सामूदायिक बचत र ज्योति बहुउद्देश्यीय एकीकरण हुँदै , ५ अर्ब ८८ करोडको संस्था बन्ने
काठमाडौं । काभ्रे जिल्लामा मुख्य कार्यालय रहेका सामुदायिक बचत तथा ऋण सहकारी संस्था र ज्योति बहुउदेश्यीय सहकारी संस्थाबीच एकीकरणको हुने भएको छ । दुबै संस्थाबीच आगामी मंसिरभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्यका साथ मंगलबार एकीकरणका लागि सम्झौता भएको हो ।
सामुदायिक सहकारीमा यसअघि नै १० वटा सहकारी एकीकरण भइसकेको छ । अब ज्योती बहुउद्देश्यीय पनि एकीकरण भएसँगै बन्ने संस्थाको वासलातको आकार ५ अर्ब ८८ करोड रुपैयाँ पुग्ने सामुदायिकका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयाे ।
एकीकृत संस्थामा शेयर सदस्य संख्या ५८ हजार १४६ पुग्नेछन् । यसैगरी शेयर पुँजी ४६ करोड ९१ लाख रुपैयाँ, बचत ४ अर्ब ४ करोड पुग्नेछ । यसैगरी एकीकृत संस्थाको जगेडा कोष ४३ करोड ९५ लाख, अन्य कोषहरु १९ करोड ३१ लाख रुपैयाँ हुनेछ ।
एकीकरण सम्झौतापश्चात बोल्दै एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताउनुभयो । यो एकीकरणको नेपालका समुदायमा आधारित सहकारी संस्थाहरु मध्येको सबैभन्दा ठूलो भएको उहाँले दाबी गर्नुभयो ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलीप शर्माले एकीकृत संस्था वागमती प्रदेशकै ठूलाे संस्था हुने दाबी गर्नुभयाे ।
What's Your Reaction?


