नेफ्स्कूनको ३९औँ स्थापना दिवस : चुनौतीबीच सहकारी अभियानलाई नयाँ दिशा दिने अवसर
नेपालमा साकोस अभियानलाई संस्थागत र प्रविधिमैत्री बनाउन नेफ्स्कूनको भूमिका अतुलनीय रहेको छ। देशका कुनाकाप्चामा रहेका साक्षर तथा निरक्षर, दूरदराजका नागरिकहरूलाई वित्तीय पहुँचमा जोड्न, साना पुँजीलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्न र उद्यमशीलताको विकास गर्न नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूको माध्यमबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) आफ्नो स्थापनाको ३९औँ वर्षमा प्रवेश गरेको छ। तीन दशकभन्दा बढी समयदेखि नेपालको बचत तथा ऋण (साकोस) अभियानको छाता संगठनका रूपमा कार्यरत नेफ्स्कूनको यो स्थापना दिवस केवल एक औपचारिक उत्सव मात्र नभई, समग्र सहकारी अभियानको समीक्षा, आत्ममन्थन र भावी दिशा तय गर्ने एउटा महत्त्वपूर्ण मोड हो। यस सुखद अवसरमा नेफ्स्कूनका सम्पूर्ण सदस्य संस्था, सञ्चालक, कर्मचारी, सहकारीकर्मी, शुभेच्छुक तथा समग्र सहकारी अभियानमा आबद्ध महानुभावहरूमा हार्दिक शुभकामना!
नेपालमा साकोस अभियानलाई संस्थागत र प्रविधिमैत्री बनाउन नेफ्स्कूनको भूमिका अतुलनीय रहेको छ। देशका कुनाकाप्चामा रहेका साक्षर तथा निरक्षर, दूरदराजका नागरिकहरूलाई वित्तीय पहुँचमा जोड्न, साना पुँजीलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्न र उद्यमशीलताको विकास गर्न नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूको माध्यमबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
हाल नेपालको सहकारी क्षेत्र विविध वित्तीय चुनौती, अविश्वास र सञ्चालनगत जोखिमहरूबाट गुज्रिरहेको छ। यस्तो संवेदनशील घडीमा ३९औँ स्थापना दिवसले सहकारीकर्मीहरूमा नयाँ सोच, नयाँ ऊर्जा, दरिलो आत्मविश्वास र संस्थागत प्रतिबद्धता सञ्चार गर्न सक्नुपर्छ। चुनौतीहरू आफैँमा सुधारका मार्गदर्शक पनि हुन्। विद्यमान संकटलाई अवसरमा रूपान्तरण गर्दै सहकारीको मौलिक सिद्धान्त र मूल्य-मान्यतामा फर्किनु नै आजको मुख्य आवश्यकता हो।
नेफ्स्कूनले आगामी दिनहरूमा आफ्ना सदस्य संस्थाहरूलाई नीतिगत मार्गदर्शन, स्थिरीकरण कोषको प्रभावकारी सञ्चालन, र चौतर्फी प्रवर्धनमा अझै सशक्त भूमिका खेल्नुपर्नेछ। ३९औँ स्थापना दिवसको यो अवसरले समग्र सहकारी अभियानलाई अनुशासित, सुशासित र मर्यादित बनाउँदै देशको अर्थतन्त्रमा दरिलो खम्बाका रूपमा स्थापित गर्न प्रेरणा प्रदान गरोस्। नेफ्स्कून र समग्र सहकारी अभियानको निरन्तर सफलताको हार्दिक शुभकामना!
What's Your Reaction?