन र जादैन पनि थिए । तर अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न...

बागलुङ । पहिले पहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने चलन थिएन र जादैन पनि थिए । तर अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न थालेका छन् , जसका कारण महिला पनि विदेश जान उत्साहि देखिएका छन । यसरी युवा युवतीहरु विदेशीय पछि गाउँ रित्तिने जोखिम बढेकामा बागलुङ ढोरपाटनका स्थानीय जनताहरु चिन्तित छन् ।
उक्त जिल्लाका गाउँदेखि बजारसम्मका अधिकांश युवाशक्ति विदेश पलायनले अधिकांश गाउँ शून्य बन्दै गएका छन् । तर केही महिलाहरुले भने गाउँमै बसेर सहकारीहरुको मदतले उद्यम गर्नुका साथै गाँउदेखि मुलुक सम्मकै अर्थतन्त्रलाई बलियो बनाउदै आएका छन ।
त्यसमध्ये काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला पनि पर्छन् । उनीहरुका श्रीमान् र छोराछोरी विदेशमा छन् । विदेशबाट पठाउने रेमिट्र्यान्सभन्दा बढी महिलाले गाउँमै खसीबोका बेचेर प्रसस्त आम्दानी गर्दै आएका छन् ।
सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारी गरी यस गाउँमा दुई सहकारी छन् । त्यसमा आवद्ध भएर महिलाले खसीबोका पालन गरी सहकारीमार्फत बिक्री वितरण गर्ने गरेका छन् ।
गाउँका धेरै महिला सहकारीमा आवद्ध भएर सामाजिक काममा समेत अग्रसर बन्दै आएका छन् । तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन् । गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका बिक्री हुन्छ ।
तङ्ग्राम गाउँमा रहेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक रू. दुई करोड चार लाख र वसन्त सहकारीले रू दुई करोड १० लाखको खसीबोका बेच्ने गरेका छन् ।
सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले यही दशैमा मात्र ६ सय खसी बोका भन्दा बढी बेचिसकेको र तिहारमा पनि त्यसरीनै त्रिकी वितरण गर्ने र त्यसका साथै यस सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० खसीबोका बिक्री हुने भन्दै वार्षिक एक हजार तीन सय २० भन्दा बढी बिक्री गर्दै आएको सहकारीकी सहप्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो ।
यहाँ हरेक महिना खसी बोका उत्पादन हुन्छन् । बजार पनि गाउ अन’सार ठिकै छ । यहाँका दिदी बहिनीहरु ऋाफ्नो आम्दानीमा खुसी छन । गाउमा बसेर उनीहरु सफल उद्यमी बन्न रुचाउँछन । उनीहरुकै मेहनत, आत्मविश्वास र आफ्नो पेशाप्रति प्रतिबद्धले गरेको यस पेशाबाट सहकारीले वार्षिक करिब रू २ करोड ४ लाख ४० हजारको खसीबोका बिक्री गरिरहेको छ । यहाँका महिला अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बन्दै आएका छन् । विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा नरहेको कुरा पुनले बताउनुभयो ।
गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको कुरा वसन्त सहकारीकी प्रबन्धक हेमा विक बताउँनुहुन्छ । यस सहरकारीले दसैँ पछाडि तिहारका लागि पनि ६ सय बढी बोका खसी बेच्नका लागि तयार गरेको र विशेष गरी भदौ, असोज र कात्तिकमा उक्त सङ्ख्यामा खसीबोका बेच्ने लक्ष्यका साथ काम गरिने विकले जानकारी दिनुभयो।
सहकारीमार्फत हरेक महिना १ सय देखि १ सय ५० सम्म खसीबोका बिक्री गर्ने भन्दै वार्षिक १ हजार ५ सय वटासम्म बिक्री हुने र सहकारीमार्फत वार्षिक २ करोड १० लाख रुपैयाँ भन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको छ । गाउँमा उत्पादन हुने खसीबोका सहकारीमार्फत बेच्ने गरेका छौँ । एउटै परिवारबाट कम्तीमा पनि ५ देखि ७ वटा खसीबोका बेच्ने गरेका छौँ । सहप्रबन्धक पुनले जानकारी दिनुभयो ।
What's Your Reaction?






