नेचुरल सहकारीलाई पिपल्स लाईफ केयर अस्पतालले उपचारमा छुट दिने

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पिपुल्स लाईफ केयर अस्पताल, शंखरापुर साँखुबीच नेचुरल सहकारीमा आवद्ध सदस्यहरुलाई अस्पतालले..

२०८०-०६-१७
 0  21
नेचुरल सहकारीलाई पिपल्स लाईफ केयर अस्पतालले उपचारमा छुट दिने

सहकारी पाना । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पिपुल्स लाईफ केयर अस्पताल, शंखरापुर साँखुबीच नेचुरल सहकारीमा आवद्ध सदस्यहरुलाई अस्पतालले दिने सुविधाहरुमा २० प्रतिशत छुट दिने उदेश्यले सम्झौता भएको छ ।

सम्झैता अनुसार नेचुरल सहकारीमा रहेका सदस्यहरुलाई अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधाहरुमा छुट दिनेका साँथै सहकारी संस्थाले जारी गरेको सदस्यता परिचयपत्र, सदस्यता प्रमाणपत्र वा सिफारीसमाको आधारमा अस्पताले प्रदान गर्ने सेवामा विशेष छुट प्रदान गर्नेछ ।

आईतबार सम्पन्न भएको उक्त कार्यक्रममा नेचुरल सहकारीको तर्फबाट प्रमुख कार्यकारी विकल्प पाठक र अस्पतालको तर्फबाट प्रमुख डा. राजन लुईटेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार, अस्पतालले बिशेष सेवा, इमरजेन्सी सेवा, भिडियो एक्सरे–रे, एक्सरे–रे, ल्याब, इ.सी.जी., बिरामी भर्ना, प्रसुति सेवा, परिवार नियोजना कपर्टी र जेनरल ओ.पी.डी.मा २० प्रतिशत छुर र फार्मेसीमा ७ प्रतिशत छुट दिने छ । 

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाले यस अघि पनि काठमाडौंका विभिन्न अस्पतालसँग सहकार्य गरी सदस्यहरुलाई छुट प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता