कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयबाट सफ्टवेयर सूचिकृत कार्य सम्पन्न ( लिस्ट सहित )

रजिष्ट्रार कार्यालयले सूचीकृतका लागि सफ्टवेयरहरूको डेमो हेरी विभिन्न सरोकारवालासँग छलफल गरि सूचिकृत भएको कम्पनीहरूको नाम सार्वजनिक गरेको छ।

२०८१-०८-२४
 0  623
कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयबाट सफ्टवेयर सूचिकृत कार्य सम्पन्न ( लिस्ट सहित )

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय मा सुचिकृत हुन आउने सफ्टवेयर कम्पनीहरु सफ्टवेयर एप्लिकेशन सम्बन्धी कार्यविधि २०८१ अनुसार  सफ्टवेयरहरूको डेमो हेरी विभिन्न सरोकारवालासँग छलफल गरि सूचिकृत भएको कम्पनीहरूको नाम सार्वजनिक गरेको छ।  नेपालमै पहिलो पटक सहकारी सफ्टवेयरको अनुगमन गर्नुपर्छ भनी कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय ले सफ्टवेयर एप्लिकेशन सम्बन्धी कार्यविधि  तयार गरेर काम अगाडि बढाएकोछ  

रजिष्ट्रार  कार्यालयका अनुसार सुचीमा प्रकाशित छनौट भएका नामहरु  आवेदन दिएको मिति अनुसार क्रम सङ्ख्यामा राखिएको  

सूचिकृत भएका कम्पनीहरूले सहकारी मूल्य मान्यता अनुरूप सहकारी ऐन नियमहरूको पालन गरेर मात्र कारोबार गर्न सकिने ब्यवस्था गरिने अहिले सूचिकृत भएका सफ्टवेयर कम्पनीहरूले कोशी प्रदेशका करिव १२०० वटा ठूला सहकारी संस्थाहरू समेटेको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको यो कदमले सफ्टवेयर वाट हुने आर्थिक हिनामिना रोक्न  ठुलो योगदान दिने, वित्तिय सुशासन कायम गर्ने तथा सहकारी अपराधमा अनुसन्धान गर्न कोसे ढुङ्गा सबित हुनेछ  ।

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले दिएको जानकारी अनुसार  मापदण्ड पुरा नगरेका सफ्टवेयर कम्पनीहरूलाई मापदण्ड पुरा गरेपछिमात्र सूचिकृत गरिने   सूचिकृत भएकाहरूलाई पनि नियमित अनुगमन गरिने, तथा नयाँ आउने कम्पनीलाई अहिलेको प्रकृया अनुसार नै चेकजाँच गरि सूचीकृतको प्रकृया अगाडि बढाउने   साथै अफलाइन सफ्टवेयरहरूलाई तुरुन्तै अनलाइनमा ल्याउन  सफ्टवेयर प्रदायक कम्पनीहरूलाई समेत भनिएको जानकारी गराइएको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले  सफ्टवेयर कम्पनीहरूलाई सूचीकृतको लागि २०८१।०६।१३ मा  सूचना जारी गरेको थियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता