समस्याग्रस्त सहकारीका बचतकर्तालाई अनलाइनमार्फत दाबी पेश गर्न आह्वान
बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका बचतकर्ता, सदस्य र साहूहरूलाई आफ्नो दाबी रकम अनलाइनमार्फत पेश गर्न आग्रह गरेको छ। सूचनाअनुसार दाबी आवेदन बागमती प्रदेश सहकारी ऐन, २०७६ बमोजिम ३० दिनभित्र बुझाउनुपर्नेछ।
बागमती प्रदेश सरकार अन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारी संस्थाका बचतकर्ता, सदस्य तथा साहूहरूलाई आफ्नो बचत तथा दाबी रकम अनलाइनमार्फत पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ।
समितिले पुनः प्रकाशित गरेको सूचनाअनुसार बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ५१ बमोजिम समस्याग्रस्त घोषणा गरिएका तथा दफा ५२ बमोजिम समितिको व्यवस्थापनमा आएका सहकारी संस्थाका बचतकर्ता, सदस्य र साहूहरूले आफूले पाउनुपर्ने रकमको दाबी पेश गर्न सक्नेछन्। समितिले सूचना प्रकाशित भएको मितिबाट ३० दिनभित्र अनलाइनमार्फत दाबी आवेदन दिन आग्रह गरेको छ।
What's Your Reaction?


