लेखापरिक्षकलाई सूचिकृत गर्ने सहकारी विभागको योजनामा आईक्यानको चूनौति
काठमाडौं । सूचिकृत लेखापरिक्षकबाट मात्र सहकारी संस्थाहरुको लेखापरिक्षण गराउने संघिय सहकारी विभागको योजनालाई लेखापरिक्षकको

काठमाडौं । सूचिकृत लेखापरिक्षकबाट मात्र सहकारी संस्थाहरुको लेखापरिक्षण गराउने संघिय सहकारी विभागको योजनालाई लेखापरिक्षकको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले चूनौति दिएको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले लेखापरिक्षकहरुको सूचिकरण गर्ने सुझाव दिएसँगै आइक्यानले पनि सार्वननिक सूचना जारी गरी कुनै पनि निकायमा सूचिकृत नहुन लेखापरिक्षकहरुलाई निर्देशन दिएको हो ।
आइक्यानबाट पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरु बाट सम्पादन गरिने लेखा, लेखापरीक्षण वा लेखाव्यवसायसँग सम्बन्धित कुनै पनि कार्य गर्न कुनै पनि निकायमा सूचीकरण गर्नु नपर्ने व्यवस्था रहेको उल्लेख गर्दै पेशागत सदस्यहरुले लेखापरीक्षण वा अन्य लेखाव्यवसाय गर्नको लागि विभिन्न निकायमा सूचीकृत हुनु पर्ने व्यवस्था व्यवहारिक समेत नहुने स्पष्ट पारेको हो । लेखापरिक्षकले शुल्क वा रकम तिरी वा नतिरी ‘सूचीकृत’ भए गरेको पाईएमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३, नेपाल चार्टड एकाउन्टेन्ट्स नियमावली २०६१ र लेखापरीक्षण सम्बन्धी आचार संहिताको पालना नगरेकोमा आवश्यक कारबाही हुने आईक्यानका कार्यकारी निर्देशक संजय कुमार सिन्हाले बताउनुभयो । तर, कुनै पनि प्रकारको शुल्क वा दस्तुर नतिरी सम्बन्धित निकायबाट लेखापरीक्षण वा अन्य लेखाव्यवसाय सम्बन्धी कार्यको लागि आशयपत्र माग भएमा आफ्नो प्रस्ताव पेश गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
समस्याग्रस्त सहकारीहरुको अध्ययन गर्दा कतिपय संस्थामा लेखापरिक्षकको पनि बदमासी भेटिएकाले उनीहरुलाई व्यस्थित गर्नका सूचिकृत गर्न सुझाव दिइएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो । तर, यसलाई कार्यान्वयनको जिम्मेवारी भने सहकारी रजिष्ट्रार कार्यालयहरुको रहेकाले उनीहरुले निर्देशन जारी गर्नसक्ने उहाँको भनाई छ ।
अहिलेसम्म संघिय सहकारी विभागले भने लेखापरिक्षक सुचिकरणका लागि सूचना जारी गरेको छैन । यसबारे अझै छलफल मात्र भइरहेको विभाग स्रोतले बताएको छ ।
What's Your Reaction?






