सहकारी बैंकमा निक्षेप, कर्जासँगै तरलता अनुपात पनि घट्यो 

बैंकले विहिबार प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार असोज महिनामा निक्षेप ३ अर्ब ३४ करोड रुपैयाँले घटेको छ । भदौमा बैंकसँग ५८ अर्ब ६६ करोड रुपैयाँ निक्षेप रहेकोमा असोजमा घटेर ५५ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।..

२०८०-०७-०२
 0  126
सहकारी बैंकमा निक्षेप, कर्जासँगै तरलता अनुपात पनि घट्यो 
NCBL LOGO

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या समाधान भई निक्षेप तथा कर्जा बृद्धि सकारात्मक हुन थालेपनि सहकारी क्षेत्रमा भने अझै नकारात्मक प्रभाव यथावत् छ । सहकारी संस्थाहरुसँग होलसेल बैंकिङ कारोबार गर्ने राष्ट्रिय सहकारी बैंकको असोज महिनामा निक्षेप तथा कर्जा प्रवाह घटेको छ । जसको कारण बैंकको तरलता अनुपातमा पनि गिरावट आएको छ । 

बैंकले विहिबार प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार असोज महिनामा निक्षेप ३ अर्ब ३४ करोड रुपैयाँले घटेको छ । भदौमा बैंकसँग ५८ अर्ब ६६ करोड रुपैयाँ निक्षेप रहेकोमा असोजमा घटेर ५५ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।

साउनयता बैंकमा निक्षेप बढ्न थालेको थियो । तर, असोजमा भने दशैका कारण सहकारी संस्थाहरुबाट पैसा झिक्नेको चाप बढेपछि बैंकको निक्षेप पनि घटेको बताइएको छ । 

यसैगरी असोजमा महिनामा पनि बैंकको कर्जा प्रवाह ३७ करोडले घटेको छ । भदौ मसान्तसम्ममा बैंकको कुल कर्जा ३१ अर्ब २६ करोड रहेकोमा असोजमा ३० अर्ब ८९ करोड रुपैयाँमा झरेको हो । 

निक्षेपमा उच्च गिरावट आएपछि असोज महिनामा बैंकको तरलता अनुपात पनि घटेको छ । भदौमा बैंकमा ३९.०७ प्रतिशत तरलता अनुपात रहेकोमा असोजमा ३६.७६ प्रतिशतमा झरेको छ । यसैगरी भदौको तुलनामा असोजमा बैंकका सदस्य संख्या बृद्धि भएपनि ऋणीको संख्या भने घटेको मासिक वित्तीय विवरणमा उल्लेख छ ।

यस्तो छ बैंकले प्रकाशित गरेको वित्तीय विवरण 

   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता