यो काउन्टडाउन केवल दिन गन्ने प्रयास होइन,
यो हजारौं बचतकर्ताको आशा र प्रतीक्षाको कथा हो।
समस्याग्रस्त सहकारीमा राखिएको पैसा धेरैका लागि जीवनभरको कमाइ हो—
छोराछोरीको पढाइ, उपचार, भविष्यको भरोसा।
'वाचा पत्र' को बुँदा ३२ मा सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता सुरु गर्ने वाचा गरेको छ।
हामी यही वाचालाई बिर्सन नदिन यो काउन्टडाउन सुरु गरेका हौं—
१००, ९९, ९८… यो केवल समय होइन,
प्रत्येक दिन कसैको आशा, चिन्ता र प्रतीक्षासँग जोडिएको छ।
अब दिन बाँकी
जबसम्म रकम फिर्ता सुरु हुँदैन, यो गन्ती चलिरहन्छ।
र जुन दिन बचतकर्ताले आफ्नो पैसा फिर्ता पाउँछन्,
त्यो दिन हामी सबैले सँगै सास फेर्नेछौं—र धन्यवाद पनि भन्नेछौं।
नयाँ कानुन, मापदण्ड र निर्देशन एकपछि अर्को जारी हुँदा सहकारी संस्थाहरूलाई त्यसको...
सहकारी संस्थाले सदस्यलाई दिने ऋणको अधिकतम सन्दर्भ ब्याजदर असोज १ गतेदेखि १३ प्रत...
सदस्यहरूलाई विभिन्न प्रलोभन देखाएर महँगो ब्याजमा लगानी गर्ने र संस्थाको वास्तविक...