सहकारी विरूद्ध ६ हजार उजुरीमा कारवाहीको आवश्यकता 

सहकारी पाना । काठमाडौ महानगर पालिकाको सहकारी विभागले सहकारी संस्थाविरूद्ध हालसम्म ६ हजारभन्दा बढी उजुरी परेको जनाएको छ...

२०८०-०६-०७
 0  34
सहकारी विरूद्ध ६ हजार उजुरीमा कारवाहीको आवश्यकता 

सहकारी पाना । काठमाडौ महानगर पालिकाको सहकारी विभागले सहकारी संस्थाविरूद्ध हालसम्म ६ हजारभन्दा बढी उजुरी परेको जनाएको छ । यसरी चाङ माथि चाङ उजुरी पर्दा पनि विभागले त्यस्तो केही कारवाही गरेको छैन भन्दा विभागका प्रमुख बलराम त्रिपाठी भन्नुहुन्छ, “२२४ वटा सहकारीमा उजुरी परेको हो । महानगरबाट अहिलेसम्म ७२ वटालाई कारवाहीका लागि प्रहरीमा पठाइएको छ । कारवाही पनि हुदैछ ।”  

 महानगरका सहकारी विभागकी उपनिर्देशक विमला कोइरालाले आवश्यक समन्वय नहुँदा  त्यस्ता उजुरीमाथि कारवाही प्रभावकारी नभएको बताउनु भएको छ । सहकारीमा समस्या परेपछि सम्पत्ति रोक्का गर्न मालपोत कार्यालयलाई लेखेर पठाउने गरिएको छ तर कुनै कार्यालयले पत्रबमोजिम गर्छन् कसैले मान्दैनन उहाँले पुन थप्नुभयो ।

महानगर मातहतमा हस्तान्तर र नयाँ दर्ता गरी १ हजार ९५३ वटा सहकारी संस्था छन् । काठमाडौं महानगरले २०७४ साल अघि नै सहकारी ऐन जारी गरिसकेको थियो ।
काठमाडौं महानगरमा १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, ३ वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमूलक सहकारी, २ वटा शिक्षा सहकारी छन् । 

सहकारीहरु संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने जस्तो समस्या देखिएको कुरा सहकारी विभागका उपरजिष्रामसर टोलराज उपाध्यायले बताउँनुभएको छ ।
ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने जस्ता कारणले सहकारीमा यस्तो समस्या देखिएको कुरा उहाँले पुन बताउँनुभयो । 

 महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, सहकारी क्षेत्रको नियमनका लागि महानगरपालिकाले तत्काल काम गर्ने छ । र सहकारी सबै खराब छैनन् अनि ऋणी पनि सबै खराब होइनन् । आज राम्रो भएको सँधै राम्रै भइरहन्छ भन्ने पनि होइन । यी सबै विषयमा निगरानी गर्न नियामक निकाय अहिले चाहिएको छ । 

तर काठमाडौं महानगरपालिका भित्र आएको सहकारी विरुद्धको उजुरी फछ्र्यौट नहुँदा बचतर्कताहरुको गुनासो झन बढ्न गएको सहकारी विभागले नै जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता