सहकारी प्रदेश रजिष्टार कार्यालय कोशि प्रदेशको सुचना

प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालले आफ्नो नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुलाई सूचना जारी गरेको छ ।

२०८०-०९-२३
 1  1287

सुचनामा भनिएको छ : यस कार्यालयबाट मिति २०८०/०८/१७ गते जारी निर्देशन अनुसार यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुले २०८० साल मंसिर मसान्तभित्र यस कार्यालयमा पेश गरिसक्नुपर्ने स्वेतपत्र, बचत फिर्ता कार्ययोजना कतिपय सहकारी संस्थाहरुबाट प्राप्त हुन नआएको देखिएकाले तोकिएको समयभित्रै उक्त विवरणहरु पेश नगर्ने सहकारी संस्थाहरुले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरण सहित पौष मसान्तभित्र उल्लेखित सम्पूर्ण विवरणहरु पेश गर्नुहुन सूचित गरिन्छ ।  अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ । भनि सुचना लिकालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता