इमेज सहकारीका कोषाध्यक्ष सुनार जेल चलान
सहकारी पाना। इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् ।

सहकारी पाना। इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् ।
संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जिल्ला अदालत बागलुङको आदेश अनुसार जेल चलान गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निसीखोला गाउँपालिका–३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट गत बिहीबार बेलुकी पक्राउ गरेको थियो । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने फरार छन् ।
सोही मुद्दामासहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।
What's Your Reaction?






