“अव नयाँ सहकारी दर्ता गर्न दिदैनौ” -मन्त्री पुकार मर्हजन 

सहकारी पाना । प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा जिल्ला सहकारी संघ काभ्रेले आफ्नो..

२०८०-०५-२८
 0  45
“अव नयाँ सहकारी दर्ता गर्न दिदैनौ” -मन्त्री पुकार मर्हजन 

सहकारी पाना । प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा जिल्ला सहकारी संघ काभ्रेले आफ्नो स्थापनाको ५६ औं बर्ष तथा ४२ औं बार्षिक साधारण सभा  सम्पन्न गरेको छ । 
“बागमती प्रदेशभित्र अब कुनै  नयाँ सहकारी दर्ता नहुने र मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवाला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको कुरा उक्त कार्यक्रममा मन्त्री महर्जनले बताउँनुभयो ।  
यसै क्रममा उहाँले बताउँनुभयो, “परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ । र अहिलेको स्थीतिमा  नयाँ सहकारी दर्ता भएका पनि छैनन । तर पनि सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्या ग्रस्त भएकोबारे उजुरी तथा निवेदनहरु मन्त्रलायमा आइरहेका छन ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतम बिशिष्ट अतिथीको रुपमा सहभागिता  रहेको थियो । 

समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई दुःख दिएको र गलत गरेको पाइए कडा कारबाही गर्छौं । र  सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्दछौ । उहाँले बताउँनुभयो ।
उक्त कार्यक्रममा करिव ३०० जना प्रतिनीधिहरु रहेको सहभागिता रहेको उक्त साधारणसभामा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, वडा अध्यक्ष हिटलर शाक्य, स्थिरिकरण कोष सञ्चालक सदस्य प्रकाश बन्जरा,बागती  प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बिषयगत संघका अध्यक्ष तथा प्रतिनीधिहरु, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायतको सहभागिता रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता