प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको वेबसाइट परिवर्तन

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशले प्राविधिक कारणले पुरानो वेबसाइट अवरुद्ध भएपछि नयाँ सरकारी डोमेनमार्फत वेबसाइट सञ्चालनमा ल्याएको छ। अब कार्यालयका सम्पूर्ण सूचना तथा विवरण नयाँ वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

२०८३-०५-०९
 0  10
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको वेबसाइट परिवर्तन

कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश, इनरुवा, सुनसरीले आफ्नो वेबसाइट परिवर्तन गरेको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार यसअघि www.pcrcto.p1.gov.np मार्फत सञ्चालन हुँदै आएको वेबसाइट प्राविधिक कारणले अवरुद्ध भएपछि हाल उक्त वेबसाइटलाई सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS) मा आबद्ध गरी नयाँ डोमेन www.pcrcto.koshi.gov.np मार्फत सञ्चालनमा ल्याइएको हो।

अबदेखि कार्यालयका सम्पूर्ण सूचना तथा विवरणहरू नयाँ वेबसाइटमार्फत प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ। कार्यालयले सम्बन्धित सबैलाई नयाँ वेबसाइट प्रयोग गरी आवश्यक सूचना तथा जानकारी लिन अनुरोध गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow