ऋणीहरूको नाम लिस्टमा तपाईंको नाम त आएन?

सहकारी संस्थामा देखिएको संकटको प्रमुख कारणमध्ये एक ऋणी सदस्यहरूले समयमै ऋण नतिर्नु पनि रहेको लेखमा उल्लेख गरिएको छ। ऋणीहरूलाई आफ्नो दायित्व पूरा गर्दै संस्थासँग सम्पर्क गरी बाँकी ऋण चुक्ता गर्न आह्वान गरिएको छ।

२०८३-०२-२९
 0  25
ऋणीहरूको नाम लिस्टमा तपाईंको नाम त आएन?

आजकल हामी समाचारमा प्रायः सुन्ने र देख्ने गर्छौं— 'सरकारले सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्यो।' सहकारी संस्थाहरू समस्यामा पर्नुको एउटा मुख्य कारण ऋणीहरूले लिएको ऋण समयमा नतिर्नु हो। हामीले यो कुरा बुझ्न अत्यन्त जरुरी छ कि सहकारी संस्थाको ऋण भनेको कुनै सरकारी पैसा वा कसैको एकलौटी सम्पत्ति होइन, यो त तपाईं–हामी जस्तै सदस्यहरूले आफ्नो भविष्यका लागि जम्मा गरेको पसिनाको बचत हो। यदि ऋणी सदस्यले समयमै ऋण तिरेन भने सदस्यहरूको बचत फिर्ता गर्ने क्षमता संस्थामा रहँदैन। आज सरकार र सहकारी संस्थाहरूले बाध्य भएर ऋणीहरूको नाम सार्वजनिक गरिरहँदा, के तपाईंले यो कुरा मनन गर्नुभयो कि सहकारी संकटमा पर्नुको प्रमुख कारण तपाईं जस्तै वर्षौंदेखि ऋण लिएर नतिरी बस्ने ऋणीहरू पनि हुनुहुन्छ?

यो कुरा साँचो हो कि सबै सहकारीका सञ्चालक र कर्मचारीहरू दूधले धोएका छैनन्; कतिपयले सदस्यको रकम हिनामिना पनि गरेका छन्। तर, सञ्चालकको बदमासीलाई ढाल बनाएर आफूले लिएको ऋण नतिर्ने छुट कसैलाई छैन। तपाईंले ऋण लिँदा कति सालिन भएर संस्था धाउनुभएको थियो, त्यो सम्झनुहोस्। आज त्यही संस्था अप्ठ्यारोमा पर्दा फोन नउठाउने, घरमा जाँदा भाग्ने वा धम्की दिने कार्य सुहाउँदो व्यवहार होइन। तपाईंको यस गैरजिम्मेवारपनका कारण आज कर्मचारीले समयमा तलब पाउन सकेका छैनन्, सञ्चालक समिति तनावमा छ र सबैभन्दा दुःखको कुरा, आफ्नो बचत फिर्ता माग्ने सदस्यहरू रित्तो हात फर्कनुपर्ने अवस्था सिर्जना भएको छ। 'ऋण तिर्नु पर्दैन' भन्ने गलत अफवाहको पछि लागेर तपाईंले सहकारीको गरिमा र अन्य सदस्यको विश्वासमाथि प्रहार गरिरहनुभएको छ।

वित्तीय उथलपुथल वा व्यक्तिगत कारणले समस्या पर्नु अस्वाभाविक होइन, तर समस्याबाट भाग्नु कुनै समाधान होइन। यदि तपाईं अप्ठ्यारोमा हुनुहुन्छ भने लुक्ने होइन, संस्थामा गएर आफ्नो समस्या राख्नुहोस्। ढोका ढक्ढक्याउनुहोस्, वार्ता गर्नुहोस्, तर संस्थासँग सम्बन्ध तोडेर नबस्नुहोस्। याद राख्नुहोस्, यो संस्था तपाईं–हाम्रो साझा थलो हो। आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा तपाईंको लापरबाहीका कारण अरू सदस्यहरूले लाभांश नपाउने, संरक्षित पुँजी फिर्ता कोष प्राप्त गर्न नसक्ने र आफ्नो बचत गुमाउने अवस्था सिर्जना भइरहेको छ।

सहकारी संस्थाले तपाईंलाई दिएको उधारो चुक्ता नगर्दा आज समाजमा यस्तो अवस्था आएको छ कि संस्थाले आफ्ना बचतकर्तालाई 'बचत यी–यी व्यक्तिमा छ' भन्दै सार्वजनिक गर्नुपर्ने बाध्यता आइलागेको छ। कालोसूचीमा परेर समाजमा मुख देखाउन नसकिने अवस्था आउनुअघि नै आफ्नो कर्तव्य पूरा गर्नुहोस। अन्त्यमा, सार्वजनिक गरिएको त्यो नामको लिस्टमा तपाईंको नाम नआओस् र सामाजिक मर्यादा जोगियोस् भन्ने चाहनुहुन्छ भने, ढिला नगरी आजै सम्बन्धित सहकारीमा सम्पर्क गरी आफ्नो बाँकी ऋण चुक्ता गर्नुहोस्। बचत फिर्ता गर्नलाई तपाईं पहिला भाखा नाघेको ऋण तिर्नुहोस्, अनि मात्र संस्थाले पनि सदस्यहरूको बचत फिर्ता गर्ने वातावरण बनाउनेछ। इमान्दारिता नै सहकारीको प्राण हो, त्यसैले आफ्नो दायित्व बोध गर्दै समयमै ऋण तिरौँ र सहकारी जोगाऔँ।

English Summary:

Many of us regularly hear and see news reports that cooperatives have published the names of their loan defaulters. One of the main reasons cooperatives are facing financial difficulties is the failure of borrowers to repay their loans on time. Cooperative loans are not government money or anyone’s private property; they are funds generated from the hard-earned savings of members. When borrowers fail to repay, cooperatives lose the ability to return savings to their members. While it is true that some cooperative officials and employees have misused members’ funds, this does not absolve borrowers of their responsibility to repay the loans they willingly took.

If you are facing financial hardship, do not hide from the cooperative or avoid communication. Instead, approach the institution, explain your situation, and seek a solution through dialogue. As the fiscal year draws to a close, overdue loans are preventing other members from receiving dividends, reserve fund benefits, and even access to their own savings. Before your name appears on a public defaulters’ list and your social reputation is affected, fulfill your obligation and settle your outstanding debt. By repaying overdue loans on time, you help create an environment where cooperatives can return members’ savings and restore trust in the cooperative system. Honesty is the lifeblood of cooperatives; let us all act responsibly, repay our debts on time, and help protect our cooperatives.

*Image generated by Ai.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow