समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना दिन आग्रह
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ। बचत रकम वा सम्पत्ति लुकाएको जानकारी भए कार्यालयमा सूचना दिन आग्रह गर्दै सञ्चालकहरूलाई दायित्व व्यवस्थापन र बचत फिर्ता प्रक्रियामा सहयोग गर्न निर्देशन दिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको विवरणमा त्रुटि वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित व्यक्तिलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
समितिले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको जानकारी भए सूचना उपलब्ध गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ। साथै सम्बन्धित सहकारीका सञ्चालकहरूलाई दायित्व व्यवस्थापन, ऋण असुली, सम्पत्ति पहिचान तथा बचत फिर्ता प्रक्रियामा आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ। सहयोग नगरे प्रचलित कानुनअनुसार कारबाही हुने समितिले जनाएको छ।
What's Your Reaction?

admin
