किसान साकोसको ३१औं वर्ष प्रवेश: सप्ताहव्यापी सामाजिक एवं सहकारी अभियान सम्पन्न

३० वर्षे सफल यात्रापछि किसान साकोस ३१औं वर्ष प्रवेशमा सप्ताहव्यापी कार्यक्रमसहित समाज र सदस्य उन्मुख अभियानमा जुट्यो। ट्राफिक सचेतना, सामूहिक धान रोपाई, शैक्षिक सामाग्री वितरणदेखि जेब्राक्रस निर्माण र सार्वजनिक स्थल सरसफाईसम्म विविध कार्यक्रम सम्पन्न भए।

२०८२-०३-१६
 0  197
किसान साकोसको ३१औं वर्ष प्रवेश: सप्ताहव्यापी सामाजिक एवं सहकारी अभियान सम्पन्न
किसान साकोसको ३१औं वर्ष प्रवेश को  बिशेष उपलक्ष्यमा  सप्ताहव्यापी कार्यक्रम जेब्रक्रस निर्माण, ट्राफिक सचेतना, दुई दर्जन सार्वजनिक स्थल सरसफाई, धान खेत रोपाई, शिक्षण सामाग्री वितरण एवं पूर्व नेतृत्वकर्ताहरुसंग साक्षातकार कार्यक्रम सम्पन्न गरेको  छ। 

नवलपरासी जिल्लाको गैंडाकोट–८ मा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था ३० वर्ष पुरा गरी ३१औं वर्ष प्रवेश गरेको छ । २०५२ असार १५ गते स्थानीय २५ जनाको सक्रियतामा स्थापित संस्था हालसम्म २५ वटा सहकारी संस्थाबीच एकीकरण गरिसकेको छ । संस्थाले नाफामा भन्दा सदस्य र समुदायलाई केन्द्रित गर्दै आएको जनाएको छ ।

संस्थाले आज असार १५ गते आफ्नो ३०औं स्थापना दिवस मनाएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री भोजराज पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर श्री मदन भक्त अधिकारी एवं विशिष्ट अतिथिमा उपमेयर शान्ति कोईराला र गैंडाकोट नगरपालिका वडा नं.८ का वडाध्यक्ष प्रेम सापकोटा रहनुभएको थियो।
विद्यार्थीहरुका लागि ट्राफिक सचेतना
स्थापना दिवसको अवसरमा १३ गते कावासोती स्थित ज्ञानोदय मा.वि.र गैंडाकोट स्थित जनक नमुना मा.वि.मा अध्ययनरत विद्यार्थीहरुका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विद्यालय शिक्षक र साकोसका प्रतिनिधिका साथै ट्राफिक प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । संस्थाले सचेतना सँगै जनक नमुना मा.वि. परिसर आसपासका सडकमा जेब्राक्रस समेत बनाएको जनाएको छ ।
दुई दर्जन स्थानका विभिन्न सार्वजनिक स्थलको सरसफाई सम्पन्न!
असार १४ गते संस्थाका सेवा केन्द्र रहेका विभिन्न दुई दर्जन स्थानका विभिन्न सार्वजनिक स्थलको सरसफाई सम्पन्न गरेको छ । संस्थाका सञ्चालक, कर्मचारी, उपसमिति र स्थानीयबासी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले बताए । “सप्ताहव्यापी स्थापना दिवस कार्यक्रम अन्तरगत आज असार १४ गते कार्यक्षेत्र भित्रका विभिन्न २१ वटा सार्वजनिक स्थलहरुको सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहान ७ः३० बजे सबै सेवाकेन्द्रहरुबाट एकै साथ सुरुभएको उक्त कार्यक्रमले सार्वजनिक स्थलहरु सफाई गर्नुका साथै सरसफाईमा सामाजिक सचेतना वृद्धि गर्ने विश्वास लिएका छौं” तिमिल्सीनाले भने । संस्थाले सरसफाई अभियान अन्तर्गत तनहुँ जिल्ला अन्तर्गत देवघाट गाउँपालिका, देवघाट स्थित देउपुर पार्क, चितवन जिल्ला अन्तर्गत नारायणघाट, पुल्चोकको हरिहर मन्दिर, भरतपुर स्थित दुर्गा मन्दिर, समृद्धि सेवा केन्द्र क्षेत्रमा रहेको विश्राम स्थल र चौतारी, रत्ननगर नगरपालिका, टाँडी क्षेत्रको सिद्धेश्वर जलदेवी मन्दिर रहेका छन् । त्यसैगरी नवलपुर जिल्ला अन्तर्गत दुम्कीबास क्षेत्रको कालिका मन्दिर, सर्दिको शिवालय मन्दिर, अरुणखोलाको गणेश मन्दिर र शिव मन्दिर, अमरापुरी क्षेत्रको शमशान घाट, हर्कपुर क्षेत्रको दुर्गा मन्दिर, मुकुन्दपुर क्षेत्रको बसुन्धरा मन्दिर, देवचुली क्षेत्रको घुमाउने सामुदायिक वनको पार्क र विहार, दलदले क्षेत्रको गणेश मन्दिर, रजहर क्षेत्रको शिवालय मन्दिर, चोरमारा क्षेत्रको दुर्गा मन्दिर, गोछाडा क्षेत्रको कुमारवर्ती स्वास्थ्य चौकी, गैंडाकोट पुल्चोक क्षेत्रको एसियन राजमार्ग, शिलान्यास पार्क र शिलान्यास चोक, गैंडाकोट क्षेत्रकै रानीताल चण्डीका मन्दिर र कावासोती, विष्णुनगर क्षेत्रको राम मन्दिर रहेका छन्।

धान दिवसमा धान रोपाईं कार्यक्रम
स्थापना दिवसको दिन असार १५मा राष्ट्रिय धान दिवसमा पञ्चवटि सेवाकेन्द्र क्षेत्रका कृषकका १० कठ्ठा धानखेतमा सामुहिक धान रोपाईं कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यार्थीहरुलाई शैक्षिक पूर्णछात्रवृत्ति सामाग्री प्रदान
संस्थाले कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रम अन्तर्गत ५१ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो।

संस्थाले गैंडाकोट ईङ्गलिस बोर्डिङ्ग स्कूलको सहकार्यमा मुटु, मृगौला लगायतका जटिल स्वास्थ्य समस्या झेलिरहेका सदस्यका बालबालिकाहरुलाई पूर्णछात्रवृत्तिमा अध्ययनको व्यवस्था गर्दै आएको छ । प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी तथा विशिष्ठ अतिथि उपमेयर शान्ति कोईरालाद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले किसान साकोस ढुक्क संग कारोबार गर्ने र गैंडाकोटलाई सहकारीमा चिनाउने संस्था रहेको प्रशंसा गर्नुभयो।


संस्थामा २
५००० भन्दा बढी महिला सदस्यहरु
विशिष्ट अतिथि कोइरालाले सहकारी संस्थाले महिलालाई आत्म निर्भर र महिलाको नेतृत्व क्षमता वृद्धिमा थप काम गर्नु पर्ने जनाउनु भयो। किसानले २५००० भन्दा बढी महिलाहरुलाई संस्थाले गोलबद्धगरेकोमा खुसी व्यक्त गर्नुभयो। अब ठुला संस्थाहरु सदस्यको उत्पादन बजार पहुँचमा पुर्याउन प्रशोधन, भण्डारण, बजारीकरण र आवश्यकताको आधारमा उध्योग सन्चालन तिर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिका वडा नं.८ का वडाध्यक्ष प्रेम सापकोटाले संस्था वित्तीय संरचना र प्रतिवेदनमा भन्दा सदस्यको भावनामा जोडदिएर चल्नुपर्ने बताउनुभयो । "संस्थाले विधिको नाममा सदस्यलाई जटिल प्रक्रिया बनाउन लाग्नु हुँदैन । ऐंचोपैंचो बाट सहकारी अवधारणा भएकोले सामाजिक सम्बन्धलाई बढी जोड दिनु पर्दछ" वडाध्यक्ष सापकोटाले भन्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष एवम् नेफ्स्कून सन्चालक गोपाल प्रसाद गौतमले संस्थाले अग्रजहरुको विरासत जोगाउँदै नवीनतम प्रविधि आन्तरिकीकरणका माध्यमबाट भावी पुस्ताको चाहनाको संयोजन गर्ने तर्फ लागेकोले राष्ट्रिय स्तरमा छवि सुधार हुँदै गएको बताउनुभयो । "विगतमा वृद्धिमा जोड दिइयो अब कानुनी प्रावधानहरु समेत कसिलो बन्दै गएका छन् । राज्य पक्ष सहकारी क्षेत्रलाई खुम्च्याउने गरि कानुन बनाउन तल्लीन छ । नेफ्स्कूनले यस्ता विषय लिएर दवाव सिर्जना गरिरहेको छ" गौतमले भन्नुभयो । विगतमा पाँच पटकसम्म एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको संस्था भएकोले त्यो स्थानमा पुग्ने चुनौती बाँकी नै रहेकोले त्यसमा सफलताको शुभकामना दिनुभयो ।
संस्थाका सचिव सरस्वती कण्डेलले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष चिन्तामणी कण्डेलले पुर्वजको विरासत कमजोर ह्हुन नदिने र एउटा मात्रै भएपनि ईंट्टा थप्ने तर्फ वर्तमान समिती लागेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार भोजराज भट्टराई, पूर्व उपाध्यक्ष फूलमाया पराजुली र एकीकरणपूर्वको संस्थाको तर्फबाट हरि ढकालले आफ्नो सुझाव प्रस्तुत गर्दै संस्थाले यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोडदिनुभयो ।

विभिन्न २५ वटा संस्था जोडिएर किसान साकोस बनेको हुनाले सबै संस्थाको स्थापनाकाल देखि एकीकरण पूर्वका सम्पूर्ण नेतृत्वहरुसँग साक्षात्कार गर्दै मार्गदर्शन प्राप्त गरेको छ । सदस्य सेवा नै हाम्रो मुख्य उद्देश्य हो” संस्थाका अध्यक्ष भोजराज पौडेलले भन्नुभयो । संस्थाले संस्था स्थापनाकालदेखि हालसम्मको अवस्था र परिवेशका साथै अनुभव आदान-प्रदानबाट संस्थाको साझा स्वामित्व सदस्यतहमा अनुभुति गराउने प्रयास गरेको हो । संस्था ठुलो हुँदै गर्दा सदस्य र नेतृत्वका बिचमा सामिप्यता कमजोर हुन नदिन निरन्तर नेतृत्व विकासका साथै पूर्व नेतृत्वकर्ताको अनुभव ग्रहण गर्दै अगाडि बढ्नेमा संस्थाले जोड दिएको छ ।
किसान साकोसले आफनो गौरवमय ३० वर्ष सफलतापूर्वक पुरा गरि ३१औं वर्ष प्रवेश गर्न गईरहेको यस गौरवमय ईतिहास सहितको दर्विलो वर्तमान र उज्जवल भविष्यका लागि “समृद्ध सदस्य, दिगो साकोस“ भन्ने परिकल्पना सहित ४अर्बको कुल सम्पत्ति, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको संस्थाले सहकारी क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ ।

English Summary:

Kisan Savings and Credit Cooperative, headquartered in Gaindakot-8, Nawalparasi, celebrated its 30th anniversary and entered its 31st year with a week-long series of impactful social programs. Activities included zebra crossing construction, traffic awareness campaigns, cleanup of over two dozen public places, group rice planting to mark National Paddy Day, and educational material distribution to deserving students. The cooperative, established by 25 locals in 2052 B.S., has successfully merged with 25 other cooperatives and continues to prioritize community welfare over profit. A special event was organized with participation from local officials, former leaders, and members to honor the cooperative’s legacy and vision for a sustainable, member-focused future.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता