सहकारीमा सदस्य सेवा तथा संन्तुष्टिका विविध आयामहरु (सदस्य संन्तुष्टि मापनका औजार सहित)

सहकारीद्वारा प्रदान गरिएका सेवाहरू र सेवा प्रदान गर्ने शैलीले सदस्यको संन्तुष्टिमा प्रत्यक्ष प्रभाव पार्छ । सहकारी संस्थामा उपलव्ध सेवाहरू सँग सदस्यहरुको  आवश्यकताहरू जोडिने हुनाले सो अन्तरसम्बन्ध बुझ्न र सोहि अनुसार व्यवहार गर्न सक्नु पर्दछ, जसमा भरपर्दो, जवाफदेही र सदस्यहरूको अपेक्षाहरूसँग मेल खाएमा मात्र सामान्यतया सदस्यहरुलाई उच्च सन्तुष्टि स्तरहरूतर्फ लैजान सकिन्छ । नियमित रूपमा सदस्यहरूको आवश्यकताको मूल्याङ्कन गर्ने, तदनुसार सेवाहरू अनुकूलन गर्ने...

२०८०-०९-१०
 0  1055
सहकारीमा सदस्य सेवा तथा संन्तुष्टिका विविध आयामहरु (सदस्य संन्तुष्टि मापनका औजार सहित)

सहकारीको गठन सगै सहकारी कसरी र के का लागि गठन भयो त्यसले सदस्य सन्तुष्टिमा ठूलो प्रभाव पार्दछ । पारदर्शी शासन, स्पष्ट उद्देश्य, निष्पक्ष सहभागिता र प्रभावकारी सञ्चारमा आधारित सुसंरचित सहकारीले उच्च सदस्य सन्तुष्टिलाई बढावा दिन्छ । सदस्यहरूलाई सहकारी स्थापना देखि नै संलग्न गराउने, उनीहरूका अपेक्षाहरूलाई सहकारी लक्ष्यहरूसँग जोड्र्दै, र गठन प्रक्रियाको क्रममा उनीहरूको सुझाव, आवाज, अपेक्षा तथा पृष्ठपोषणहरु सुनिश्चित गर्नाले उनीहरूको सन्तुष्टि स्तरमा सकारात्मक प्रभाव पर्दछ र त्यस प्रक्रियाले भविष्य सम्म नै यो मेरो सहकारी हो भन्ने अपनत्व भाव जागृत हुन्छ । सहकारीको लक्ष्य भनेको सदस्यहरूको सामूहिक हितको सेवा गर्नु हो । सहकारी स्थापनाको औचित्य, सदस्य तथा समाजका लागि सदस्यहरुबाट स्रोतहरू संकलन गर्ने, लाभहरू निष्पक्ष रूपमा बाँडफाँड गर्ने, प्रजातान्त्रिक सहभागिता प्रवर्द्धन गर्ने, समुदायभित्र दिगो असल अभ्यासहरू अवलम्बन र बृद्धि गरी आर्थिक, सामाजिक, र सांस्कृतिक कल्याणलाई सुधार गर्ने हुनु पर्दछ । अन्ततः, सहकारीद्धारा सदस्यहरूलाई सशक्तिकरण गरी उनीहरूको समग्र जीवनको गुणस्तर बढाउन सकेमा मात्र वास्तविक सहकारी स्थापनाको औचित्यता पुरा हुन सक्दछ । 

सहकारीद्वारा प्रदान गरिएका सेवाहरू र सेवा प्रदान गर्ने शैलीले सदस्यको संन्तुष्टिमा प्रत्यक्ष प्रभाव पार्छ । सहकारी संस्थामा उपलव्ध सेवाहरू सँग सदस्यहरुको  आवश्यकताहरू जोडिने हुनाले सो अन्तरसम्बन्ध बुझ्न र सोहि अनुसार व्यवहार गर्न सक्नु पर्दछ, जसमा भरपर्दो, जवाफदेही र सदस्यहरूको अपेक्षाहरूसँग मेल खाएमा मात्र सामान्यतया सदस्यहरुलाई उच्च सन्तुष्टि स्तरहरूतर्फ लैजान सकिन्छ । नियमित रूपमा सदस्यहरूको आवश्यकताको मूल्याङ्कन गर्ने, तदनुसार सेवाहरू अनुकूलन गर्ने, र गुणस्तर र पहुँच सुनिश्चित गर्ने कार्यले सहकारी सदस्यहरूमा उच्च संन्तुष्टि स्तरमा योगदान पु¥याउँन सकिन्छ । सन्तुष्टि भनेको सन्तुष्टि वा पूर्तिको भावना हो जुन कसैको अपेक्षा, चाहना वा आवश्यकताहरू पूरा गर्नबाट प्राप्त हुन्छ । यो एक विशेष परिस्थिति, अनुभव, उत्पादन, सेवा, वा परिणाम संग खुसी वा खुसी हुनुको भावना सँग जोडिएको हुन्छ । संन्तुष्टि व्यक्तिगत प्राथमिकताहरू, अपेक्षाहरू, र मूल्याङ्कन गरिएको गुणस्तरको आधारमा भिन्न हुन सक्छन् अतः सहकारीका सदस्यहरुको विविध अपेक्षाहरु हुन सक्छन् यसलाई संस्थाले समयमा नै बुझ्न जरुरी हुन्छ ।
सहकारी सदस्य सन्तुष्टिीले सदस्यहरूद्वारा अनुभव गरेको सन्तुष्टि वा खुशीको स्तरलाई बुझाउँछ, यसका आधारमा सदस्यहरू सहकारीद्वारा प्रदान गरिएका समग्र सेवाहरू, उत्पादनहरू एवं लाभहरूबाट कत्तिको प्रभावकारी छन् भन्ने कुराको आंकलन गर्न सकिन्छ । सदस्य  संन्तुष्टिले सहकारीमा उनीहरूको निरन्तर सहभागिता, समर्थन, र अन्ततः अपनत्वलाई समेत संकेत गर्दछ । सहकारी संचालकहरुले विभिन्न आवश्यकताहरू, अपेक्षाहरू, र अनुभवहरूको कारण सदस्यहरू बीच सन्तुष्टिको फरक स्तरहरू हुनु स्वाभाविक हुन्छ, अतः संचालकहरुले सदस्यहरुको प्रतिक्रियाका आधारमा नियमित सञ्चार र अनुकूलनले सकेसम्म धेरै सदस्यहरूलाई संन्तुष्ट पार्ने लक्ष्य राखेर समस्याहरू समाधान गर्न र समग्र संन्तुष्टि स्तर बढाउन सदैव जागृत हुन सक्नु पर्दछ । 

सदस्यहरू सहकारीका आधारशिला हुन्, तिनीहरू भगवान पनि हुन् (जेनेरेटर, अपरेटर र विनाशक) किनकी संन्तुष्ट सदस्य नभएमा संस्थाको औचित्व रहन सक्दैछ । अतः सहकारी संस्थाका सदस्यहरु नै सवै थोक हुन, यि नहुने हो भने सस्था नै रहदैन । अतः संचालकहरुले सहकारीमा सदस्यहरूको आधारभूत भूमिकालाई हाइलाइट गर्न सक्नु पर्दछ, तपशिलका भूमिकाहरु मार्फत सहकारीको औचित्य, स्थायित्व र अस्तित्वलाई जर्गेना गर्न सदस्यहरुको आधारभुत भुमिका प्रति सदैव क्रियाशिल राख्न सक्नु पर्दछ किनकी सदस्यहरु संस्थाको जग हुनः

  • स्वामित्व (Ownership): सदस्यहरूले लोकतान्त्रिक निर्णय प्रक्रिया सुनिश्चित गर्दै सहकारीको स्वामित्व र नियन्त्रण गर्ने भएकोले उनीहरुलाई यो भुमिका प्रति सजक र जागरुप गर्न सक्नुपर्दछ ।
  • शासन (Governance):  तिनीहरू मतदान अधिकार र प्रतिनिधित्व मार्फत शासनमा भाग लिने भएकाले सदस्यहरुलाई यस्तो वातावरण सिर्जना गर्न सक्नु पर्दछ ।
  • लगानी (Investment):  सदस्यहरूले सहकारीको पूँजी र जोखिम दुवै अपनत्व गर्ने भएकोले यसका लागि आर्थिक रूपमा योगदान गर्छन् जसको औचित्यता उनीहरुलाई बुझाउन सक्नु पर्दछ ।
  • इक्विटी (Equity)M प्रत्येक सदस्यको समान बुझाई हुन सक्नु पर्दछ, निष्पक्षता र समावेशीतालाई बढावा दिने तथा सवै सदस्यहरुको समान अधिकारका बारेमा सजक हुने ।
  • लाभार्थी (Beneficiary) M उनीहरूले सहकारीको नाफा वा सेवाबाट प्रत्यक्ष रूपमा लाभ उठाउँछन्, नाफाको अलवा संस्थामा सेवा प्रयोग (बचत तथा ऋण कारोवार, उपभोग्य सामाग्रीको खरिद प्रयोग, तथा अन्य सेवाहरु) गरेबापत संरक्षित पूजी फिर्ताकोषको रकममा सहभागिता, अन्य संस्थाबाट प्रतिस्पर्धि व्याज रकम तथा तालिम एवं शिक्षा सम्बन्धि फाईदाहरु लिन सकिन्छ भन्ने समान बुझाई हुन जरुरी हुन्छ ।
  • संलग्नता (Engagement) M सदस्यहरू सक्रिय रूपमा सहकारीको सञ्चालन र गतिविधिहरूमा संलग्न हुनु पर्दछ ।
  • जिम्मेवारी (Responsibility)M तिनीहरूले सहकारीको सफलता र दिगोपनको लागि जिम्मेवारीको वोध गर्नु पर्दछ सहकारी संचालनका सवै जिम्मेवारी हाम्रो हो, सहकारीमा केहि समस्या सृजना भयो भने हाम्रो कारणले भएको हो भन्ने बुझाई सवै सदस्यले आत्मवोध गर्न सक्नु पर्दछ ।
  • सामुदायिक निर्माण (Community Building): सहकारीहरूले सदस्यहरूलाई समावेश र लाभान्वित गरेर समुदायहरूलाई बलियो बनाउँछन्, समुदाय प्रति चाँसोको जुन सिद्धान्त छ, यसले पनि सदस्यहरुको अलवा आफु रहेको समाजलाई सहकारीले हेर्नु पर्छ भन्ने भाव सबै सदस्यमा जागृत हुनु पर्दछ ।
  • सशक्तिकरण (Empowerment)M सहकारी एकका लागि सवै सवैका लागि एक भन्ने अवधारणामा स्थापित एक संस्था भएकोले, सबै सदस्यहरुले सामूहिक कार्य मार्फत समाजका सवै व्यक्तिहरूलाई सशक्त बनाउँन सक्नु पर्दछ ।
  • स्थानीय प्रभाव (Local Impact)M सहकारी संस्थाले स्थानीय अर्थतन्त्रलाई समर्थन गरी सामुदायिक विकासलाई बढावा दिन सक्नु पर्दछ 
  • शिक्षा (Education)M सदस्यहरूले अक्सर आफ्नो सीप र ज्ञान बढाउन सहकारी मार्फत शिक्षा र तालिम प्राप्त गर्छन् जसको कारणबाट सदस्यहरुले आफ्नो व्यवसायिक क्षमता अभिबृद्धि गर्ने र आफु सहकारीमा रहेको हुनाले सहकारी आफ्नो लक्ष्यको साथी र सारथि दुवै हुन सक्ने वातावरण सृजना गर्ने ।
  • सामाजिक पूँजी (Social Capital)M सहकारी संस्था समामाजिक पूँजी निर्माण गर्ने सशक्त माध्यम हो, जसमा सदस्यहरु सामाजिक एकता र नेटवर्क निर्माण गर्न सशक्त भूमिकामा हुन्छन् जुन कुरा सवै सदस्यहरुलाई यो शक्ति हो भन्ने आशय बुझाउन सक्नु पर्दछ र सामाकि पूँजीको परिचालन मार्फत जुनै प्रकारको परिर्वतन पनि सम्भव हुन्छ ।
  • विविधता (Diversity): सहकारीहरूले सवै क्षेत्र, वर्ग र विविध सदस्य पृष्ठभूमि र दृष्टिकोणहरू समावेश गरी सवैलाई समान रुपमा सशक्तिकरणमा लाग्न सक्नु पर्दछ ।
  • अनुकूलन (Adaptability):  सदस्यहरूले सहकारीको माध्यमबाट परिवर्तनशील आवश्यकताहरूमा अनुकूलन गर्न योगदान गर्ने र आफुमा सकारात्मक परिर्वतनका लागि आफुलाई पनि अनुकुलन गर्न सक्नु पर्दछ ।
  • दीर्घायु (Longevity):  सदस्यहरुको प्रतिबद्धताले समयसँगै सहकारीको निरन्तरता सुनिश्चित हुने गर्दछ, जुन भुमिका संचालकहरुले बुझ्न जरुरी छ ।
  • पारस्परिक सहयोग (Mutual Support)M पारस्परिक सहयोग सहकारीको मुल्य नै हो, अतः सदस्यहरूले सहयोग र सहकार्य मार्फत एक अर्कालाई समर्थन गर्ने र सवैका लागि एक हुन सक्ने भुमिकालाई पनि सदैव बुलन्द बनाउन सक्नु पर्दछ ।
  • स्थिरता (Sustainability):    सदस्यरूले पर्यावरण र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरूमा योगदान गर्न सक्नु पर्दछ, हालको ट्रिपल बटम अवधारणा अनुसार पनि पृथ्वीको रक्षा र दिगो विकासका लागि पनि सदस्यहरु जिम्मेवार हुन सक्नु पर्दछ ।
  • नवप्रवर्तन  (Innovation)M सदस्यहरूले सहकारी भित्र नविनता र रचनात्मक धारणा तथा अभ्यासहरुको प्रयोग गर्न सक्नु पर्दछ ।
  • गुणस्तर नियन्त्रण (Quality Control)M सदस्यहरूको संलग्नताले उच्चगुणस्तरको मापदण्ड भएका वस्तु तथा सेवाहरुको प्रयोगलाई सुनिश्चित गर्दछ, जसले सदस्य सेवा र संन्तुष्ठिलाई रिटेन गर्दछ ।
  • लचिलोपन  (Resilience) चुनौतीपूर्ण समयमा सहकारीको दिगोपनाका लागि सदस्यताहरु लचिलो हुन आवश्यक छ, जुन कुरालाई सबै सदस्यले मनन गरी संस्थाको दिगोपनालाई सुनिश्चित गर्न सघाउ पुग्दछ ।
  • प्रतिनिधित्व (Representation):  सदस्यहरुले समुदायमा सहकारीको मूल्य र मिशनको प्रतिनिधित्व गर्छन् । यस्ता समुदायको आर्थिक, सामाजिक र वातावरणिय संकल्प पुरा गर्ने औचित्यहरूले सहकारीको सफलता र दिगोपनमा सदस्यहरूले खेल्ने महत्वपूर्ण भूमिकालाई रेखांकित गर्दछ जुन अपरिहार्य छ, जसलाई सबै सदस्य समक्ष जागृत गर्न सक्नु पर्दछ । सहकारीमा सदस्य सेवा र सदस्य संन्तृष्टिलाई फरक दृष्टिकोण तर एकै लक्ष्यका लागि हेरिने गरिन्छ, जसको मुख्य लक्ष्य जोखिम रहित सहकारीको दिगो र प्रभावकारी संचालन गरी अपेक्षित लक्ष्य हासिल गरी सदस्यहरुको संन्तुष्टि स्तरमा बृद्धि गर्नु रहन्छ । सहकारीमा सदस्य सेवाहरूको प्रभावकारीतालाई तपशिलका विभिन्न रणनीतिक दृष्टिकोणहरू मार्फत वृद्धि गर्न सकिन्छः

क. व्यापक सदस्य शिक्षा (Comprehensive Member Education)M सदस्यहरूलाई सशक्तिकरण गर्न र उनीहरूको बुझाईलाई बढाउन तथा एकरुपताका लागि सहकारी सिद्धान्तहरू, सेवाहरू र लाभहरू बारे शिक्षा र प्रशिक्षण कार्यक्रमहरू प्रदान गर्नुपर्दछ । यहाँ सहकारीको बुझाई सगँसगै सदस्यहरुले गर्ने व्यवसायहरु सम्बन्धी सीप, ज्ञान, आवश्यक परामर्शहरु र वित्तीय र प्रविधि शिक्षा पनि सहकारी शिक्षा अन्र्तगत नै पर्दछ जसले सदस्य सेवालाई थप मजवुद बनाउछ । 

ख. सदस्य समर्थन (Member Support)M सदस्य सेवा प्रतिनिधिहरू वा विशेष मद्दत डेस्कहरू मार्फत व्यक्तिगत रुपमा सदस्यरुको आवश्यकताहरू सम्बोधन तथा समर्थन गर्न जरुरी छ जसले सदस्य सेवालाई प्रभावकारीता बृद्धि गर्दछ ।

ग. प्रभावकारी सञ्चार च्यानलहरू (Effective Communication Channels)M सदस्यहरूको सोधपुछ, सरोकार वा प्रतिक्रियालाई तुरुन्तै सम्बोधन गर्न पहुँचयोग्य र उत्तरदायी सञ्चार च्यानलहरू (फोन, इमेल, अनलाइन च्याट, आदि) सुनिश्चित गर्नुपर्दछ जसले सदस्य सेवालाई प्रभावकारी बनाउन सकिन्छ ।

घ. अनलाइन सदस्य पोर्टलहरू (Online Member Portals)M प्रयोगकर्ताअनुकूल अनलाइन प्लेटफर्महरू विकास गर्नुपर्दछ जहाँ सदस्यहरूले जानकारीहरुको सजिल्यै पहुँच गर्न, आफ्नो खाताहरू व्यवस्थापन गर्न, लेनदेनहरू गर्न, बचत, ऋण, विप्रेषण, विमा, भुक्तानी र्फस्यौट र अन्य सम्पूर्ण सेवाहरु सहकारीसँग सहज रूपमा प्राप्त गर्न र सो सम्बन्धमा अन्तरक्रिया गर्न सकियोस ।

ङ. सदस्य संलग्नता पहलहरू (Member Engagement Initiatives)M सदस्यहरू बीच सक्रिय सहभागिता, सहयोग, र नेटवर्किङलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू, कार्यशालाहरू, वा फोरमहरू नियमित रुपमा व्यवस्थिापन गर्ने जसले सदस्य सेवालाई प्रभावकारी बनाउन सकिन्छ ।

च. निरन्तर प्रतिक्रिया लूप (Continuous Feedback Loop)M सदस्यहरूलाई नियमित रूपमा प्रतिक्रिया प्रदान गर्न र सदस्यहरुको सुझाव र पृष्ठपोषण लिने संयन्त्रहरू स्थापना गर्नुपर्दछ र सदस्यहरुबाट सेवाहरूमा सुधार गर्न र सुधारका लागि इनपुट लिई सेवामा परिमार्जन गरी सदस्य सेवालाई प्रभावकारी बनाउन सकिन्छ ।

छ. पारदर्शी सूचनाको शेयरिङ्ग (Transparent Information Sharing)M सदस्यहरू बीच विश्वास बढाउन सहकारी सञ्चालन, वित्तीय कार्यसम्पादन, र निर्णय प्रक्रियाहरू बारे पारदर्शी र सजिलै बुझ्न सकिने गरी जानकारी प्रदान गर्नुपर्दछ जसले सदस्य सेवालाई प्रभावकारी बनाउन सकिन्छ ।

ज. सदस्यकेन्द्रित नीतिहरू (Member-Centric Policies)M सदस्यहरूको रुचि र प्राथमिकता लाई ध्यानमा राखेर नीतिहरू र कार्यक्रमहरू डिजाइन गर्नुपर्दछ । सेवाहरू सदस्यहरूको आवश्यकता सँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्नुपर्दछ र सहकारीले प्रदान गर्ने सम्पूर्ण सेवाहरुको प्रभावकारीता अध्ययन र सदस्यहरुले प्रयोग गरिरहेको सेवाको वारेमा नियमित जानकारी लिनु पर्दछ ।

झ. मूल्यवर्धित सेवाहरू  (Value-Added Services)M सदस्यताको मूल्य बढाउनको लागि मुख्य प्रस्तावहरू भन्दा बाहिर रहेर अतिरिक्त सेवाहरू वा लाभहरूको बारेमा छलफल गर्नु पर्दछ । उक्त प्रस्तावहरु सहकारी सस्थामा गर्नु उपयुक्त हुन्छ कि हुदैन भन्ने वारेमा र उक्त प्रस्तावले सदस्यहरुलाई संन्तुष्टि गर्छ कि गर्दैन विश्लेषण गर्न उपयुक्त हुन्छ  किनकी सहकारीको सदस्य भएको कुराले सदस्यहरुको मुल्यमा र आत्मसम्मानमा बृद्धि हुन सकोस ।

ञ. सामाजिक उत्तरदायित्व संलग्नता (Social Responsibility Engagement)M सदस्यहरूलाई समुदायउन्मुख परियोजनाहरू वा सामाजिक उत्तरदायित्व पहलहरूमा संलग्न गर्नुपर्दछ जसले साझा मूल्यहरू प्रतिबिम्बित गर्दै र व्यावसायिक गतिविधिहरू भन्दा बाहिरी उद्देश्यको भावनालाई समेत बढावा दिन सहयोग गर्दछ ।

ट. कुशल द्वन्द्व समाधान (Efficient Conflict Resolution)M सदस्यहरू बीच उत्पन्न हुन सक्ने द्वन्द्व वा समस्याहरू समाधान गर्न निष्पक्ष र प्रभावकारी प्रक्रिया तथा संयन्त्रहरू स्थापना गर्नुपर्दछ जसले गर्दा उनीहरूको आवाज सुनिएको र सरोकारहरूलाई सम्बोधन गर्न सुनिश्चित गरिएको आभास भई सदस्य सेवामा थप प्रभावकारीता हासिल गर्न सकिन्छ ।

ठ. नियमित अपडेटहरू र सूचनाहरू (Regular Updates and Notifications)M नियमित समाचारपत्रहरू, इमेलहरू, वा सूचनाहरू मार्फत सदस्यहरूलाई कुनै पनि परिवर्तन, अद्यावधिकहरू, वा नयाँ सेवाहरूको बारेमा सूचित गरिरहनु पर्दछ ।

ड. सदस्य पहिचान कार्यक्रमहरू (Member Recognition Programs)M  सदस्यहरूलाई उनीहरूको योगदान, वफादारी, कर्तव्यनिष्टता वा सहकारी भित्र उपलब्धिहरूमा सदस्यहरु मार्फत भएको हो भन्ने भावनालाई जागृत गराई समय समयमा सदस्यहरुलाई सम्मान र प्रशंसा गर्नु पर्दछ जसले सदस्य सेवाको प्रभाकारीतामा बृद्धि गर्दछ ।

ढ. टेक्नोलोजीको ग्रहण (Adoption of Technology)M प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न, सेवा प्रवाहमा सुधार गर्न, र सदस्यहरूको विकसित आवश्यकताहरू पूरा गर्ने नवीन समाधानहरू को प्रयोग गर्न प्राविधिक प्रगतिहरू अँगाल्नु पर्दछ र सदस्यहरुलाई नविनतम प्रविधिको अनुशिक्षण र जानकारी पनि गर्नुपर्दछ जसले सदस्य सेवालाई थप सृद्धिढ गर्दछ ।

ण. समर्पित सदस्य सेवा उपसमितिहरू (Dedicated Member Service Sub-committees)M सदस्य सेवाहरूमा अन्तरर्दृष्टि, सुझाव र निरीक्षण प्रदान गर्न सदस्यहरू सम्मिलित उपसमितिहरू वा समूहहरू गठन गर्नुपर्दछ जसले सदस्य सेवामा बढी भन्दा बढी ध्यान दिन सक्नुपर्दछ । उक्त उपसमितिहरु माथि उल्लेखित रणनीतिहरू लागू गरेर, सहकारीहरूले आफ्ना सदस्यहरूसँग बलियो सम्बन्ध निर्माण गर्न, सन्तुष्टि स्तरहरूमा सुधार गर्न, र सकारात्मक र सहयोगी सदस्यता प्रबृत्तिमा सुनिश्चित गर्न सहयोग पुग्दछ ।

त्यस्तै, सहकारीमा सदस्य संन्तुष्ट बनाई राख्ने काम चुनौतिपूर्ण छ तर उत्तिकै आवश्यक पनि छ, यद्यपी तपशिलका ३५ तरीकाहरु मार्फत संस्थामा सदस्यहरुलाई संन्तुष्ट पार्नका लागि सहयोग सिद्ध हुन सक्छन्ः

१. पारदर्शी संचार (Transparent Communication)M सदस्यहरूलाई सहकारी गतिविधिहरू, निर्णयहरू, र लक्ष्यहरू बारे सर्दव जानकारी गराउनुपर्दछ ।

२. सक्रिय सदस्य सहभागिता (Active Member Participation)M निर्णय प्रक्रियामा सदस्यको संलग्नतालाई प्रोत्साहन र सहजीकरण गर्ने, जसका लागि सम्भव भए सम्म सदस्यहरुबाट सम्भावित वा निर्ण गर्न खोजिएका सवालमा पहिल्यै राय, सुझाव र पृष्ठपोषण लिने सयन्त्रको विकास गर्ने ।

३. नियमित प्रतिक्रिया संयन्त्रहरू (Regular Feedback Mechanisms): सदस्यहरूलाई उनीहरूको विचार, सुझाव र सरोकारहरू व्यक्त गर्नका लागि च्यानलहरू विकास गरी व्यवहारिक कार्यान्वयन गर्ने ।

४. गुणस्तरीय उत्पादनहरू/सेवाहरू  (Quality Products/Services): उच्च गुणस्तरका वस्तुहरू वा सेवाहरूलाई सहकारीमा हरदम स्थान दिन सक्नु पर्दछ जसले, सदस्यहरूको अपेक्षाहरू पूरा गर्नमा सहयोग पुग्दछ ।

५. उचित मूल्य निर्धारण (Fair Pricing)M सहकारीद्वारा प्रस्तावित उत्पादन वा सेवाहरूको लागि उचित र प्रतिस्पर्धी मूल्य निर्धारण सुनिश्चित गर्नुपर्दछ जसले सदस्यहरुलाई मेरो संस्थाले ठिकै गरेको रैछ भन्ने भावना जागृत भई संस्था प्रतिको अपनत्व बृद्धि हुने गर्दछ ।

६. शैक्षिक कार्यक्रमहरू (Educational Programs)M सदस्यहरूलाई सहकारी सिद्धान्त र सीपहरू बारे शिक्षित गर्न कार्यशाला, सेमिनार वा प्रशिक्षण सत्रहरू प्रदान गर्नुपर्दछ, सहकारीको बिषयवस्तु मात्र नभई संस्थामा सदस्यहरुको व्यसायको आधारमा क्लस्टरीङ्ग गरी सोहि अनुसार शिक्षा, सिप तथा अभिमुखीकरणका कार्यक्रमहरु संचालन गर्न सकेमा सदस्यहरुको वयवसायिक क्षमता बृद्धि हुने आर्थिक अवस्था सृद्धिढ भई संस्था प्रतिको अपनत्वमा बृद्धि हुन्छ ।

७. सामुदायिक संलग्नता (Community Engagement)M सहकारीलाई सामुदायिक गतिविधिहरूमा संलग्न गर्न सक्नु पर्दछ, सहकारीको सातौ सिद्धान्त समुदाय प्रति चासो जसले सहकारीले समुदायमा पनि केहि गर्नुपर्छ भन्ने भाव प्रकट गर्दछ र सामुदायिक विकास कोषमा जम्मा भएको रकम मार्फत पनि समुदायको विकासका लागि केहि सृजनात्मक कार्य गर्न सकिन्छ जसको कारणले सहकारी प्रतिको सकारात्मक धारणा पैदा हुन्छ ।

८. सदस्य लाभहरू (Member Benefits)M सहकारी संसथाले सदस्यहरुलाई आकर्षक गर्न सदस्यहरुलाई फाईदा पुग्ने विभिध क्रियाकलापहरु लागू गर्नुपर्दछ जस्तै छुट, लाभांश, वा विशेष सेवाहरू, स्वास्थ्य परिक्षण शिविरहरु, तथा सदस्यहरुलाई प्रत्यक्ष फाईदा पुग्ने लाभका कार्यक्रमहरु सहकारी मार्फत लागू गर्न सकेमा सदस्य संन्तुष्टिमा बृद्धि गर्न सकिन्छ ।

९. नैतिक अभ्यासहरू (Ethical Practices)M सबै सहकारी गतिविधिहरूमा नैतिक स्तरहरू कायम राख्नु पर्दछ जसले सदस्यहरू बीचको विश्वास बढाउन सहयोग गरोस जसमा सदस्यहरु बिच अन्तरक्रिया र अनौपचारिक कार्यक्रमहरु समय समयमा आयोजना गर्नुपर्दछ ।

१०. वित्तीय पारदर्शिता (Financial Transparency)M सहकारीको व्यवस्थापन जिम्मेवार र प्रभावकारी रुपमा संचालन गर्दै सदस्यहरूलाई स्पष्ट र पहुँचयोग्य वित्तीय रिपोर्टहरू प्रदान गर्नुपर्दछ र समय समयमा विभिन्न परिर्वतन र अद्यावधिक सूचनाहरुलाई सम्प्रेषण गर्नुपर्दछ जसले सदस्य सेवामा प्रभावकारीता हासिल गर्न सकिन्छ ।

११. पहुँचयोग्यता (Accessibility)M सबै सदस्यहरूको लागि सहकारी सुविधाहरू, सूचना, र सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्नुपर्दछ जसले सदस्यहरुको विश्वास आर्जन गर्न र सदस्य सेवाको प्रभावकारीतालाई मजवुद बनाउन सकिन्छ ।

१२. सदस्य आवश्यकताहरुको लागि अनुकूलता  (Adaptability to Member Needs)M सदस्यहरुको परिवर्तित  आवश्यकताहरु र प्राथमिकताहरु संग मेल खाने उत्पादनहरु÷सेवाहरु लाई सदस्यहरु समक्ष प्रस्तुत गर्नुपर्दछ जसले सदस्यहरुको भावना र परिवर्तित चाहनाहरुको सम्वोधन गर्न सकिन्छ जसबाट सदस्य सेवामा प्रभावकारीता बृद्धि हुन्छ ।

१३. समावेशी निर्णय लिने (Inclusive Decision-Making)M सबै सदस्यहरूको हितलाई प्रतिनिधित्व गर्न निर्णय प्रक्रियाहरूमा विविध दृष्टिकोणहरू समावेश गर्नुपर्दछ जसले गर्दा सबै सदस्यहरुले निर्णयलाई अपनत्व ग्रहण गरी संस्था प्रति बफदार हुने र सदस्य सेवामा समेत प्रभावकारी हुने देखिन्छ ।

१४. द्वन्द्व समाधान संयन्त्र (Conflict Resolution Mechanisms)M सहकारी संस्थामा सदस्यहरू बीच विवाद समाधान गर्न निष्पक्ष र प्रभावकारी विधिहरू स्थापना गर्नुपर्दछ ।

१५. प्रविधि एकीकरण (Technology Integration)M सदस्यहरुको चाहना तथा बढ्दो अनुभवलाई सुधार गर्न प्रविधि प्रयोग अनिवार्य हुन्छ, चाहे अनलाइन सेवाहरू वा डिजिटल संचार मार्फत होस उक्त सेवाहरुलाई एकिकरण गर्न आवश्यक छ । सदस्यहरुले विभिन्न प्रकारका अनलाई पेमेन्ट गेटवेहरु, एपहरु तथा वित्तिय संस्थाहरुको छनौट र प्रयोग गरेका हुन्छन् अतः सहकारी संस्थाले दिईने वित्तिय सेवाको प्रविधिहरुलाई एकिकृत गर्नु आवश्यक छ जसले सदस्यहरुलाई झन्झटिलो प्रयोगको समाधान गरी सदस्य सेवालाई थप प्रभावकारी बनाउछ ।

१६. डाटा सुरक्षा र गोपनीयता (Data Security and Privacy)M सदस्यहरूको संवेदनशील जानकारीको सुरक्षा गर्न र सहकारीमा उनीहरूको विश्वास कायम राख्न बलियो डाटा सुरक्षा उपायहरू सुनिश्चित गर्नुपर्दछ जसको लागि अन्तराष्ट्रिय स्तरको गुणस्तर, साईवर सुरक्षा, प्रविधि अडिट प्रणाली आदि नियमित रुपमा गर्नुपर्दछ ।

१७. मान्यता कार्यक्रम (Recognition Programs) M सहकारी भित्र सदस्यहरूको योगदान वा उपलब्धिहरूलाई स्वीकार गरी सदस्यहरुलाई विशेष कार्यक्रम विच आत्मसम्मान हुने खालका कार्यक्रमहरुमा सम्वोधन गर्ने र सदस्य चिनिने कार्यहरु तथा उत्सवहरु मनाउने गर्नु पर्दछ ।

१८. सामाजिक कार्यक्रमरू (Social Events)M सदस्यहरू बीच समुदायको भावना बढाउन सामाजिक जमघटहरू वा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्नुपर्दछ जसले सदस्यहरु बिच भावनात्मक सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने र सदस्य सेवाका नयाँ आयामहरुको पनि सिर्जना गर्न सकिने अवसरहरु मिल्दछ ।

१९. सदस्य नेटवर्किङ अवसरहरू (Member Networking Opportunities)M पारस्परिक समर्थन र सहयोगको लागि सदस्यहरू बिच जोड्ने कार्यक्रमहरु गर्नुपर्दछ जसले सदस्यहरु बिच नेटवर्किङमा बृद्धि भई सदस्य सेवाको प्रभावकारीता स्तरमा बृद्धि हुन्छ । 

२०. निरन्तर सुधार  (Continuous Improvement)M सदस्यहरूको प्रतिक्रिया तथा सुझावका आधारमा सहकारी सञ्चालनको संयन्त्र तयार गर्नुपर्दछ जसले निरन्तर वृद्धि तथा सुधारको सहयोग गर्दछ भने सदस्य संन्तुष्टिको स्तर पनि बढाँउदछ ।

२१. नेतृत्व विकास (Leadership Development)M सदस्यहरूलाई सहकारी भित्र नेतृत्वसीप विकास गर्ने अवसर प्रदान गर्नुपर्दछ जसले अन्य सदस्यहरु आर्कर्षित र प्रभाव पार्न सकिन्छ र अन्य सहकारीहरुमा पनि सकरात्मक छाप छोडि सहकारी प्रति थप विश्वास जागृत गर्नमा सहयोग मिल्दछ ।

२२. लचिलो सदस्यता विकल्पहरू (Flexible Membership Options)M विभिन्न सदस्य आवश्यकताहरू समायोजन गर्न विभिन्न सदस्यता स्तरहरू वा विकल्पहरू खुला राख्नु पर्दछ, सवै प्रकारका मानिसहरुलाई सहकारीमा सदस्यताका लागि लचिलो तथा प्रोत्साहनको नीति समेत लिई अघि बढ्न सकेमा सदस्य सेवालाई प्रभावकारी बनाउन सकिन्छ ।

२३. पहुँचयोग्य समर्थन (Accessible Support)M उत्तरदायी सहकारी संस्थाले प्रदान गर्ने हरेका सेवाहरु सदस्यमा पहुँचयोग्य हुनु पर्दछ र उक्त सेवाहरुले सदस्यहरुको समर्थन, सहयोग र सहायता समेत सुनिश्चित गर्नुपर्दछ ।

२४. सहकारी मूल्यहरूको प्रवर्द्धन (Promote Cooperative Values)M सदस्यहरू बीच सहयोग, समानता र एकताको मूल्यहरूलाई जोड दिई सहकारीको मुल्यलाई प्रवर्वद्धन गर्नुपर्दछ जसले सदस्य एकता र सदस्य संन्तुष्टिलाई प्रभावकारी बनाउन सहयोग गर्दछ ।

२५. विविधता र समावेशीकरण (Diversity and Inclusion)M सहकारी संस्था भित्र विविधता रसमावेशी वातावरण सिर्जना एवं प्रयोग गर्नुपर्दछ जसले सबै प्रकारका सदस्यहरुको भावनालाई सम्वोधन हुन सकोस ।

२६. सशक्तिकरण (Empowerment)M सदस्यहरुमा व्यक्तिगत वृद्धिको लागि स्रोत, जानकारी र अवसरहरू प्रदान गरेर सदस्यहरूलाई सशक्त बनाउनु पर्दछ, जसले संस्था र सदस्यहरु बिच पेशागत र भावनात्मक सम्बन्ध सुद्धिढ हुन गई सदस्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्दछ ।

२७. रणनीतिक योजनामा संलग्नता (Strategic Planning Involvement)M सहकारीको रणनीतिक योजना प्रक्रियामा सदस्यहरूलाई संलग्न गराउदा सदस्यहरुको भावना, अपेक्षा तथा पृष्ठपोषणहरुको सम्बोधन हुने देखिन्छ जसले सदस्यलाई संस्था प्रतिको अपनत्व वोध हुने गर्दछ । रणनीतिक योजनाको विभिन्न चरणहरु मध्ये केहि चरणहरुमा आवश्यकताका आधारमा सदस्यहरुको सहभागिताले महत्व राख्दछ र सदस्यहरुको चौतफि विकास र सदस्य संन्तृष्टिलाई सम्वोधन गर्न पनि सहयोग मिल्दछ ।

२८. सदस्यता सन्तुष्टि सर्वेक्षणहरू  (Membership Satisfaction Surveys)M सदस्यहरूको सन्तुष्टि नाप्न र प्रतिक्रिया सङ्कलन गर्न नियमित रूपमा सर्वेक्षणहरू सञ्चालन गर्नु पर्दछ जसले सदस्यहरुले अपेक्षा गरेको वस्तु तथा सेवाको गुणस्तर सुधार गर्न र संस्थाको सेवा संञ्चालनमा स्तरीयता हासिल गर्न सहयोग पुग्दछ ।

२९. सहयोगका अवसरहरू (Collaboration Opportunities)M सदस्य वा समुदायलाई फाइदा हुने साझेदारी वा सहयोगहरूलाई सदैव सहज र ढोका खुल्ला बनाईराख्नु पर्दछ, जसले गर्दा सदस्यहरुलाई थप फाईदा दिन सकिन्छ ।

३०. निरन्तर सञ्चार च्यानलहरू  (Consistent Communication Channels)M सदस्य सोधपुछ वा प्रतिक्रियाको लागि सुसंगत र पहुँचयोग्य निरन्तर सञ्चार च्यानलहरूको विकास र संचालन गर्नुपर्दछ जसले सदस्यहरुलाई विना झन्झट आफ्नो प्रतिक्रिया तथा सुवाझहरु संम्प्रेषण गर्न सहयोग मिलोस ।

३१. वित्तीय शिक्षा र परामर्श (Financial Education and Counseling)M वित्तीय ज्ञान र निर्णय लिने सीपहरूका लागि सदस्यहरूलाई सशक्त बनाउन व्यापक वित्तीय साक्षरता कार्यक्रमहरू र व्यक्तिगत परामर्श सेवाहरू उपलव्ध गराउने ।

३२. पहुँचयोग्य र उत्तरदायी समर्थन (Accessible and Responsive Support) M सदस्य सोधपुछ, गुनासो, वा सहायताको लागि धेरै संचार च्यानलहरू प्रदान गनुपर्दछ । विश्वास र सन्तुष्टि कायम राख्न द्रुत र सहयोगी प्रतिक्रियाहरू समयमा नै समाधान र रेस्पोन्स गर्नुपर्दछ, जसले सदस्यहरुको भावना तथा अपेक्षानुसार सेवा प्रवाहमा सहयोग पुग्दछ ।

३३. पारदर्शी र नैतिक अभ्यासहरू (Transparent and Ethical Practices)M स्पष्ट र व्यवहारिक शुल्क संरचनाहरू, ब्याज दरहरू, र वित्तीय उत्पादनहरू वा सेवाहरूको लागि सर्तहरू सहित पारदर्शी र नैतिक वित्तीय अभ्यासहरूको पालना गर्नु पर्दछ ।

३४. सदस्य स्वामित्व र शासन (Member Ownership and Governance)M सदस्यहरूलाई शासन संरचनामा समावेश गरेर उनीहरू बिचमा स्वामित्वको भावना बढाउनु पर्दछ, जहाँ उनीहरूले निर्णय प्रक्रियामा सक्रिय रूपमा भाग लिन सकुन ।

३५. दिगो अभ्यासहरू (Sustainable Practices)M सदस्यहरूको मूल्यहरूको बृद्धि गर्ने वातावरण मैत्री अभ्यासहरू समावेश गर्नु पर्दछ जसले सदस्य सेवाको प्रभावकारीतालाई सुनिश्चित गर्दछ । यी प्रत्येक रणनीतिहरूले सहकारी भित्र सदस्य सन्तुष्टि निर्माण गर्न, दीर्घकालीन सफलता र सदस्यहरुमा वफादारी सिर्जनाका लागि बलियो आधार बनाउछ ।

अतः माथि उल्लेखित सदस्य सेवा र सदस्य संन्तुष्टिको मात्र थाहा पाउन तथा सहकारीहरूले सदस्यहरूको सन्तुष्टि मापन र वृद्धि गर्न विभिन्न उपकरणहरू प्रयोग गर्न सकिन्छ । तपशिलका केहि विधि र उपकरणहरूको चर्चा गर्ने जमर्को गरेको छु, जुन टुल्सहरु हरेक सहकारी संस्थाले प्रयोग गरेर आफ्ना सदस्यहरुको संन्तुष्टि मापन गर्न सक्नुहुनेछः 

१. सर्वेक्षणहरू (Surveys): सदस्यहरू बीच उनीहरूको सन्तुष्टि स्तर, प्राथमिकताहरू, र सुधारका आवश्यक क्षेत्रहरूमा प्रतिक्रिया सङ्कलन गर्न नियमित सर्वेक्षणहरू सञ्चालन गर्ने । यी सर्वेक्षणहरू संरचनात्मक रूपमा (Structured), लिकर्ट स्केलहरू (Likert Scales) प्रयोग गरेर, वा गुणात्मक अन्तरदृष्टिहरू सङ्कलन गर्न खुला-अन्त (Open-ended to gather qualitative insights) मा हुन सक्छन ।

२. नेट प्रमोटर स्कोर (Net Promoter Score (NPS): एनपिएस फ्रेमवर्क प्रयोग गरी सदस्यको वफादारी नाप्ने प्रश्न सोधेरः जस्तै "तपाईले हाम्रो सहकारीमा अरुलाई सिफारिस गर्ने कत्तिको सम्भावना छ?" यस्ता प्रतिक्रियाहरूले सदस्यहरूलाई प्रमोटरहरू (Promoters), निष्क्रियहरू (Passives), वा आलोचकहरू (Detractors) को रूपमा वर्गीकरण गर्न मद्दत गर्दछ, जसले सदस्यहरुमा सन्तुष्टि बढाउनको लागि मार्गनिर्देशन रणनीतिहरूको विश्लेषण गर्न र सफल सहकारी बनाउन भावि रणनीतिहरु तय गर्न पनि सहयोग गर्दछ ।

३. फोकस समूहहरू सँग छलफल (Focus Groups Discussion): सहकारी सेवाहरू सम्बन्धी उनीहरूको अनुभव, धारणा र सुझावहरूमा गहिरो अध्ययन गर्न सदस्यहरूसँग साना समूह छलफलहरू आयोजना गरी सदस्य संन्तुष्टि र सदस्य सेवा सम्बन्धी धारणाको पहिचान गर्न सकिन्छ ।

४. सदस्य फोरम वा उप समितिहरू (Member Forums or Sub Committees): सहकारी सेवाहरू र सञ्चालनहरूमा चलिरहेको इनपुट, सुझाव, र मार्गदर्शन प्रदान गर्न सदस्यहरू सम्मिलित फोरम वा उपसमितिहरू स्थापना गरी सोहि फोरम तथा उपसमितिहरुको माध्यमद्धारा सदस्य संन्तुष्टिको मात्र मापन गर्न सकिन्छ ।

५. गुनासो र प्रतिक्रिया संयन्त्र (Complaint and Feedback Mechanisms): सदस्यहरूले सजिलेसँग गुनासो, सुझाव वा प्रतिक्रिया दर्ता गर्न सक्ने प्रणाली लागू गर्दै, शीघ्र समाधान र फलो-अप सुनिश्चित गर्ने संयन्त्रको विकास र कार्यान्वयन गरेर पनि सदस्य संन्तुष्टिको स्तर मापन गर्न सकिन्छ । गुनासो सुन्नका लागि सानो समूहहरुमा छलफल गर्न सकिन्छ ।

६. रहस्य किनमेल (Mystery Shopping): सदस्य सेवा गुणस्तर मूल्याङ्कन गर्न बेनामी मूल्याङ्कनकर्ताहरू मार्फत रोजगारी, वास्तविक सदस्य अनुभवमा मूल्य अन्तरदृष्टि प्रदान (Employing anonymous evaluators to assess member service quality, providing valuable insights) गरेर पनि सदस्यहरुको संन्तुष्टि स्तरको मापन गर्न सकिन्छ । जस अन्तंगत सदस्यहरुलाई कुन सहकारीबाट सर्वे गर्न आएको हो भन्ने कुराको थाहा नै नदिई सर्वे गर्ने विधि महत्वपूर्ण र बढी प्रभावकारी पनि हुने गर्दछ ।

७ मुख्य कार्यसम्पादन सूचकहरू (Key Performance Indicators (KPIs): सदस्य सन्तुष्टिसँग सम्बन्धित विशिष्ट KPIs को परिभाषित र ट्रऱ्याक गर्ने, जस्तै प्रतिक्रिया समय (Response times), उजुरी समाधान दरहरू (Complaint Resolution Rates), वा सदस्य परित्याग दरहरु (Member retention rates) जस्ता मानपका सूचहरु मार्फत पनि सदस्य संन्तुष्ठिको स्तर पहिचान गरी समयमा नै सुधार गर्न सकिन्छ ।

८. सामाजिक मिडिया अनुगमन (Social Media Monitoring): सार्वजनिक धारणा नाप्न र सरोकारहरू सम्बोधन गर्न सामाजिक मिडिया प्लेटफर्महरूमा सहकारी बारे अनलाइन कुराकानी र भावनाहरूको ट्यांक राखेर पनि सदस्यहरुको संन्तुष्टिको मात्रा थाहा पाउन सकिन्छ । नविनतम प्रविधि जस्तेः सामाजिक संजालको सहि उपयोग गरेर पनि सदस्य संन्तुष्टिको स्तर थाहा पाउन सकिन्छ ।

९. उद्योग मानकहरूसँग बेन्चमार्किङ (Benchmarking with Industry Standards): सहकारी सुधारका क्षेत्रहरू पहिचान गर्न उद्योग बेन्चमार्क वा समान प्रकृतिका सहकारीहरूसँग सहकारीले प्रदान गरिरहेको बस्तु तथा सेवाहरु सँग तुलना गरेर पनि सदस्यहरुको संन्तुष्टि स्तर मापन गर्न सकिन्छ । (Comparing cooperative performance with industry benchmarks or similar cooperatives to identify areas for improvement).

१०. सदस्य सम्बन्ध व्यवस्थापन प्रणालीहरू (Member Relationship Management (MRM) Systems): सदस्य अन्तरक्रियाहरू, प्राथमिकताहरू, र सेवा इतिहासहरू ट्र्याक गर्न MRM उपकरणहरू प्रयोग गर्दै, व्यक्तिगत र लक्षित सेवा सुधारहरूको लागि यस प्रकारको प्रणालीको प्रयोग गर्न सकिन्छ । एउटा सदस्य मार्फत अर्को सदस्यहरुको सदस्य स्तर थाहा पाउन बो प्रणाली बढी प्रभावकारी हुन्छ ।

११. डाटा एनालिटिक्स (Data Analytics): सदस्यहरूको सन्तुष्टि बढाउनका लागि डाटा संचालित निर्णयहरूलाई प्रभावकारी बनाउने जसमा, ढाँचा (Uncover Patterns), प्रवृत्ति (Trends), र आवश्यक क्षेत्रहरू (Areas Needing Attention) उजागर गर्न सदस्य डेटाहरुको संरक्षण र विश्लेषण गर्न सकिन्छ, जसबाट सदस्यहरुको प्रवृत्ति विश्लेषण सहकारीका सेवाहरु प्रतिको धारणा बुझन सहज हुन्छ ।

१२. कर्मचारी प्रतिक्रिया (Employee Feedback): सदस्यहरूसँग अन्तरक्रिया गर्ने कर्मचारीहरूबाट अन्तरदृष्टि सङ्कलन गर्ने, किनभने तिनीहरूसँग प्रायः सदस्य सन्तुष्टिको बारेमा महत्वपूर्ण र प्रत्यक्ष रुपमा सरोकार राख्ने भएकोले उनीहरुलाई सदस्यले खुलेर सेवाको बारेमा जानकारी दिने गर्दछन ।

१३. नियमित सदस्य सञ्चार (Regular Member Communication): सदस्यहरूसँग समाचारपत्र, इमेल, एफ एम वा अनलाइन अपडेटहरू मार्फत निरन्तर र जानकारीमूलक सञ्चार कायम राख्नु पर्दछ, उनीहरूलाई सहकारी गतिविधि र सुधारहरू बारे जानकारी गराउनु पर्दछ । यी उपकरणहरू सामूहिक रूपमा वा सदस्यहरु छनौट गरेर प्रयोग गर्न सकिन्छ, जसबाट सहकारीहरूले बहुमूल्य अन्तरदृष्टिहरू (Valuable Insights) प्राप्त गर्न सकिन्छ । सुधारका लागि अवसरहरू पहिचान गर्न सकिन्छ र सदस्यहरूको सन्तुष्टिलाई निरन्तर रूपमा वृद्धि गर्न, बलियो सदस्य सम्बन्ध र वफादारीलाई बढ़ावा समेत दिन सकिन्छ ।

सदस्य संन्तुष्टि तथा सेवा विशिष्टिकरणका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू र रणनैतिक संयन्त्रहरुको पनि प्रयोग भएको पाईन्छ, जसअन्र्तगत सदस्य केन्द्रित दृष्टिकोण (Member-Centric Approach), निर्यामत प्रतिक्रिया सङ्कलन (Regular Feedback Collection), निजीकरण (Personalization), पारदर्शिता र सञ्चार (Transparency and Communication), गुणस्तरीय सेवा वितरण (Quality Service Delivery), सक्तिकरण र सहभागिता (Empowerment and Participation), तालिम र शिक्षा (Training and Education), प्रभावकारी उजुरी ह्यान्डलिंग (Efficient Complaint Handling), नविनतम र अनुकूलनता (Innovation and Adaptability), सदस्य संलग्नता गतिविधिहरू (Member Engagement Activities), मान्यता र पुरस्कारहरू (Recognition and Rewards), विविधता र समावेश (Diversity and Inclusion), निरन्तर सुधार (Continuous Improvement), टेक्नोलोजी एकीकरण (Technology Integration), बेन्चमार्किड र उत्तम अभ्यास साझेदारी (Benchmarking and Best Practice Sharing) अतः यि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूले सहकारीहरूका लागि बलियो सदस्य सम्बन्धहरू निर्माण गर्न, सन्तुष्टि स्तर बढाउन, र दीर्घकालीन सदस्यहरूको वफादारी र समर्थन सुनिश्चित गर्नका लागि पनि सहयोग गर्दछ ।

अन्त्यमा, सहकारी भित्र सदस्य सन्तुष्टि स्तरमा सुधार गर्न नेतृत्व र व्यवस्थापन दुवै पक्षबाट निरन्तर प्रयास र ध्यान दिन आवश्यक हुन्छ जसमा, प्रभावकारी संञ्चार प्रणाली, सदस्यहरुको संलग्नता र अपनत्व सिर्जना गर्ने कार्य, नियमित शिक्षा र प्रशिक्षण, लाभ र पुरस्कारहरुमा सदस्यहरुलाई सहभागिता, अनुकूलन क्षमता अभिवृद्धि गर्ने, सामुदायिक निर्माण भावना जागृत गराउने, प्रविधिको एकिकरण र साझा प्रविधिको विकास, नियमित प्रतिक्रियाहरु लिने र समाधान गर्ने पद्धतिको विकास, नैतिक अभ्यासहरु र फेयर मुल्य निर्धारण, निरन्तर मुल्यांकन पद्धतिहरु अवलम्बन गर्न सकेमा सदस्य संन्तुष्टि बढाउन सकिन्छ । यि उल्लेखित पक्षहरूलाई प्राथमिकता दिएर, सहकारीहरूले आफ्ना सदस्यहरूलाई मूल्यवान बनाउने वातावरण सिर्जना गर्न सक्नु पर्दछ, जसले गर्दा सन्तुष्टि स्तर, वफादारी र समग्र सफलतामा वृद्धि भई जोखिमरहित र दिगो सहकारी संस्था निर्माणमा सुनिश्चित हुने कुरामा दुईमत हुन सक्दैन ।

~प्रकाशप्रसाद पोखरेल


प्रकाशप्रसाद पोखरेल, ग्रामिण अर्थतन्त्रमा सहकारीको प्रभाव, सहकारीता, सहकारी मार्फत व्यवसायिकता र सहकारीको उदयीमान सवालहरुमा रुची राख्ने पोखरेलले सहकारी क्षेत्रमा वि.स. २०५० सालदेखि निरन्तर सहकारी क्षेत्र मा लागिरहेको एक सफल सहकारीकर्मी छन्। वि.स. २०५० मा समुह बचतको प्रर्वद्धन र विभिन्न समुहहरुलाई मर्ज गरी सहकारी निमार्ण र विभिनन संघ संस्था, राष्ट्रिय र अन्तराष्ट्रिय गैससहरुमा समेत सहकारी र उद्यमशिलता क्षेत्रमा निरन्तर कार्यरत रहि लोटश अपरच्युनिटिज, एसएनभि नेपाल, युएस एआईडि, डव्लु डव्लु एफको परियोजनामा, एग्रिटेराको सहयोगमा केन्द्रिय चिया सहकारी संघलाई समेत लाइ विशेषज्ञ सेवा प्रदान गरि सक्नु भएको छ । महिला जागरण संघ इलाममा महिलाहरुको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग जसमा सहकारी र उद्यमशिलता प्रमुख कार्यक्षेत्र रहेको जहाँ उँहाको ७ बर्षको योगदान  छ । सहकारीको प्रर्वद्धन, क्ष्मता अभिबृद्धि र बैक र वित्तिय संस्थाहरु समक्ष करीव २०० भन्दा बढी सहकारीहरुलाई वित्तीय पहुँच अभिबृद्धि गराउन ठुलो योगदान छ । रिड नेपालमा ५ बर्षको कार्यकालमा व्यवसाय व्यवसाय विकास अधिकृत र परियोजना प्रवन्धक रहि सहकारी, उद्यमशिलता, विपद् जोखिम न्यूनिकरण र शिक्षा क्षेत्रमा योगदान । नेफ्स्कूनमा नायव प्रमुख कार्यकारी अधिकृत १ बर्ष र प्रमुख कार्यकारी अधिकृत सहित ४ बर्षको सेवा सम्पन्न गरेका, पोखरेलले २ दशकमा सहकारीलाई नै प्रमुख कार्यक्षेत्र बनाई उक्त समयमा नेपालमा ७०० भन्दा बढी सहकारीको निमार्ण, प्रर्वद्धन, विभिन्न तालिम सहजीकरण, वित्तीय पहुँच मा  सहयोग गरेका छन् । सहकारीको व्यवसायिकता, सुशासन अभिबृद्धि र रणनीतिक व्यवसायिक योजना निर्माणमा विशेषज्ञता राख्ने पोखरेलले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका करीव ३०० भन्दा बढी तालिम र अनुभव प्राप्त गरेका छन् भने,  जनप्रशासन, व्यवस्थापन संकाय अन्र्तगत एमफिलमा उत्कृष्ठ अंक सहित विशिष्ठ श्रेणीमा र व्यवस्थापन संकाय अन्र्तगत एविएस प्रथम श्रेणीमा शिक्षा प्राप्त गर्नु भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow