समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको ऋण असुली तथा बचत मिलान कार्य स्थगित

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली र बचत मिलान सेवा साउन २ गतेसम्म स्थगित गरेको छ। विशेष कार्यव्यस्तताका कारण सेवा अस्थायी रूपमा बन्द गरिएको हो।

२०८३-०३-३०
 0  14
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको ऋण असुली तथा बचत मिलान कार्य स्थगित

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले व्यवस्थापन गरिरहेका समस्याग्रस्त सहकारी संस्थाहरूमा सञ्चालन हुँदै आएका ऋण असुली तथा ऋण बचत मिलानका कार्यहरू अस्थायी रूपमा स्थगित गरेको छ।

कार्यालयद्वारा जारी सूचनाअनुसार विशेष कार्यव्यस्तताको कारण उक्त कार्यहरू २०८३ साल साउन २ गतेसम्म स्थगित गरिएको हो। यस अवधिमा ऋण असुली तथा बचत मिलानसम्बन्धी नियमित सेवा उपलब्ध नहुने जनाइएको छ।

समितिले सेवा लिन आउने सरोकारवालाहरूलाई यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै साउन २ गतेपछि सम्बन्धित सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने जनाएको छ ।

English Summary:

The Office of the Problematic Cooperatives Management Committee has temporarily suspended the loan recovery and loan-savings reconciliation services being carried out in the problematic cooperative institutions under its management. According to a notice issued by the office, these services have been suspended until Shrawan 2, 2083 B.S. due to special operational commitments. During this period, regular loan recovery and savings reconciliation services will not be available. The Committee has apologized for the inconvenience caused to stakeholders seeking these services and stated that all related services will resume regular operations after Shrawan 2, 2083 B.S.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow