चाडपर्व बचतको महत्व

सहकारी पाना । सहकारी संस्थाहरुले नेपालीहरुले मनाउने विभिन्न चाडपर्व लक्षित उत्पादनहरुको प्रस्तुती गरेको पाइन्छ । संस्थाहरुले लक्षित...

२०८०-०७-२९
 0  217
चाडपर्व बचतको महत्व

सहकारी पाना । सहकारी संस्थाहरुले नेपालीहरुले मनाउने विभिन्न चाडपर्व लक्षित उत्पादनहरुको प्रस्तुती गरेको पाइन्छ । संस्थाहरुले लक्षित वर्गहरुका लागि भनि वचतका उत्पादनहरु सदस्यहरुले वुझ्न नसकेर वा संस्थाले वुझाउन नसकेर हो जसमा सदस्यहरुको उत्कृष्ट सहभागि भने देखिदैन ।  यदि सदस्यहरुलाई संस्थाले वा सदस्य आफैले यस्ता उत्पादनको महत्व वुझ्न वुझाउन सकेमा सदस्यको जिवन स्तर विस्तारै सहज हुदै जाने देखिन्छ । चाडपर्व बचत, चाडपर्व र विशेष अवसरसँग सम्वन्धित खर्चहरुलाई कभर गर्न क्रमिकरुपमा पैसा छुट्टयाउने अभ्यासलाई जनाउँदछ । पर्वहरु मनाउन आवश्यक रकम छ भनी सुनिश्चित गर्न मद्त गर्दछ ।

चाडपर्व वचत एक निश्चित उदेश्यपूर्ण बचत भएकोले तपाइहरुले मान्ने विभिन्न पर्व लगायत सांस्कृतिक उत्सवहरु जस्ता विशेष चाडपर्वहरुका लागि नियमित वचत गरि व्याक्तिगत छुट्टै वचतखातामा साप्ताहिक, पाक्षिक, मासिक वचत गरि चाडपर्वको लागि योगदान गर्न सकिनेछ ।

चाडपर्वहरु प्रायः खाना, उपहार, सजावट, र यात्राहरु सम्वन्धित खर्चहरु समावेश भएका हुन्छन् । अग्रिम वचतले सदस्यहरुको चाडपर्व तनाव विना वा ऋणको सहारा विना मनाउँन सकिने भएकोले चाडपर्वले तनाव कम गर्ने र सांस्कृतिक र सामाजिक उत्सवहरुमा पुर्ण रुपमा रमाइलो गर्न सहभागी हुन सकिन्छ । चाडपर्व वचत एक वहुमुल्य वित्तीय अभ्यास हो जसले सुरक्षा र मानशिक शान्ति समेत दिने छ । चाडपर्व वचत यस कारण पनि महत्वपुर्ण छन ।

आर्थिक तयारी : चाडपर्वहरु एक निश्चित समयमा आउने भएकोले तपाईले पुर्ण समय आर्थिक तयारीमा लाग्नसक्नु हुनेछ । जसरी एकै गोजिमा राखिएको पैसा खर्च हुन्छ त्यसरी भिन्ना भिन्न खोजिमा राखिएका पैसा वच्ने सम्भावना वढि हुन्छ । त्यसैले आउने चाडपर्वको लागि आम्दिानीको केहि प्रतिशत छुट्टाउने र वचत गर्दै जाने अभ्यास गर्नुपर्दछ ।
ऋणवाट वच्ने : चाडपर्व मानाउदा ऋण लिनु पर्ने जुन वाध्यता छ त्यसलाई कम गर्न चाडपर्व वचत एक मात्र विकल्प हुनुसक्दछ । केहि प्रतिशत मात्र वचत गर्न सकियो भने पनि ऋणको उच्च व्याजका कारण लामो समय सम्म आर्थिक हानीहुनवाट यस्तो वचतले सहयोग गर्दछ ।
कम तनाव : ऋण लिई मनाइने चाडपर्वले आर्थिक तनाव उत्पन्न गर्दछ । चाडपर्व मनाउदा खुलेर मनाउन वा मनमा उत्साह कम हुने भएकोले चार्डपर्व लक्षित वचत मार्फत पर्व मानउदा तनाव कम भइ स्वस्थ्य रहन समेत मदत गर्दछ ।

चाडपर्व वचत भनेको पैसा जम्मा गर्नु मात्र नभई विशेष अवसहरुमा परम्पराहरु संरक्षण गर्नु, तनाव कम गर्नुका साथै चाडपर्व आयो ऋण वोकाएर गयो भन्ने चिन्ता पनि कम गर्नु हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता