लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त

सहकारी पाना। एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त हुनुभएको छ । उक्त निर्णय सञ्चालक समितिको शुक्रबार...

२०८०-०६-०५
 0  16
लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त

सहकारी पाना। एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त हुनुभएको छ । उक्त निर्णय सञ्चालक समितिको शुक्रबार बसेको १८४औँ बैठकबाट पारित गरिएको हो । पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजीनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेको कम्पनीले जनाएको छ ।

यस अघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालि रहेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता