सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी मापदण्ड जारी

एनसीआरएले बचत–ऋण सहकारीका सञ्चालक, व्यवस्थापन र वास्तविक हिताधिकारीको विवरण नियमित अद्यावधिक गर्न निर्देशन दिएको छ। ठूलो शेयर लगानी तथा हिताधिकारी परिवर्तनको जानकारी पनि अनिवार्य रूपमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

२०८३-०३-१२
 0  55
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी मापदण्ड जारी

राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नियामकीय मापदण्ड (दोस्रो संशोधन)–२०८२ अनुसार सञ्चालक, उच्च व्यवस्थापन तथा वास्तविक हिताधिकारीसम्बन्धी विवरण नियमित अद्यावधिक गर्न निर्देशन जारी गरेको छ।

प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा १०३ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै जारी गरेको निर्देशनअनुसार सम्बन्धित व्यक्तिले नेपाल वा विदेशमा लिएको ऋणको अवस्था, अदालत वा अन्य निकायमा विचाराधीन मुद्दा, अनुसन्धान तथा प्रशासनिक कारबाही, कर तथा राजस्व बक्यौता, कालोसूचीमा परेको वा नपरेको अवस्था, स्वास्थ्यसम्बन्धी जोखिम, विदेशस्थित सम्पत्ति तथा वित्तीय आचरण सम्बन्धी विवरणसमेत अभिलेखमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, सहकारी संस्थाले दर्ता अनुमति वा इजाजतपत्रका लागि निवेदन दिँदा चुक्ता पुँजीको पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको शेयर वा पूँजी लगानी गर्ने व्यक्तिको विवरण प्राधिकरणमा पेश गर्नुपर्नेछ। साथै, संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पदमा नियुक्ति वा मनोनयन गर्दा तथा पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढी शेयर वा पूँजीमा वास्तविक धनी वा हिताधिकारी परिवर्तन भएमा पनि सोको जानकारी प्राधिकरणलाई दिनुपर्ने व्यवस्था गरिएको छ।

English Summary:

Nepal's National Cooperative Regulatory Authority (NCRA) has directed savings and credit cooperatives to regularly update the details of their directors, senior management, and beneficial owners under the Regulatory Standards (Second Amendment)–2082 to strengthen anti-money laundering (AML) compliance.

The directive also requires cooperatives to maintain records of loans, legal cases, investigations, tax liabilities, blacklisting status, health-related risks, overseas assets, and financial conduct. In addition, details of individuals investing more than 5% or NPR 5 million in share capital, as well as any changes in beneficial ownership or key management positions, must be reported to the NCRA.

*Image generated by AI.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow